‘लक्ष्मीपूजाकाे साँझ घरभरि अाफैँ बत्ती बाल्न रमाइलाे लाग्छ’
मलाई सबैभन्दा बढी मनपर्ने चाड दशैँ नै हो, त्यसपछि मात्र तिहार। स्वास्थ्यकर्मी भएको नाताले पनि धेरै वर्ष अस्पतालमै तिहार मनाएका थुप्रै यादहरू छन्।
तर अब अलि ‘सिनियर’ भएपछि भने छुट्टी लिएर बिदा मनाउने पाउने भएकी छु। त्यसैले यसपालिको तिहार परिवारसँग नै मनाउँछु।
तिहारमा विशेषगरी मलाई लक्ष्मीपूजा असाध्यै मन पर्छ। पूजाका लागि सरसामान म आफैँ किन्ने गर्छु। यसपालि पनि परिवारसँग मिलेर पूजा सामान किनेर ल्याउँदैछु। त्याे दिन लक्ष्मीपूजा गरेकाे, झिलिमिली बत्ती बालेकाे मलार्इ खुबै मन पर्छ। बेलुका अाफैँ घरभरि बत्ती बाल्न रमाइलो लाग्छ।
यसपालि पनि परिवारसँग मिलेर पूजा सामान किनेर ल्याउँदैछु। त्याे दिन लक्ष्मीपूजा गरेकाे, झिलिमिली बत्ती बालेकाे मलार्इ खुबै मन पर्छ। बेलुका अाफैँ घरभरि बत्ती बाल्न रमाइलो लाग्छ।
कामकाजी महिला, त्यसमा पनि स्वास्थ्यकर्मी भएकाले अघिपछि परिवारलाई धेरै समय दिन पाइएको हुँदैन। यस्तै चाडमा त हाे परिवारसँग बस्ने। परिवारका सदस्यसँग रमाउने। सबैभन्दा महत्त्वपूर्ण त बच्चाहरूलाई समय दिन सकिन्छ। रमाइलो लाग्छ।
भाइटीकाकाे सन्दर्भमा मेरो जीवनको निकै खल्लो अनुभव छ। त्यसैले पनि म भाइटीका भने मनाउँदिन। म डाक्टर बन्नुअघि सडक दुर्घटनामा भाइ बितेकाले पनि मैले त्यसपछि भाइटीका भने गर्ने गरेकी छैन। अरू दाजुभाइ पनि हुनुहुन्न।
भाइटीकाका दिन श्रीमान् टीका लगाउन दिदीबहिनीकहाँ जाने भएकाले म पनि उहाँसँगै जान्छु। नन्द आमाजुले मलाई पनि टिका लगाइदिनुहुन्छ। उहाँहरूसँगै खानपान, रमाइलो गर्छु।
डाक्टरी पेशामा लागेका मानिसकाे जीवन कहाँ अाफूले साेचेजस्ताे हुन्छ र! चाडपर्वमा रमाउँदै गर्दा कहिलेकाहीँ अस्पतालबाट ‘इमरजेन्सी’ भन्दै फाेन आउँछ। रमाइलाे माहाेल छाेड्दै दौडिनुपर्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?