मधुमेह छ ? आँखा जँचाउनुस्
मधुमेह यस्तो दीर्घकालीन रोग हो जसले अन्य रोगहरू पनि आफूसँगै निम्त्याउँछ। यसले मानव शरीरका महत्त्वपूर्ण अंग मुटु, मिर्गौला, आँखा स्नायु जस्ता अंगमा सिधै असर पार्छ। यतिसम्म कि समयमै ख्याल पुर्याइएन भने यी अंगले काम गर्न समेत छोड्छन्।
आज म मधुमेहले आँखामा कसरी असर गर्छ अर्थात् डाइबेटिक रेटिनोप्याथी के हो भन्ने विषयमा चर्चा गर्दैछु। मधुमेह भएको जति जति समय बढ्दै जान्छ त्यति त्यति आँखामा क्षति पुग्ने क्रम पनि बढ्दै जान्छ। मधुमेह भएपछि धेरैले मधुमेहको मात्र उपचार गराइरहेका हुन्छन्। आँखा जँचाउनु पर्छ भन्ने थाहासम्म पनि हुँदैन।
एकातिर मधुमेह नियन्त्रणमा छ भनेर मख्ख पर्छन् अर्कोतिर आँखामा समस्या देखिन थाल्छ। आँखामा समस्या त्यसबेला मात्र देखिन्छ जुनबेला धेरै बिग्रिसकेको हुन्छ। शुरुमा लक्षण नै नभईकन पनि आँखाको ज्योति गुम्न सक्छ। बिरामीले आँखामा समस्या छ भन्ने कुरा धमिलो देख्न थालेपछि मात्र हो। त्यसबेला ढिला भइसकेको हुन्छ।
मधुमेह भएको समय बढ्दै जाँदा आँखाको समस्या पनि बढ्दै जान्छ। मधुमेहीमध्ये एक तिहाइलाई ‘डाइबेटिक रेटिनोप्याथी’ हुन्छ भने मधुमेह भएको २० वर्षमा ९९ प्रतिशतलाई आँखामा समस्या आउँछ। त्यसमा पनि मधुमेहसँगै उच्च रक्तचाप, ‘कोलेस्ट्रोल’ बढी भएका र चुरोटको सेवन गर्नेमा आँखामा समस्या हुने सम्भावना अझ बढी हुन्छ।
मधुमेह भएको जति जति समय बढ्दै जान्छ त्यति त्यति आँखामा क्षति पुग्ने क्रम पनि बढ्दै जान्छ। मधुमेह भएपछि धेरैले मधुमेहको मात्र उपचार गराइरहेका हुन्छन्। आँखा जँचाउनु पर्छ भन्ने थाहासम्म पनि हुँदैन।एकातिर मधुमेह नियन्त्रणमा छ भनेर मख्ख पर्छन् अर्कोतिर आँखामा समस्या देखिन थाल्छ। आँखामा समस्या त्यसबेला मात्र देखिन्छ जुनबेला धेरै बिग्रिसकेको हुन्छ।
रोकथाम
मधुमेह दीर्घकालीन रोग हो। यसले अन्य अंगमा समेत असर पुर्याउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। मधुमेह भएका हरेक व्यक्तिले कम्तीमा वर्षमा एकपटक आँखाको रेटिना परीक्षण गर्न जरुरी हुन्छ। आँखा जाँच गर्दा चस्मा जाँच मात्रले पुग्दैन। यसमा विशेषगरी आँखको पर्दा ठिक छ कि छैन भनेर विशेष जाँच गराउनु पर्छ। अथवा डाक्टरको सल्लाह बमोजिम जाँच गर्न सकिन्छ।
यदि तपाईँलार्इ मधुमेह छ भने आँखाको पनि रोगको पनि जोखिममा छु भनेर बुझ्न जरुरी हुन्छ। मधुमेह नियन्त्रणमा छ कि छैन भनेर जाँच गरेजस्तै आँखामा असर गरेको छ कि छैन भनेर नियमित जाँच गराउनुपर्छ। समयमै सजग भई आँखाको जाँच गराए केही समस्या भए बेलैमा पत्ता लाग्छ र उपचार गरी नियन्त्रण गर्न सकिन्छ।
समयमै उपचार गरिएन भने यसले मानिसलाई दृष्टिविहीन बनाइदिन्छ। उपचारमा जति ढिला भयो त्यति आँखाको दृष्टि फर्काउन गाह्रो हुन्छ। रेटिना एकपटक बिग्रेपछि फेरि फर्काउन सकिँदैन। समय समयमा नेत्ररोग विशेषज्ञसँग सल्लाह गरी जाँच गर्ने र आँखाको बारेमा ‘अपडेट’ बस्न सके आँखाको दृष्टि गुम्न पाउँदैन।
कतिपय बिरामी नियमित जाँचका लागि समेत नआउने र शुरुमा लक्षणसमेत नदेखिने हुँदा केही भएको छैन भन्दै लापरवाही गर्ने कारणले धेरैले अमूल्य दष्टि गुमाउन पुग्छन्। चाँडो आएको भए दृष्टि जोगाउन सकिन्थ्यो। ढिलो उपचार गराउन पुग्दा दृष्टि फर्काउन सकिँदैन।
त्यसैले मधुमेह भएका हरेक व्यक्तिले आजैदेखि आँखाको बारेमा पनि डाक्टरलाई सोध्ने गरौँ। अमूल्य आँखाको ज्योति गुम्नबाट जोगाऔँ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण