Health TV Online
Health TV Online

औषधि बेच्ने मात्र हाेइन फर्मासिस्टको काम

औषधि बेच्ने मात्र हाेइन फर्मासिस्टको काम

औषधि अत्यन्त संवेदनशील वस्तु हो। यसको सही प्रयोग गर्न सकियो भने यसले रोग निको पार्छ। दुरुपयोग भयो भने थुप्रै नकारात्मक असर पुर्याउने मात्र होइन बिरामीको ज्यानै लिन सक्छ।

बिरामी अस्पताल पुगेर चिकित्सकलाई देखाएपछि चिकित्सकले बिरामीको आवश्यकता अनुसार औषधि लेख्छन त्यसपछि शुरु हुन्छ फर्मासिस्टको काम। चिकित्सकले लेखेको औषधि कसरी खाने, कति मात्रामा खाने भनेर फर्मासिस्टले दिने मात्र काम गर्दैनन्, उनीहरुले बिरामीलाई औषधिको ‘साइड इफेक्ट’ भयो भने के गर्ने? कसरी आफ्नो औषधिको बारेमा जानकारी लिने समेत बुझाउने गर्छन्।

त्यसो त फर्मासिस्ट भन्नेबित्तिकै आममानिसले औषधि पसलमा बसेर औषधि बेच्ने मात्र बुझ्छन्। तर फर्मासिस्टको काम त्यतिमा मात्रै सीमित छैन। औषधि पसलमा बसेर औषधि वितरण गर्नु मात्रै फर्मासिस्टको काम होइन। बिरामीको उपचार शुरु हुने अवस्थादेखि नै फर्मासिस्टको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरुले बिरामीको अवस्था रोग विविध पक्षलाई हेरेर औषधिको मात्रा मिलाउने कामसमेत गर्न सक्छन्।

औषधि पसलमा बसेर औषधि वितरण गर्नु मात्रै फर्मासिस्टको काम होइन। बिरामीको उपचार शुरु हुने अवस्थादेखि नै फर्मासिस्टको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरुले बिरामीको अवस्था रोग विविध पक्षलाई हेरेर औषधिको मात्रा मिलाउने कामसमेत गर्न सक्छन्।

एकजना बिरामीले धेरैथरी औषधि खानुपर्ने पनि हुनसक्छ। त्यस्तो अवस्थामा बिरामीलाई कुन औषधि कसरी र कुन वेला खान उचित हुन्छ भन्ने सल्लाह फर्मासिस्ट दिने गर्छन्। जस्तै कहिलेकाहीँ एउटा औषधि धेरै भएर वा मात्रा मिलाएर खान नजान्दा औषधिले नै ‘रियाक्सन’ समेत गरेको पाइन्छ। त्यसैले यो सबै बुझाउनका लागि फर्मासिस्टको महत्त्वपूर्ण भूमिका हुन्छ। औषधि धेरै भयो भने पनि यसले उल्टो असर गर्छ कम भयो भने पनि काम गर्दैन त्यसैले यसको सही प्रयोग हुन जरुरी छ।

नेपालमा ‘क्लिनिकल फर्मासिस्ट’को समेत कन्सेप्ट आइसकेको छ। उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीसँग मिलेर अस्पतालको बेडसम्म पुगेर औषधिका बारेमा बिरामीलाई बुझाउने काम गर्छन्। उनीहरुमा औषधिका कारण आउन सक्ने जटिलता कम गर्न प्रयासरत हुन्छन्। जटिलता देखिएमा तुरुन्त चिकित्सकलाई खबर गरी त्यसको जोखिम न्यूनीकरण गरिन्छ।

कहिलेकाहीँ ‘मेडिकेसन इरर’ हुन्छ अर्थात् औषधिका कारण समस्या आउनसक्छ त्यसलाई कम गर्न यस्ता फर्मासिस्टको महत्वपूर्ण भूमिका हुन्छ। रोग निदान गरेर मात्र पुग्दैन सही उपचार र सही औषधिको प्रयोगले मात्र रोग निको हुनसक्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।

मधुमेह क्यान्सर, उच्च रक्तचापजस्ता समस्या भएका बिरामीमा औषधिको अझ बढी व्यवस्थापन गर्न जरुरी हुन्छ। यस्ता बिरामीका लागि फर्मासिस्टले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

  • पुष्कर कुँवर

    कुँवर नेपाल क्यान्सर अस्पतालका क्लिनिकल फर्मासिस्ट हुन्।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा