अकुपञ्चरले पूर्ण रूपमा निकाे हुन्छ ‘माइग्रेन’

‘माइग्रेन’ भनेको टाउको दुखाइ हो तर सबै टाउको दुखाइ माइग्रेन होइनन्। टाउकाको एकापट्टिको भाग दुख्नु, त्यो दुखाइ केही अन्तरालमा आउने, केही समयपछि आफैँ ठीक हुन्छ भने त्यसलाई माइग्रेन भनिन्छ।
माइग्रेन किन हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागको छैन तर मस्तिष्क भित्रको रगतको ‘सप्लाइ’ मा समस्या आएपछि टाउको दुखाइ हुन्छ भनिन्छ। ‘माइग्रेन हुँदा टाउकोको एउटा भागमा घोचेजस्तो भएर दुख्छ। आँखामा धमिलो हुँदै जान्छ र टाउको दुख्न शुरु हुन्छ’, केही यस्तो भन्ने गर्छन्। कोहीलाई एक घण्टामै दुखाइ कम हुन्छ। कसैलाई लामो समयसम्म रहिरहन्छ। कसैलाई आज दुखेको छ भने त्यही समयमा भोलि फेरि दुख्छ। बारम्बार तर निश्चित समयअवधिमा दुख्न थाल्छ।
यतिसम्म दुख्छ कि सहनै नसक्ने हुन्छ। कोही आवाजले ‘इरिटेट’ हुन्छन्। कसैलाई गन्धले पनि गाह्रो हुन्छ। कसैलाई माइग्रेनको साइड इफेक्टको रुपमा वाकवाकी लाग्ने, बान्ता हुने गर्छ भने कसैलाई आँखा तिरमिर हुन्छ। माइग्रेनमा असह्य पीडा हुन्छ।
माइग्रेनलाई बढाउने ‘फ्याक्टर’ले यसलाई अझ बढाउँछ। कसैलाई बत्तीले माइग्रेन बढाउँछ। कसैलाई गन्धले बढाउँछ। कसैलाई रंगले बढाइदिन्छ। माइग्रेनको असर आइसकेपछि धेरैले ‘पेन किलर’ लिने गर्छन्। याे उपायले पनि काम गर्दैन बरु विस्तार आफैँ कम भएर जान्छ। पेन किलरको बढी प्रयोगले अरु समस्या आउन सक्छ।
माइग्रेनकाे उपचारमा ‘मोर्डन मेडिसिन’को परिणाम त्यति राम्रो देखिएको छैन। त्यसो त उपचार नै हुँँदैन भन्ने होइन तर प्राकृतिक चिकित्साअन्तर्गतको अकुपञ्चर र अकुप्रेसर माइग्रेनमा सबैभन्दा बढी प्रभावकारी मानिन्छ।
विशेषगरी १५ देखि ५० वर्षसम्मका व्यक्तिलाई यो समस्या बढी हुन्छ। तर अहिले सानो उमेरमा पनि भइरहेको छ। माइग्रेन महिलामा बढी हुने गर्छ। उपचार गर्न आउनेमध्ये दुई तिहाइ बिरामी महिला हुन्छन्। हर्मोनसँग जोडिएका रोग भएकाले पनि महिलालाई बढी हुने अनुमान गरिन्छ। यसको उपचारमा ‘मोर्डन मेडिसिन’को परिणाम त्यति राम्रो देखिएको छैन।
त्यसो त उपचार नै हुँँदैन भन्ने होइन तर प्राकृतिक चिकित्साअन्तर्गतको अकुपञ्चर र अकुप्रेसर माइग्रेनमा सबैभन्दा बढी प्रभावकारी मानिन्छ। यसको सेवा लिएका सय जना बिरामी हेर्दा ८० जनाको ‘रिजल्ट’ राम्रो देखिने गरेको छ। माइग्रेनमा अकुपञ्चर र अकुप्रेसर निकै प्रभावकारी हुन्छ।
माइग्रेन के कारणले हुन्छ, बिरामी आफैँले पनि ख्याल गर्नुपर्छ। के कुराले यसलाई बढाउँछ, त्यो कुरा ‘अभोइड’ गर्नुपर्छ। सँगसँगै प्राणायाम र ‘हेड मसाज’ले पनि धेरै हदसम्म माइग्रेनका लागि प्रभावकारी हुन्छ। अकुप्रेसरका केही ‘टेक्निकहरु’ बिरामीले सिकेर घरमै पनि गर्न सक्छन्,जसले तत्काललाई केही सहज हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights