मनिषा भन्छिन्, ‘क्यान्सर इज नट अ डेथ’

क्यान्सर शुरुकै अवस्थामा थाहा पाएर उपचार गराउनुपर्छ। यसका लागि ४० वर्ष उमेरका काटेपछि स्वास्थ्य जाँच गरिरहनुपर्छ। मेरो सन्दर्भमा ‘ओभरियन क्यान्सर’ भएको लास्ट स्टेजमा मात्र थाहा पाएँ। पेट फुलेको थियो। ग्यास्ट्रिक हो कि जस्तो लाग्थ्यो। पछि थाहा भयो क्यान्सर रै’छ।
उपचार थालेँ। सकारात्मक सोच बनाए। आत्मविश्श्वास बढाएँ। सबैभन्दा ठूलो कुरा आत्मविश्वास रै’छ। घरमा ‘सपोर्ट’ गर्ने आमा हुनुहुन्थ्यो। किमो दिएर शिथिल भएका बेला पनि उहाँले आत्मबल बढाइदिनुभयो। अग्र्यानिक खाना खुवाउनुभयो। नकारात्मक कुरा भन्ने मेरो छेउमै पर्न दिनुभएन। क्यान्सरमा मात्र होइन हरेक रोगको उपचारमा नकारात्मक कुरालाई प्रवेश गर्न दिनुहुँदैन। सकारात्मक सोच बढाउनुपर्छ। आत्मविश्वास बढाउनुपर्छ।
यसरी मैले क्यान्सरबाट पार पाएँ। अहिले जहाँ जहाँ जान्छु भन्छु, ‘क्यान्सर इज नट अ डेथ सेन्टेन्स।’ हो पनि यही। क्यान्सरले जीवन सिध्याउँदैन। सिध्याउँछ त नकारात्मक सोचले। मानिसको जीवन मृत्यु त आफ्नो हातमा छैन। तर पाएको जीवनलाई कसरी बाँच्ने भन्ने त छ नि! अनि रोग लाग्दैमा निराश किन हुने?
नेगेटिभ सोचले क्यान्सर लागेकालाई अझ गलाउँछ। पोजेटिभ कुराले रोग घटाउन मद्दत गर्छ। त्यसैले ‘पोजेटिभ माइण्ड’ एकदमै जरुरी हुन्छ। रोगमा मात्र होइन जीवनको हरेक पक्षमा यो जरुरी छ। मुस्किल बाटोमा पनि पोजेटिभ माइन्डले धेरै काम गर्छ। आफू भित्रैबाट बलियो हुनुपर्छ।
जीवन सहज त छैन। धेरै ‘स्ट्रगल’ गर्नुपर्छ। अनेक चुनौतीहरू छन्। अनेक रोग लाग्छन्। धेरै समस्या आउँछन्। तर जुनसुकै अप्ठ्यारो अवस्थामा पनि ‘दियर इज होप।’ त्यसैले आशावादी हुनुस्।
रोग लागेपछि उपचार गर्ने त छँदैछ। त्यहाँ अनेक खालका ‘प्रोबलम’ आउँछन्। त्यसैले सकेसम्म रोग लाग्नै नदिनेतर्फ लाग्नुस्। ‘हेल्दी लाइफ स्टाइल’ अपनाउनुपर्छ। अग्र्र्यानिक खाना खानुपर्छ। हो अर्गानिक खाना अलि महंगो हुन्छ। हामी लुगा महंगै लगाउँछौँ। अरु ‘एसोसरिज’ महंगै किन्छौँ। अनि खानामा चाहिँ ‘कम्प्रमाइज’ किन?
खाना मात्र स्वस्थ भएर पुग्दैन। ‘लाइफ’ लाई ‘एक्टिभ’ बनाइरहन जरुरी छ। व्यायाम गर्न पनि आवश्यक छ।
क्यान्सर केयर नेपालद्वारा अायाेजित वाकाथन कार्यक्रममा काेइरालाले राखेकाे भनाइ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights