Health TV Online
Health TV Online
Health TV Online

जाडोमा औषधि खाइरहेका बिरामीको पनि रक्तचाप तलमाथि हुनसक्छ

जाडाेमा यसकारण बढ्छ रक्तचाप

जाडोमा औषधि खाइरहेका बिरामीको पनि रक्तचाप तलमाथि हुनसक्छ

सामान्यतया गर्मी महिनामा भन्दा जाडो महिनामा रक्तचाप धेरै नै बढ्छ। यो अध्ययनले नै देखाएको कुरा हो। नेपालमा पनि सँधै जाडो मौसममा रक्तचाप अर्थात् प्रेसरका बिरामी बढ्छन्। अहिले पनि चिसो बढेसँगै मेरोमा आउने बिरामीको संख्या ह्वात्तै बढेकाे छ। अन्य अस्पतालमा पनि यस्तै हुन्छ।

औषधि खाइरहेका बिरामी पनि प्रेसर अनियन्त्रित भएर समस्या लिएर आउँछन्। जाडोमा प्रेसर कै कारण रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या बढी देखिन्छन्। यो प्रत्येक जाडो मौसममा आउने समस्या हो। अब हामी जाडो मौसममा रक्तचाप किन बढ्छ भन्ने चर्चा गरौँ–

पहिलो कारण

जाडोको सिधा असर हाम्रो मुटुको रक्तनलीहरुमा पर्न जान्छ। चिसो मौसमको कारण रक्तनलीहरु साँघुरो हुँदै जान्छन्, जसले गर्दा मुटुमा समस्या हुन्छ। चिसो जति बढ्छ त्यति नै समस्या बढ्छ, जसले गर्दा चिसो मौसममा हृदयाघात, मस्तिष्काघात जस्ता घटना पनि बढी सुनिन्छन्। यो मौसममा रक्तचापका नयाँ बिरामी बढ्छन्।

दोस्रो कारण

चिसोले गर्दा हाम्रो शरीरमा भएका हर्मोन पनि बढ्ने गर्छन्। यो समयमा ‘नरा एड्रानालिन कोटिसल’ जस्ता हर्मोन अत्यधिक सक्रिय हुन्छन्। यिनीहरूको मात्रा र सक्रियता दुवै बढ्न जान्छ जसले गर्दा ब्लड प्रेसर बढ्छ। यही कारणले औषधिले पनि राम्ररी काम गर्न छोड्छन्। यी हर्मोनले रक्तचाप बढाउन मद्दत गर्छन्।

जाडोमा औषधि खाइरहेका बिरामीको पनि रक्तचाप तलमाथि भइरहेको हुन्छ । बिरामीले मैले औषधि खाइरहेको छु भन्छ तर बढी जाडोको कारण औषधिले पनि राम्ररी काम गर्दैन। त्यसैले औषधि खाइरहेका बिरामीले आफूलाई केही फरक महसुस हुनासाथ आफनो चिकित्सकलाई देखाउनु पर्छ।

जाडोमा सामान्य समयभन्दा हामो शारीरिक गतिविधि पनि घट्छ। जाडोमा हिँड्न हुँदैन भनेर कतिपय मानिस हिँडडुल गर्न छोड्छन्। यसका कारण पनि रक्तचाप नियन्त्रणमा हुँदैन र समस्या बढ्छ। जाडोमा हिँडन हुँदैन भन्ने गलत सोचका कारण पनि रक्तचाप बढाउनेहरू धेरै छन्।

तेस्रो कारण

जाडोमा सामान्य समयभन्दा हामो शारीरिक गतिविधि पनि घट्छ। जाडोमा हिँड्न हुँदैन भनेर कतिपय मानिस हिँडडुल गर्न छोड्छन्। यसका कारण पनि रक्तचाप नियन्त्रणमा हुँदैन र समस्या बढ्छ। जाडोमा हिँडन हुँदैन भन्ने गलत सोचका कारण पनि रक्तचाप बढाउनेहरू धेरै छन्।

साथै जाडो मौसममा चुरोट र मदिराको प्रयोग पनि बढ्छ। चिसो छल्ने निहुँमा चुरोटको सेवन हवत्तै बढ्छ। चुरोट यस्तो खराब वस्तु हो, जसको एक खिल्लीले पनि मुटुमा गम्भीर असर पुर्याउँछ। खानेकुराको मात्रा पनि गर्मी समयमा भन्दा बढी हुन्छ। चिसो मौसमका कारण खानामा रुचि हुन्छ जसले गर्दा खाना धेरै खाइन्छ। खाना जति धेरै खाइन्छ, नुनको मात्रा त्यति नै बढ्छ। मसलाको मात्रा बढ्छ। यसले प्रेसर बढ्न सहयोग गराउँछ।

जाडोमा सामान्य समयभन्दा हामो शारीरिक गतिविधि पनि घट्छ। जाडोमा हिँड्न हुँदैन भनेर कतिपय मानिस हिँडडुल गर्न छोड्छन्। यसका कारण पनि रक्तचाप नियन्त्रणमा हुँदैन र समस्या बढ्छ। जाडोमा हिँडन हुँदैन भन्ने गलत सोचका कारण पनि रक्तचाप बढाउनेहरू धेरै छन्।

समाधानको उपाय के त?

पहिलो, ‘जाडोमा एक्सरसाइज गर्नु हुँदैन’ भन्ने सोचाइबाट टाढा हुनुपर्छ। आफूलाई न्यानो राख्दै एक्सरसाइज गर्न र हिँडडुल गर्न छोड्नुहुँदैन। शरीरलाई स्वस्थ रहन शारीरिक सक्रियता सँधै चाहिन्छ। गर्मीमा चाहिने, जाडोमा नचाहिने भन्ने हुँदैन ।

अत्यन्त चिसो हावा लागेको छ भने त्यस दिन घाम लागेपछि मात्र बाहिर निस्किँदा राम्रो हुन्छ। तर आज चिसो छ भनेर हिँड्न छोड्नुभयो भने समस्या हुन थाल्छ। अर्को कुरा हिंडाइको समय बढाएर गतिलाई कम गर्नुपर्छ। यसको मतलब दैनिक फटाफट आधा घण्टा हिँड्नेले बिस्तारै ४५ मिनेट हिंड्न सकिन्छ तर, हिँड्न छोड्नु हुँदैन।

दोस्रो, सकिन्छ भने घरमै ट्रेडिमिल राखेर पनि हिँड्न सकिन्छ। चुरोट र मदिरा सेवन जाडोको समयमा अझ खतरनाक मानिन्छ। यसबाट टाढै बसौँ । खाना खाँदा एकैचोटि कोची कोची नखाऊँ।

साथै जाडोमा औषधि खाइरहेका बिरामीको पनि रक्तचाप तलमाथि भइरहेको हुन्छ । बिरामीले मैले औषधि खाइरहेको छु भन्छ तर बढी जाडोको कारण औषधिले पनि राम्ररी काम गर्दैन। त्यसैले औषधि खाइरहेका बिरामीले आफूलाई केही फरक महसुस हुनासाथ आफनो चिकित्सकलाई देखाउनु पर्छ। औषधि मिलाएर समस्या समाधान गर्न सकिन्छ।

जाडोमा नयाँ बिरामी पनि ह्वात्तै बढ्छन्। उनीहरूले पनि जाडो याममा कम्तीमा आफ्नो प्रेसर ठीक छ कि छैन, सुगर, कोलेस्ट्रोल कस्तो छ भनेर जाँच गराउन जरुरी हुन्छ। अझ बढी जोखिमममा भएका जस्तै बढी मोटो व्यक्ति, परिवारमा कसैलाई मुटुको समस्या भएका व्यक्ति, मधुमेह एवं मिर्गौलाका समस्या भएका ब्यक्ति पनि अझ बढी सचेत हुनुपर्छ।

जाडोमा बढी समस्या हुने भएकाले समस्या भएका र नभएका सबैले समय निकालेर एक्सरसाइज गर्ने, नियमित हिँड्ने र स्वस्थ खाना खाने गर्नसके मुटु र अन्य रोगबाट धेरै हदसम्म बच्न सकिन्छ।

 

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा