नियमित सहवासले कम गर्छ प्रोस्टेटको समस्या

प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो। याे अति सूक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ। यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । मुख्य काम वीर्य स्वस्थ राख्ने हो ।
उमेर बढ्दै जाँदा विभिन्न कारणले पुरुषहरूमा प्रोस्टेटको समस्या देखिन थाल्छ। सही समयमा उपचार गरिएन भने प्रोस्टेट क्यान्सर हुने सम्भावना बढ्दै जान्छ।
कसलाई देखिन्छ प्रोस्टेटको समस्या?
प्रोस्टेट कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्ने समस्या हो। जसरी महिलाहरुमा महिनावारी शुरु हुन्छ त्यसैगरी पुरुषहरुमा १४ वर्षको उमेरदेखि वीर्य बन्न शुरु हुन्छ । प्रोस्टेटको समस्या वीर्य बन्ने उमेरदेखि नै देखिन सक्छ । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषमा यो समस्या बढी देखा पर्ने गरेको छ। ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने र मूत्रनलीमा अवरोध उत्पन्न हुनाले प्रोस्टेटको समस्या देखा पर्छ।
जाेखिममा कस्ता व्यक्ति हुन्छन?
जसलाई पिसाब च्यापेर बस्नुपर्ने हुन्छ त्यस्ता व्यक्तिलाई प्रोस्टेटको बढी समस्या हुन्छ। यसैगरी परिवारबाट बाहिर रहेका पुरुषहरू (प्रहरी वा सेनामा रहेका वा वैदेशिक राेजगारमा रहेका), जसको श्रीमतीसँग नियमित सहवास हुन सक्दैन, उनीहरूमा याे समस्या बढी देखिन्छ। विदेश बस्ने धेरै पुरुषलाई यो समस्या हुन्छ। वीर्य खर्च भएन भने वीर्य थैलीमा लेदो लागेर संक्रमण हुन्छ । लामो समयसम्म प्रोस्टेट ग्रन्थीमा संक्रमण भयो भने यसले निसन्तानपन समेत ल्याउन सक्छ ।
अर्थात् वीर्य जति खर्च भयो त्यति प्रोस्टेटको समस्या कम हुन्छ। वीर्य खर्च भएन भने यसले समस्या निम्ताउँछ। यसैगरी पानी कम खाने व्यक्तिलाई पनि यो समस्या हुनसक्छ ।
कसरी थाहा पाउने?
यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ भने प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ।
बच्ने उपाय
नियमित स्वस्थ शारीरिक सम्पर्क, दैनिक पाँच लिटर भन्दा बढी पानीको सेवन, समय समयमा पिसाबको जाँच र म्याग्नेसियमयुक्त खानेकुरा खाने हो भने धेरै हदसम्म प्रोस्टेटको समस्या कम हुन सक्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights