Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पैसा तिरेर राेग किनिरहेका छाैँ हामी

जंक फुडले उच्च रक्तचापदेखि मृगाैलाकाे समस्यासम्म

पैसा तिरेर राेग किनिरहेका छाैँ हामी

दैनिक कार्यव्यस्तताले मानिसलाई प्याकेटका खानेकुरा सेवन गर्न बाध्य बनाएको छ। अधिकांश मानिस जो कामका लागि दिनभरि नै घरबाहिर हुन्छन् तिनले नचाहँदा नचाहँदै पनि यस्ता खानेकुरा खाइरहेका हुन्छन्। तर धेरै मनिस घरमै पनि यस्ता खाद्यवस्तु सेवन गरिरहेका छन्। अझ कतिपयलार्इ त घरमा पाइने खानाको तुलनामा जंक फुड अधिक स्वादिष्ट लाग्छ।

बालबालिकालाई सानै उमेरदेखि जंक को सेवन गराउँदा पछि गएर उनीहरूमा त्यसको बानी पर्छ। हामीले उनीहरुलार्इ फकाउने बहानामा उनीहरूलाई त्यस्ता बजारिया खाना दिने गर्छौँ। तर के हामीले त्यसले कस्ता स्वास्थ्य समस्या निम्त्याउँछ, थाहा पाएका छौ? साथै यस्ता खाद्यवस्तु उत्पादकले पनि विशेष गरेर कलिला बालबालिकालाइ छिटो प्रभावमा पार्नसक्ने गरी विज्ञापन सम्प्रेषण गरिरहेको हुन्छ। दाबीका साथ ‘भिटामिन पाइन्छ र यसले मानव स्वास्थ्यमा अनेकन् फाइदा पुर्याउँछ’ भन्दै भ्रामक प्रचार गरी दिनप्रतिदिन आफ्नो उत्पादनको खपत वृद्धि गर्न अनेक हतकण्डा अपनाउने गरेका छन्।

हामी  पैसा तिरेर रोग किनिरहेका हुन्छौ। अधिकांशलाई त्यसले कुनै फाइदा पुर्याउँदैन भन्ने पनि जानकारी छ र पनि नजरअन्दाज गरेका छौँ। मानिसलाई तत्कालै कुनै खालको असर नपार्ने हुन सक्छ तर यस्ता खाद्यवस्तु र पेयपदार्थले दीर्घकालमा स्वास्थ्य समस्या ल्याउन सक्छन्।

भनिन्छ कुनै पनि देशको भविष्य बुझ्न त्यस देश देशका बालबालिकाको स्वास्थ्य अवस्था अध्ययन गर्नु पर्छ। अर्थात् बालबालिकाको स्वास्थ्यले नै देशको भविष्य निर्दिष्ट गर्छ। हामीले हाम्रो भविष्य कता डोहाेर्याइरहेका छौ? बालबालिकामा जंक फुडको सेवनमा देखिएको आकर्षणले कुपोषणको समस्या पनि देखिएको छ। हाम्रा दुर्गम गाउँगाउँमा चामल पाइँदैन तर चाउचाउजस्तापदार्थ देशका हरेकजसो कुनामा सजिलै पाउन सकिन्छ। अहिले नेपालमा विशेषगरी शहरी क्षेत्रमा जंक फुडको सेवन गर्ने प्रचलन बढ्दै गएको छ।

नेपाली परम्पराअनुसार खाना खाजा भन्नाले मकै, भटमास, खिचडी, सातु, खिर आदि बुझिन्छ। तर सञ्चारको विस्तारले भित्र्याएको विभिन्न विकृति मानव स्वास्थ्यमा समेत देखिन थालेको छ। अहिले दैनिक चाउचाउ वा यस्ता प्रकृतिका खाद्यपदार्थको सेवन जीवनशैली जस्तै बन्दै गएको छ। यस्ता खाद्यवस्तुमा मैदाको मात्रा अधिक हुने र यसले स्वास्थ्यमा कुनै योगदानको सट्टा हानि पुर्याउने हुन्छ। जसले गर्दा मानवसिर्जित विभिन्न स्वास्थ्य समस्या निम्ति रहेको छ। हामीले आफैले त्यस्ता जंक फुडका नाममा मन्द विष सेवन गरिरहेका छौँ भन्दा अपत्यरिलो लाग्न सक्छ।

हामी  पैसा तिरेर रोग किनिरहेका हुन्छौ। अधिकांशलाई त्यसले कुनै फाइदा पुर्याउँदैन भन्ने पनि जानकारी छ र पनि नजरअन्दाज गरेका छौँ। मानिसलाई तत्कालै कुनै खालको असर नपार्ने हुन सक्छ तर यस्ता खाद्यवस्तु र पेयपदार्थले दीर्घकालमा स्वास्थ्य समस्या ल्याउन सक्छन्।

नेपालमा गरिएको एक अध्ययन अनुसार करिब १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप छ। यसका साथै विभिन्न स्वास्थ्य समस्या जस्तै, मधुमेह, मृगौलाको खराबी, विभिन्न खालका दुखाई वा एलर्जी लगायत क्यान्सरलाई बढावा दिनुका साथै अन्य थुप्रै यस्ता रोगहरु बढ्दै गएका छन। जसले हाम्रो आयु कम गर्दै लगेको छ।

व्यस्त जीवनशैली, अनुचित आहार र तनावले धेरै रोगलाई जन्म दिन्छ। साथै नसर्ने रोगको बिगबिगी बढ्दो रूपमा रहेको छ। उच्च रक्तचाप एउटा प्रमुख स्वास्थ्य समस्या बनेको छ। जसले प्रत्यक्ष रुपमा मृगौलामा असर पुर्याउँछ। विशेषगरी खानपिन, मोटोपन र जीवनशैलीका कारण यो समस्या उत्पन्न हुन्छ। यसको कारणले उच्चरक्त चापका साथै मधुमेह पनिहुन सक्ने सम्भावना हुन्छ। विशेषगरी मोटोपनले महिलाहरुको प्रजनन स्वास्थ्यमा असर पुर्याउनुका साथै बाँझोपनको समस्या पनि निम्त्याउन सक्छ।

चिकित्सकका अनुसार विभिन्न प्रकारका जुस, चाउचाउ, पेयपदार्थ, लगायतका जंक फुडको सेवन एकदम गलत र मुर्खतापूर्ण हो। जुसमा चिनीको मात्रा ८० प्रतिशत हुन्छ। चिनी भनेको शरीरलाई आवश्यक होइन र यसको मात्रा बढी भयो भने यसले क्यालसियमलाई शोषण गर्नबाट रोक्छ, जसले एकछिन स्वाद दिन्छ तर शरीरमा अनेकौ समस्या निम्त्याउँछ।

परम्परागत खानेकुरा स्वास्थ्यको दृष्टिकोणबाट एकदमै लाभदायक भए पनि मानिसहरु जंक फुडतर्फ बढी आकर्षित देखिन्छन्। खिचडी, तरुल, सातु, घिउ आदि नेपाली परम्परागत खाद्यवस्तु मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायी हुन्छन्। शरीरमा घिउको कमीले भिटामिन ए, डी, र्इ र के राम्रोसँग शोषण हुन पाउँदैनन्। तर विभिन्न जंक फुड उत्पदक कम्पनिले यस्ता भिटाभिन पाइन्छ भन्दै मानिसलार्इ आर्कषित गर्ने गरेका छन्। परम्परागत पोषणयुक्त खानेकुराहरुलाई बिर्सिएर बजारमा पाइने खानेकुरालाई बढी रुचाउने भएकाले धेरै मानिस विभिन्न रोगको सिकार बनिरहेका छन्।

थप समाचार