कानुन कार्यान्वयन नहुँदा बढ्दैछन् क्यान्सरका राेगी
क्यान्सर कम गर्न सुर्तीजन्य उद्योग बन्द गर्नुपर्छ

हेड एण्ड नेक क्यान्सर
टाउकोको तल्लो भाग र घाँटीभन्दा माथि विभिन्न अंगमा लाग्ने क्यान्सरलाई ‘हेड एण्ड नेक क्यान्सर’ अर्थात् टाउको तथा घाँटीको क्यान्सर भनिन्छ। यसमा आँखा, कान, नाकसँगै धेरै भाग मुखमा पर्छ जसलाई ‘ओरल क्याबिटी क्यान्सर’ पनि भनिन्छ। मुखमा मात्रै १५ देखि २० अंगमा क्यान्सर लाग्न सक्छ यसलार्इ मेडिकल भाषामा ‘हेड एन्ड नेक अंकोलोजी’ नाम दिइएकाे छ।
प्रमुख कारण
प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले कलेजो तथा फोक्सोको क्यान्सर हुन्छ तर, हरेक क्यान्सरको पहिलो कारण सुर्तीजन्य पदार्थ हो भन्ने अधिकांशलाइ जानकारी नहुन सक्छ। सुर्तीजन्य पदार्थमा धुवाँयुक्त चुरोट, बिँडी, हुक्का, पाइप तथा सिगार पर्छन्। चपाएर खाइने खैनी, पानपराग, तम्बाकु, गुट्खा आदि पनि क्यान्सरको कारक तत्त्व मानिएको छ। अन्य क्यान्सर सरह टाउको तथा घाँटीको क्यान्सरको पहिलो कारक नै सुर्तीजन्य पदार्थ मानिन्छ।
पछिल्लो समय यो प्रकारको क्यान्सरका बिरामी बढ्दै गएका छन्। नेपालमा यकिन तथ्याङ्क नभेटिए पनि अस्पतालले सार्वजनिक गरेको आँकडाअनुसार नेपालमा देखिने विभिन्न क्यान्सरमध्ये नाक तथा घाँटीको क्यान्सर पाँचौँ नम्बरमा पर्छ। धूमपान नियन्त्रण नहुँदा यस्ता रोगका बिरामी अझ बढिरहेका छन्।
नियन्त्रण कसरी गर्ने?
सुर्तीजन्य पदार्थसम्बन्धी महासन्धि ‘एफसीटीसी’ जारी भएको छ। नेपाल त्यसको १४२औँ सदस्य राष्ट्र हो। यो सन्धिमा १८ वर्षभन्दा कम उमेरका मानिसले सुर्तीजन्य पदार्थ किनबेच गर्न नपाइने भनिएको छ। साथै सुर्तीजन्य पदार्थको कुनै पनि खालको विज्ञापन गर्न पाइँदैन। यस्ता पदार्थ गर्भवती महिलाले प्रयोग गर्नु गैरकानुनी मानिन्छ। सुर्तीजन्य पदार्थको बट्टामा हानिकारक देखिने चित्र तथा ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देश प्रष्ट रूपमा लेखिएको हुनुपर्छ। तर नेपालमा अझै कतिपय मानिस त्याे पढ्नसमेत नसक्ने छन्।
भुटानलाई अनुसरण गर्दै जानसके नेपाल पनि ‘टोबाको फ्री’ बन्नसक्छ। तर सरकार त्यसमा कटिबद्ध हुनुपर्छ। सुर्तीजन्य पदार्थले न त खाने व्यक्तिलाई फाइदा पुग्छ न त नजिक रहनेहरूलाई। वरपर बसिरहेकाहरूलाई बिनागल्ती नोक्सान पुर्याइरहेको हुन्छ।
एफसीटीसीको नियमअनुसार कुनै कार्यालय वरिपरि एक सय मिटरभित्र धूमपान गरेमा सो कार्यालायले जरिवाना गराउन सक्ने प्रावधान छ। तर त्यो नियम खासै अवलम्बन गरेको पाइँदैन। नेपालमा उत्कृष्ट कानुन त बन्यो तर कार्यान्वयन अभावमा नीति नियमहरू प्रभावकारी रूपमा पालना भएको देखिँदैन। नीति कार्यान्वयन भए मात्रै सुर्तीजन्य पदार्थ सेवनमा कमी आउँछ। यसबाट क्यान्सरका बिरामी पनि स्वतः घट्छन्।
नेपाल अर्बुद रोग निवारणलगायत संस्थाहरूले नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् तर साेचेअनुरूप प्रभावकारी हुन सकिरहेकाे छैन।
बनाअाैँ ‘टोवाको फ्री’ नेपाल
हामी विदेशीका नराम्रा कुरा ग्रहण गर्छौँ, राम्रा कुरा गर्दैनौँ। सार्कको भुटान सुर्तीजन्य पदार्थमुक्त मुलुक बनिसकेको छ। यो मामिलामा भुटानलाई अनुसरण गर्दै जानसके नेपाल पनि ‘टोबाको फ्री’ बन्नसक्छ। तर सरकार त्यसमा कटिबद्ध हुनुपर्छ। सुर्तीजन्य पदार्थले न त खाने व्यक्तिलाई फाइदा पुग्छ न त नजिक रहनेहरूलाई। वरपर बसिरहेकाहरूलाई बिनागल्ती नोक्सान पुर्याइरहेको हुन्छ।
सुर्तीजन्य पदार्थको कच्चापदार्थ गाईभैँसीले समेत खाँदैनन। त्यसैले अन्य बालीलाई बारेर राख्ने किसानले यसको खेतीमा बार लगाउनै पर्दैन। यसको मतलब गाईबस्तुले पनि नखाने कुरा मानिसले सेवन गरिरहेका छन्। सुर्तीजन्य पदार्थको सेवन ‘टिनएज’मा शुरु गराउन सुर्ती उद्योगीहरु लागिपर्छन् किनकी यो उमेर एक त देखासिकी गर्ने उमेर हो भने अर्कोतिर यो उमेरमा शुरु गर्दा लत बस्ने सम्भावना बढी हुन्छ। त्यसैले सुर्ती उद्योगीहरूले यो उमेरका समूहलाई बढी लक्षित गर्छन।
मन्त्रीकाे निर्णय गलत
केही साताअघि मात्र उद्योगमन्त्री मातृकाप्रसाद यादवले लामो समयदेखि बन्द भएको जनकपुर चुरोट कारखाना खोल्ने पहल गर्ने भनेका छन्। यो निर्णय सरासर गलत हो। एकातिर ऐनले नै सुर्तीजन्य पदार्थ प्रवर्धन गर्न पाइँदैन भनेको छ भने अर्कोतिर यसले कसैको हित गर्दैन। क्यान्सर कम गर्ने हो भने भएका सुर्तीजन्य उद्योग धमाधम बन्द गर्न जरुरी छ, बन्द भएका खोल्ने हाेइन।
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो