स्वास्थ्यका लागि सञ्चार
‘स्वास्थ्यका लागि सञ्चार’ मूल मर्मसहित आम मानिसलाई आफ्नो स्वास्थ्य अवस्था, उपचारमा पहुँच र स्वास्थ्य अधिकारबारे सुसूचित गरी विशिष्टीकृत विधा ‘स्वास्थ्य पत्रकारिता’को विकासका लागि योगदान पुर्याउने अठोटका साथ ‘हेल्थ टिभी अनलाइन डटकम‘ सञ्चालनमा ल्याएका छौँ। जनस्वास्थ्यबारे सत्य तथा विश्वसनीय सूचना, समाचार, विचार र विश्लेषणमार्फत चेतना जगाउने र आम व्यक्तिलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत रही दीर्घ जीवनयापन गर्न मद्दत पुर्याउने हाम्रो मुख्य लक्ष्य हो। स्वास्थ्यसँग जोडिएका विषय र अन्तरवस्तु श्रव्यदृश्य अर्थात् अडियो\भिडियो मार्फत प्राथमिकतासहित सम्प्रेषण गरिने भएकाले पोर्टलको ‘टिभी‘ केन्द्रित पहिचान बनेको हो।
सूचना प्रविधिमा आम पाठक, श्रोता र दर्शकको पहुँच बढ्दै गएको तथ्यलाई मनन गर्दै जनस्वास्थ्यसँग सरोकार राख्ने समसामयिक विषयमा शब्द, श्रव्य–दृश्य, तस्विर\ग्राफिक्सको माध्यमबाट विश्वसनीय सूचना\समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। ‘स्वस्थ रही समृद्ध जीवनयापन गर्ने’ आम व्यक्तिको चाहनालाई सत्य सूचनाको सम्प्रेषणमार्फत पूरा गर्ने यात्रामा हामी जुटिरहनेछौँ। स्वास्थ्य उपचारमा आम मानिसको सहज पहुँच हुने प्रयासहरूमा हाम्रो साथ रहनेछ। जनस्वास्थ्यमाथि खेलबाड गर्ने तत्त्वहरुको भण्डाफोर गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौँ।
स्वतन्त्र प्रेस, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीयताको सफल कार्यान्वयनका विषयहरु आम नागरिकको स्वस्थ जीवनयापन गर्न पाउने अधिकारसँग पनि जोडिएका छन् भन्ने हाम्रो बुझाइ हो। स्वास्थ्य क्षेत्रमा हुने लगानी र स्वास्थ्य सेवाको पारदर्शिता कायम गर्न स्वास्थ्यनीतिको तर्जुमा तथा त्यसको कार्यान्वयनमा संग्लग्न सरोकारवाला निकायलाई जिम्मेवार नबनाई सम्भव छैन। त्यस्ता निकाय र अधिकारीलाई जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा हामी आदरणीय पाठक, विज्ञ, लेखक र शुभेच्छुकहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ।
स्वास्थ्य समस्या र त्यसको निदान तथा उपचारका उपाय, विज्ञ चिकित्सकको राय, स्वास्थ्य प्रविधि, सर्वसुलभ उपचार, वैकल्पिक तथा प्राकृतिक चिकित्सा पद्धति लगायत विषयमा सूचना\समाचार सम्प्रेषण गर्ने कार्यमा हामी केन्द्रित रहनेछौँ। यसका अतिरिक्त नेपालले अन्तर्राष्ट्रिय समुदायसामु नेपालीहरुको स्वास्थ्यस्थिति सुधार, बाल तथा मातृशिशु स्वास्थ्य, प्रजनन अधिकार, गुणस्तरीय जीवनयापनका सम्बन्धमा व्यक्त गरेका प्रतिबद्धताको राष्ट्रिय कार्ययोजना र त्यसको कार्यान्वयनका विषय, नेपालको संविधानद्वारा प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रवर्धन गर्न राज्यका निकायको भूमिकाको निगरानीमा हामी विशेष ध्यान दिनेछाैँ। यो कार्यमा हामी हाम्रा पाठकको सहयोग र खबरदारीको अपेक्षा गर्दछाैँ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेदेखि
सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्ने निर्देशिका कार्यान्वयनमा उद्योग मन्त्रालयको अवरोधप्रति चिकित्सक संघको आपत्ति
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार
अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल