Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमै छ विश्वस्तरीय रेडियोथेरापी सेवा

नेपालमै छ विश्वस्तरीय रेडियोथेरापी सेवा

क्यान्सरमा तीन प्रकारका उपचार पद्धति प्रयोग गरिन्छ। रेडियाेथेरापी, केमोथेरापी र शल्यक्रिया।

कतिपय बिरामीलाई एउटा मात्र उपचारले निको हुन्छ भने कतिपय बिरामीलाई तीनवटै उपचार लिनुपर्ने हुन्छ। क्यान्सर लागेका करिब ७० प्रतिशत बिरामीलाई रेडियोथेरापी दिनुपर्ने हुन्छ।

के हो रेडियोथेरापी?

उपकरणको माध्यमको प्रयोगबाट रोग लागेको भागमा विकिरण प्रदान गरी रोगको उपचार गर्ने पद्धतिलाई रेडियोथेरापी भनिन्छ। सबै क्यान्सरका बिरामीलाई रेडियोथेरापी दिनुपर्दैन। बिरामीको अवस्था र स्टेज र कस्तो प्रकारको क्यान्सर हो त्यही अनुसार चिकित्सकले निर्धारण गर्छन्।

रेडियोथेरापी एक त बिरामीको रोग निको पार्न गरिन्छ र अर्को कहिलेकाही प्यालिएटिभ केयरका लागि अर्थात् रोकथाम मात्रका लागि पनि दिने गरिन्छ। पाठेघरको मुखको क्यान्सर, मुखको क्यान्सर, घाँटीको क्यान्सरमा शुरुकै स्टेजमा छ भने रेडियोथेरापी मात्रैले पनि निको पार्न सकिन्छ। यी क्यान्सरमा रेडियोथेरापी नै पहिलो उपचार पद्धति हो।

रेडियोथेरापी केको लागि दिने त्यसमा डोज कसरी दिने भने बिरामीको स्थिति हेरिन्छ। बिरामीले रेडियोथेरापी लिन सक्छ कि सक्दैन भन्ने बुझेर मात्र विकिरण दिइन्छ।

रेडियाेथेरापी उच्च प्रविधि

हामीले अहिले नेपाल क्यान्सर अस्पतालमा प्रयोग गरेको रेडियोथेरापी विश्वस्तरीय छ। यसको प्रविधि अत्यन्त महंगो हुने भएकाले पनि नेपालमा थोरै मात्र संस्थामा यस्तो प्रविधि छ।

रेडियोथेरापी एक त बिरामीको रोग निको पार्न गरिन्छ र अर्को कहिलेकाही प्यालिएटिभ केयरका लागि अर्थात् रोकथाम मात्रका लागि पनि दिने गरिन्छ। पाठेघरको मुखको क्यान्सर, मुखको क्यान्सर, घाँटीको क्यान्सरमा शुरुकै स्टेजमा छ भने रेडियोथेरापी मात्रैले पनि निको पार्न सकिन्छ।

हामीकहाँ भएको मेसिनले शरीरको कुन भागमा रेडियोथेरापी दिने हो सोही भागमा मा मात्र टार्गेट गर्नका लागि छुट्टै प्रविधि शुरु गरेको छ। किनकी ‘रेडिएसन’का कारण बिरामीमा ‘साइड इफेक्ट’ पनि देखा पर्छन्। साइड इफेक्ट कम होस् भन्ने हेतुले हामीले यो सेवा दिएका छौँ।

सही ‘टार्गेट’का लागि बिरामीलाई हलचल गर्न नदिन विभिन्न खालका मास्कको प्रयोग गरिन्छ। बिरामीलाई जुन ‘पोजिसन’मा उपचार गर्ने हो त्यसैमा राखेर ‘सिटी’ गर्दा रोगको स्थिति पहिचानमा सजिलो हुन्छ। त्यसैले हामीले यस्तो प्रविधि प्रयोग गरेका हौँ।

बिरामीलाई रेडियोथेरापी दिँदा केही साइड इफेक्ट हुन सक्छ। घाँटीमा रेडिएसन दिँदा घाँटीको वरिपरि असर गर्छ। मुखमा रेडिएसन दिँदा स्वाद नआउने हुन्छ। पाठेघरमा दिएको छ भने पिसाबमा समस्या हुन्छ। जति राम्रो प्रविधि भए पनि अलिअलि साइड इफेक्ट त हुन्छ नै। तर अहिलेको नयाँ प्रविधिले असर कम गरेको छ।

कस्तो बिरामीलाई रेडिएसन चाहिने भन्ने कुराचाहिँ रोग कुन अवस्थामा छ भन्नेले थाहा हुन्छ। पहिलो अवस्थामा रेडिएसन मात्रैले पनि निको पार्न सक्छ। तर स्टेज बढ्दै गएपछि रेडिएसन र केमोथेरापी दिइन्छ। पछि चाहिँ तीनैवटा उपचार पनि एकैचोटी दिन सकिन्छ। स्तन क्यान्सरमा मुख्य शल्यक्रिया हो। यसमा सहयोगी भूमिका मात्र खेल्छ।

बिरामीले रेडिएसन दिँदा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। बिरामीले खानामा विशेष ध्यान दिनुुपर्ने हुन्छ। स्वस्थ र पौष्टिक खाना खानुपर्छ। बिरामी कमजोर हुने हुँदा यसमा खान मन नलागे पनि मात्रामा मिलाएर खाना दिनुपर्ने हुन्छ। यसका असर देखिने हुँदा यसमा ध्यान दिनुपर्ने हुन्छ।

रेडियोथेरापी विश्वस्तरीय प्रविधिको नेपालमै छ। यसैले यो सेवा लिनका लागि विदेश जानुपर्दैन।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?