‘धूमपान र मदिरा सेवन छाड्नुस्, मुटुरोग ५० प्रतिशत कम हुन्छ’

नेपालमा सबैभन्दा बढी मुटुरोग लाग्ने कारण धूमपान र मदिरा सेवन हो। यी दुई मात्रै कम गर्ने हो भने मुटुरोग ५० प्रतिशत कम हुन्छ।
पछिल्लो समय एकातिर मुटुरोगबारे जनचेतना बढिरहेको छ अर्कोतिर मुटुरोग पनि बढिरहेकै छ। आधुनिक हुने बहानामा युवा जमात चुरोट र मदिराको लतमा फसेकाे छ। यो कारणले पनि युवा अवस्थामै मुटुरोग लागिरहेको छ। पहिले पहिले बुढेसकालमा लाग्ने रोगका रूपमा हेरिन्थ्यो। अहिले उमेरमै यसले समात्छ। बुझ्नुपर्ने कुरा के भने यसले उमेर हेर्दैन।
घरघरमा मुटुरोग छ। मानिसहरू अल्छी भएका छन्। सुविधा बढेर पनि होला मानिस हिँड्न खोज्दैनन्। जहाँ जाँदा पनि गाडी प्रयोग गरिन्छ। शारीरिक रूपमा सक्रिय नहुँदा पनि रोग बढिरहेको छ।
गाउँका मानिसहरूको शारीरिक रूपमा व्यायाम पुग्छ। खेतबारीमा हिँड्ने, उकाली ओराली गर्ने गर्छन्। यसले मुटुरोग रोक्न धेरै हदसम्म कम त गर्छ तर, गाउँमा पनि चुरोट र मदिरा सेवनका कारण मुटुरोग बढाउन मद्दत गरेको छ।
आधुनिक हुने बहानामा युवा जमात चुरोट र मदिराको लतमा फसेकाे छ। यो कारणले पनि युवा अवस्थामै मुटुरोग लागिरहेको छ। पहिले पहिले बुढेसकालमा लाग्ने रोगका रूपमा हेरिन्थ्यो। अहिले उमेरमै यसले समात्छ। बुझ्नुपर्ने कुरा के भने यसले उमेर हेर्दैन।
स्कुल कलेजका विद्यार्थीहरु साथीको सिको गर्दै जुन रूपमा चुरोटको प्रयोग गरिरहेका छन्, यसले अबको १० वर्षमा भयावह स्थिति आउनसक्छ। चुरोट सेवन गर्नेमा महिलाहरु पनि त्यत्तिकै छन्।
मुटुरोगबाट बच्न अहिलेको जीवनशैली परिवर्तनको विकल्प नै छैन। रोग लागिसकेपछि औषधि गर्ने पनि धेरै छन्। शुरुमा उपचार गर्दा ठीक हुने भए पनि औषधि खाँदा बानी लाग्छ भनेर उपचार नै नगर्ने र औषधि नै खान नखोज्नेको संख्या पनि धेरै छ।
औषधिले जोखिम रोक्छ। त्यसैले अावश्यक परे औषधि खानु नै बुद्धमानी हुन्छ। यदि औषधि शुरु गरिएको छ भने यसलाई आफूखुशी छोड्दा पनि समस्या आउँछ। त्यसलै डाक्टरसँग सल्लाह लिएर मात्र औषधि मिलाउन सकिन्छ। धेरै जनाले आफैँ औषधि छोड्दा ‘ब्रेन स्टेक’लगायतका समस्या आउन सक्छ।
मुख्य कुरा नियमित व्यायाम गर्ने, स्वस्थकर खाना खाने, चुरोट र मदिरा नखाने र नियमित स्वास्थ्य जाँच गर्ने हो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights