Health TV Online
Health TV Online
Health TV Online

नभुलाउनुस् ‘सुगर फ्री’ खानेकुरामा मन, घरमा बनेकाे खाना नै राम्राे

कार्बाेहाइड्रेटले उत्पन्न गर्छ शरीरमा चिनी

नभुलाउनुस् ‘सुगर फ्री’ खानेकुरामा मन, घरमा बनेकाे खाना नै राम्राे

बदलिँदो जीवनशैली र खानपानका कारण पनि दिनप्रतिदिन मधुमेहका बिरामी बढिरहेका छन्। रगतमा सुगरको मात्रा बढी भएपछि मधुमेह रोग लाग्छ। मधुमेह लागिसकेपछि चिनी वा गुलिया खानेकुरा खानमा लगाम लगाउनुपर्ने हुन्छ।

यो रोग लागिसकेपछि आफूलाई मन लागेबमोजिम गुलियो खानेकुरा खान मिल्दैन, स्वादका लागि अलि अलि मात्र खान सकिन्छ। चिनीजस्ता गुलिया पदार्थको प्रयोगले मधुमेह रोगीको शरीरमा गुलियो मात्रा अझै बढाएर समस्या उत्पन्न गराउँछ।

मधुमेह रोग एकपटक लागेपछि जीवनभरका लागि रहन्छ । अर्थात यो दीर्घरोग हो । त्यसैले यसलाई निको पार्ने भन्दा पनि कम गर्न मात्र सकिन्छ। यसका जोखिम कम गरेर कसरी स्वस्थ जीवन यापन गर्ने भन्नेमा बिरामी र चिकित्सकको प्रयास रहन्छ ।

पछिल्लो समय बजारको खानेकुरा खाने चलन प्रशस्त देख्न सकिन्छ। ‘सुगर फ्री’ एक भ्रम हो। सामान बेच्ने उद्याेगी व्यवसायीकाे एउटा नीति मात्र हो। यस्ता खानेकुरामा ‘लो कार्बोहाइड्रेट’ हुन सक्छ तर सुगर फ्री भन्ने कुरा हुँदैन। सुगर फ्री भनिने खानेकुरामा ‘एस्प्याराटेम’ भनिने गुलियो बनाउने तत्त्व हालिएको हुन्छ।

व्यवसायीहरूले मधुमेहका बिरामीका लागि भन्दै बजारमा ‘सुगर फ्री’ भनेर विभिन्न किसिमका खानेकुरा ल्याएका हुन्छन्। मधुमेह रोगीहरू पनि गुलियो पनि हुने सुगर पनि नहुने भन्दै निर्धक्क भएर त्यस्ता खानेकुरा खाने गर्छन्।

के साँच्चै यस्ता खानेकुरामा सुगर हुँदैन त? वा यस्ता खानेकुराले मधुमेहीलाई हानि हानि पुर्याउँदैन त ? एकपटक सोच्न जरुरी छ।

पछिल्लो समय बजारको खानेकुरा खाने चलन प्रशस्त देख्न सकिन्छ। ‘सुगर फ्री’ एक भ्रम हो। सामान बेच्ने उद्याेगी व्यवसायीकाे एउटा नीति मात्र हो। यस्ता खानेकुरामा ‘लो कार्बोहाइड्रेट’ हुन सक्छ तर सुगर फ्री भन्ने कुरा हुँदैन। सुगर फ्री भनिने खानेकुरामा ‘एस्प्याराटेम’ भनिने गुलियो बनाउने तत्त्व हालिएको हुन्छ। यो पनि कति खाने भन्ने हुन्छ।

बजारमा छ्याप्छ्याप्ती पाइने सुगर फ्री भनेका खानेकुरा मधुमेहीका लागि पटक्कै राम्रो होइन। यस्ता खानेकुरामा कुनै न कुनै रूपमा कार्बोहाइड्रेट हुन्छ नै। कार्बोेहाइड्रेटबाट बनेका हरेका खानेकुराले शरीरले सुगर पैदा गर्छ । त्यसलै उनीरूले सिधै चिनी नहाले पनि त्यसमा हुने अरु अन्न समूहले शरीरमा पुगेपछि सुगर अर्थात् चिनी पैदा गर्छ। त्यसैले यस्ता खानेकुरामा मन भुलाउन हुँदैन।

शरीरमा कार्बोहाइड्रेटबाट सुगर बन्छ। जुनै पनि अन्नबाट बनेको खानेकुरा खान्छौँ भने शरीरमा कार्बोहाइड्रेटको मात्रा बढ्छ र मधुमेहका बिरामीमा समस्या आउन सक्छ। सकेसम्म यो सबै सुगर फ्री भनिने खानेकुरा नखाएकै राम्रो मानिन्छ। त्यसको सट्टा घरमा पकाएका खानेकुराहरू खान सकिन्छ।

मधुमेही राेगीले भुटेको मकै,दुइटा रोटी तरकारी , थोरै मात्रामा भात , हरियो सागसब्जी खान सकिन्छ। कतिपय व्यक्तिले मधुमेह भयो भनेर आफूखुशी भात नै खान छोड्छन्। त्यस्तो पनि गर्नुपर्दैन। ठिक्क मात्रामा खानेकुराहरू मिलाएर खान सकिन्छ । बजारमा फैलिएका भ्रम छोडेर स्वस्थकर खाना खाए मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?