Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बारम्बार मर्न मन लाग्छ भने मानसिक रोगको संकेत हुनसक्छ

यसरी राेक्न सकिन्छ अात्महत्या

बारम्बार मर्न मन लाग्छ भने मानसिक रोगको संकेत हुनसक्छ

धेरैजसो आत्महत्या मानसिक समस्याको अन्तिम अवस्थाका कारण हुने गर्छ। यो अवस्थामा मन उदास हुने, एक्लो बस्ने, समाजमा घुलमिल नहुने र अन्तिममा के बाँच्नु मर्छु भन्ने लाग्छ। र अन्तिममा आत्महत्या गर्ने सोच आउँछ।

नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ। नेपाल प्रहरीको तथ्यांकअनुसार गत वर्ष मात्रै पाँच हजार ३४६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् जसमध्ये दुर्इ हजार ८५४ पुरुष, दुई हजार २०० महिला, १११ बालक र १३९ बालिका हुन्।

विश्वमा नै आत्महत्या युवावस्थामा हुने मृत्युमध्येकोे दोस्रो कारण हो। पहिलो कारण सडक दुर्घटना हो भने रोगको हिसाबले त यो नै युवावस्थामा नै हुने मृत्युको पहिलो कारण मानिन्छ। नेपाल आत्महत्या गर्ने ‘टप टेन’ देशभित्र पर्छ।

प्रहरीमा रिपोर्ट भएका तथ्यांकले मात्र यति संख्यामा मात्र अात्महत्या भयाे भनेर विश्वास गर्न सकिँदैन यो भन्दा बढी संख्यामा यसको रिपोर्ट नै गरिँदैन। त्यसैले पनि यसको संख्या अझ बढी छ। नेपालमा तीन वर्षअघि भूकम्पमा झण्डै १० हजार जना मर्दा ठूलो रूपमा हेरियो तर बर्सेनि पाँच हजार भन्दा बढीले ज्यान गुमाउने कुरालाई ठूलो रूपमा हेरिँदैन। यो संख्या हेर्ने हो भने तर प्रत्येक वर्ष आत्महत्याको भूकम्प गइरहेको छ। तर यो प्राथमिकतामा परेको छैन।

यदि कसैले ‘आत्महत्या गर्न मन छ भन्छ’ भने यो उसको मानसिक रोगको अन्तिम अवस्था हो भनेर बुझ्नुपर्छ। यसलाई सामान्य रूपमा लिनु हुँदैन । यो मानसिक अवस्थाको अन्तिम ‘स्टेज’ हो भनेर बुझ्नुपर्छ। साथीभाइ वा आफन्त कसैले मर्छु भन्छ भने उपचार गर्नुपर्छ। समयमै उपचार गर्दा उसको ज्यान जोगाउन सकिन्छ।

पछिल्लो समय आत्महत्या गर्ने बालबालिकाको संख्या पनि बढिरहेको छ। सबैभन्दा बढी टिन एज (किशोरावस्था)मा हुन्छ। शारीरिक रूपमा धेरै परिवर्तन हुने हुँदा पनि यो अवस्थालाई तनावको उमेर भनिन्छ। यो समयमै सही ‘काउन्सिलिङ’ नहुँदा यो सख्या बढेको हो। एसएलसी वा एसईईको रिजल्टको समयमा हामी धेरै देख्छौँ। तनाव व्यवस्थापनका बारेमा परिवारले महत्त्वपूर्ण भूमिका खेल्न पर्छ। के ठीक के बेठीक छुट्याउन नसक्दा गलत कदम लिन पुग्छन्।

ज्यान फाल्नु अर्थात् मर्नु भनेको कसैको लागि पनि सानो कुरा होइन, सजिलाे कुरा हाेइन। आत्महत्या गर्न खोज्नेका लागि पनि यो सजिलो कदम होइन। यदि कसैले ‘आत्महत्या गर्न मन छ भन्छ’ भने यो उसको मानसिक रोगको अन्तिम अवस्था हो भनेर बुझ्नुपर्छ। यसलाई सामान्य रूपमा लिनु हुँदैन । यो मानसिक अवस्थाको अन्तिम ‘स्टेज’ हो भनेर बुझ्नुपर्छ। साथीभाइ वा आफन्त कसैले मर्छु
भन्छ भने उपचार गर्नुपर्छ। समयमै उपचार गर्दा उसको ज्यान जोगाउन सकिन्छ।

साधारणतया ९० प्रतिशत आत्महत्या तुरुन्तै हुँदैन। धेरैजसो मान्छेले त्यो लामो समयदेखि सोचिरहेको हुन्छ। धेरै महिनाको ‘प्लानिङ’ हुन्छ। शुरुमा के बाँचु जस्तो लाग्छ यसपछि ओहो साँच्चिकै मर्नु पर्छ भन्ने लाग्छ। त्यसपछि कसरी मर्ने भनेर सोच्न थाल्छ। चौथो अवस्थामा सामान जुटाउन थाल्छ। यो सबै ‘प्लान’ गर्न निकै समय लाग्छ। यो अवस्थामा आउन महिनौँ लाग्छ। यही समयमा परिवार र आफन्तले थाहा पाउने हो भने यसबाट जोगाउन सकिन्छ। मर्ने व्यक्ति तनावबाट मुक्त हुन चाहिरहेको हुन्छ। तर कसलाई भन्ने लागिरहेको हुन्छ। सुन्ने वा कुरा बुझिदिने व्यक्ति नपाउँदा ऊ आत्महत्याको बाटो राेज्न बाध्य हुन्छ। उसका कुरा सुनिदिएर, सम्झाएर यसबाट रोक्न सकिन्छ।

यस्तो अवस्थामा परिवारले, साथीभाइले व्यक्तिमा आएको परिवर्तन हेरी सोध्नुपर्छ। यसो भएमा उनीहरूलाई जोगाउन सकिन्छ। । परिवारलाई थाहा भयो भने तुरुन्त डाक्टरलाई देखाउनु पर्छ। उपचार गरेपछि यो समस्या निको हुन्छ। मानसिक समस्याका कारण यस्तो स्थिति आउने हो भन्ने कुरा बुझ्न जरुरी छ।

श्रीलंकाले १० वर्षको प्रयासमा आत्महत्या गर्नेको संख्या आधा घटाएको छ। हामीले पनि जनचेतानमूलक कार्यक्रम गरेर यस्तो घटनालाई कम गर्न सक्छौँ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या