समयमै टन्सिलकाे उपचार नगराए बिग्रिनसक्छ बालबालिकाकाे मुटु
बाथ मुटुरोग भनेको धेरैजसो बालबालिकालाई असर गर्ने रोग हो। बालबालिकाहरूलाई वर्षमा दुई देखि तीनपटक टन्सिल बढ्ने, घाँटी दुख्ने हुन्छ। यसरी टन्सिल बढेको र घाँटी दुखेको बेलामा समयमा नै उपचार नगराए मुटुका ‘भल्ब’हरूलाई असर गरी मुटु नै बिगार्छ।
बालबालिका विशेषगरी पाँचदेखि १५ वर्ष उमेरका (जसलाई स्कुल जाने बालबालिका भन्ने गरिन्छ), ती बालबालिकालाई बढी बाथ मुटुरोगले समाउने गर्छ। ‘ब्याक्टेरिया’ जातका जीवाणुहरुले घाँटीमा टन्सिल बढाउने गर्छ। यस्को उपचार ‘एन्टिबायोटिक’ खाएर गर्नुपर्ने हुन्छ। एन्टिबायोटिक खानुको सट्टा, नुन पानीले कुल्ला गर्ने, बेसार पानी मात्र खाने अथवा उपचार नै नगर्ने गर्दा ‘ब्याक्ट्रिया’ जातका जीवाणुहरूले शरीरमा नकारात्मक असर गरी मुटु नै बिगार्छ।
शुरुको अवस्थामा बाथ मुटुरोगको कुनै लक्षण हुँदैन। शुरुमा बाथ ज्वरो आउँछ अनि यसको असर घाँटीमा देखिन्छ र बिस्तारै शरीरका ठूला ‘जोर्नी’हरु जस्तै घुँडा, कुर्कुचा, हिप जोइन्ट, हत्केला, कुइना, कुम्भहरु दुख्ने, सुन्निने, हिँड्न गाह्रो हुने, हात खुट्टा चलाउन गाह्रो हुने यी समस्याहरू बालबालिकालाई बाथ ज्वरो लागेको बेलामा देखा पर्छ।
शुरुको अवस्थामा बाथ मुटुरोगको कुनै लक्षण हुँदैन। शुरुमा बाथ ज्वरो आउँछ अनि यसको असर घाँटीमा देखिन्छ र बिस्तारै शरीरका ठूला ‘जोर्नी’हरु जस्तै घुँडा, कुर्कुच्चा, हिप जोइन्ट, हत्केला, कुइना, कुम्भहरू दुख्ने, सुन्निने, हिँड्न गाह्रो हुने, हात खुट्टा चलाउन गाह्रो हुने यी समस्याहरू बालबालिकालाई बाथ ज्वरो लागेको बेलामा देखा पर्छ।
जब बाथ ज्वरो निको हुन्छ, त्यसपछि यसले मुटुमा असर गर्छ जसले गर्दा विशेष गरेर मुटको चाल बढ्ने, हिँड्दा स्वाँ स्वाँ हुने, खोकी लाग्ने, खकारमा रगत आउने जस्ता लक्षणहरू देखिन्छन्।
बाथ मुटुरोगको रोकथाम तीन किसिमले गर्न सकिन्छ–
प्राथमिक रोकथाम
बाथ मुटुरोग हुन लाग्दा शुरुमा टन्सिल बढ्ने भएकोले सातदेखि १० दिन सम्म एन्टिबायोटिक खाएर टन्सिल बढ्न नै नदिए बाथ मुटुरोग लाग्दैन।
दोस्रो रोकथाम
घाँटीबाट यो रोग बल्झिएर जोर्नीमा पुग्यो र जोर्नीको बाथ ज्वरो लाग्यो र अझै बढी भएर मुटुमा पुग्यो र बाथ मुटुको रोग लागिसक्यो भने यो रोगलाई बढ्न नदिन उपचार गर्नुपर्छ, जसमा तीन तीन हप्तामा पेन्सिलको सुई लगाउनु पर्ने हुन्छ। यो सुर्इले बाथ मुटुरोगलाई अगाडि बढ्न दिँदैन।
तेस्राे रोकथाम–
बाथ मुटुरोग बढेर मुटुको भल्ब नै बिग्रिएर हार्ट फेलको अवस्थामा पुग्यो भने भल्बको शल्यक्रिया गरेर बिग्रेको भल्ब निकालेर क्रृत्रिम भल्ब हालनुपर्ने हुन्छ, जसको मुटुको भल्ब साँघुरो भएको छ, नसाबाट तार र ‘बेलुन’ पठाइ बेलुन फुकेर साँघुरो भएको भल्बलाई खुकुलो पारिन्छ। यस्लाई ‘बलुन भल्भुलोप्लास्टि’ भनिन्छ।
यी तीनवटा विधि अपनाउन नसके बिरामीको मृत्यु नै हुनसक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights