कुपाेषणबाट जाेगाउन बालबालिकालार्इ खुवाउनुस् घरकै खाना
पेटभरि खुवाएर मात्र पुग्दैन, हुनुपर्छ पाेषण तत्त्व

पछिल्लो समय बालबालिकामा एकातिर मोटोपना बढेको छ भने कुपोषण पनि अत्यधिक रूपमा देखिन थालेको छ। बालबालिकामा देखिने कुपोषण के हो? मोटो हुँदैमा कुपोषण हुँदैन भन्ने हुन्छ? उनीहरूलाई कस्ता खानेकुरा खुवाउनेलगायत विषय याे छाेटाे लेखमा चर्चा गरिँदैछ।
के हो कुपोषण?
मानव शरीरलाई आवश्यक सन्तुलित आहार लामो समयसम्म पूर्ति नहुने अवस्था नै कुपोषण हो। नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण मानिन्छ। यसले बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा प्रभाव पार्छ। विशेषगरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या अधिक रहेको छ। बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्म हुने गर्छ। मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषणस्थिति राम्रो हुनु आवश्यक हुन्छ। बाहिरबाट मोटो देखिने बच्चामा पनि कुपोषण हुनसक्छ।
कुपोषणका कारणहरू
पहिलो त पर्याप्त खाना तथा पोषक तत्त्वको कमी हुनु। खाना ख्वाएर मात्र हुँदैन अर्थात् परिमाणमा मात्र जोड दिएर पुग्दैन। पेटभरि खुवाएर पनि त्यसमा पोषण तत्त्व भएन भने खुवाउनुको अर्थ हुँदैन। बालबालिकालाई ख्वाइने खानामा पोषक तत्त्व कति छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसकारण अभिभावकमा पोषणसम्बन्धी ज्ञान आवश्यक छ। रोग तथा संक्रमणले पनि बालबालिकामा कुपोषण देखिन सक्छ। रुघाखोकी, निमोनियालगायत रोगका कारण बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति घट्न गई कुपोषण देखिन सक्छ।
बालबालिकामा पर्ने असर
कुनै पनि देशको भविष्य त्यहाँका बालबालिकाहरूको स्वास्थ्य अवस्थाले निर्धारण गर्छ। बालबालिका यसको सिकार हुनु भनेको भविष्यमा मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक एवं मानसिक तवरले रोगग्रस्त हुनु हो। संसारमा जति पनि रोग छन् तीमध्ये धेरैको कारक कुपोषण हो। रोगग्रस्त जनशक्तिले आर्थिक विकासको गतिमा प्रभाव पार्छ। यसले समग्र मुलुककोे विकास प्रक्रियामा अवरोध पुर्याउँछ। कुपोषणको दीर्घकालीन समाधान नेपालमा पाइने अन्नबाली र गेडागुडी भए पनि यसतर्फ ध्यान नजाँदा हजारौँ बालबालिकाहरू मृत्युको मुखमा पुग्ने गरेका छन्।
पेटभरि खुवाएर पनि त्यसमा पोषण तत्त्व भएन भने खुवाउनुको अर्थ हुँदैन। बालबालिकालाई ख्वाइने खानामा पोषक तत्त्व कति छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसकारण अभिभावकमा पोषणसम्बन्धी ज्ञान आवश्यक छ। रोग तथा संक्रमणले पनि बालबालिकामा कुपोषण देखिन सक्छ।
आवश्यक पौष्टिक आहार
बालबालिकालाई स्वस्थ राख्न गर्भावस्थादेखि नै ध्यान दिनु पर्छ। गर्भमा हुँदा आमाले नै स्वस्थ खानेकुरा खानु पर्छ। यसका लागि आइरन, क्यल्सियम, लगायत पोषणयुक्त खानेकुरालाई प्राथमिकतामा राख्नुपर्छ। यसका साथै हरियो सागपात, र माछा–मासु आदि खाँदा मात्र बच्चालाई पनि पोषण पुग्छ। बच्चाहरुको स्वाथ्य राम्रो बनाउन जन्मेको ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ। किनकी आमाको दूधमा बालबालिकालाई चाहिने सबै पौष्टिक आहार पाइन्छ।
६ महिनापछि भने आमाको दुखले मात्र नपुग्ने भएकाले जाउलो, दाललगायत विभिन्न अन्नका साथै उमेरको वृद्धिसँगै अरु विभिन्न खानाको आवश्यकता रहन्छ। मौसमअनुसारका फलफूल, दैनिक रूपमा अण्डा, केरा, स्याउ आदि खुवाउन जरुरी हुन्छ। यसबाट क्यल्सियम लगायत अन्य विभिन्न पौष्टिक तत्तवहरुको परिपूर्ति हुन्छ। साथै शरीरका लागि चिल्लो पदार्थको समेत आवश्यक पर्छ। तेल, घिउलगायत चिल्लोयुक्त पदार्थ सेवन गर्न आवश्यक हुन्छ।
जंकफुडले ल्याउने समस्या
अभिभावक कार्यमा व्यस्त भएर बालबालिकाको खानामा खासै ध्यान दिने गरेको पाइँदैन। यो एकदमै गलत हो। जंकफुडले बालबालिकामा आवश्यक पौष्टिक आहारको परिपूर्ति गर्न सक्दैन। यसले मानव स्वस्थ्यमा फाइदा पु¥याउनेभन्दा बढी नकारात्मक असर देखाउँछ। जंकफुडले बच्चा मोटो त हुन सक्छ तर स्वास्थ्यमा कुप्रभाव देखिन्छ। किनकी स्वास्थ हुनु भनेको मोटो हुनु होइन। यस्ता खानामा जुन रसायन प्रयोग गरिन्छ त्यसले बालबालिकाको हड्डीलाई एकदमै कमजोर बनाउँछ।
यसका साथै शारीरिक एवं मानसिक वृद्धि रोक्न मद्दत पुर्याउँछ। यस्ता खानामा कार्बोडाइड्रेन नामक तत्त्वको मात्रा अधिक हुन्छ जुन स्वास्थ्यका लागि उपयोगी मानिँदैन। तसर्थ कुनै पनि हालतमा यस्ता खानाको प्रयोगबाट जोगिनु आवश्यक हुन्छ। बच्चा बिरामी हुने, पढेको कुरा स्मरण नहुने, छिटो रोग लाग्ने, लगायत अन्य विभिन्न समस्या निम्तिने गर्छ।
कस्तो खाना खुवाउने?
सामान्य रूपमा आफ्नै खेतबारीमा फलेका दाल, चामल, तेल, फलफूल, गेडागुडीको प्रयोग गर्न उचित हुन्छ। यसबाट बालबालिकाले आवश्यक प्रोटिन, क्याल्सियम लगायत पौष्टिक तत्त्व अधिक मात्रामा पाउन सक्छन्। खानामा दाल, भात, रोटी, मकै, अण्डा, मौसमअनुसारको फलफूल, घिउ, तेल, इत्यादिले बालबालिकामा आवश्यक तत्त्वको पूर्ति हुन्छ। यसले उनिहरुको शरीरिक एवं मानसिक विकासमा सहयोग गर्छ। तरसहरी क्षेत्रमा यस्ता खाद्यवस्तु पाइँदैन।
बालबालिकालाई घरमा नै पकाएर खुवाउने गर्नाले पोषणको कमीबाट बच्न सकिन्छ। साथै स्कुलमा पनि आफ्ना बालबालिकालाई कस्तो खाना वा खाजा खुवाइँदैछ बुझ्न जरुरी छ। यदि स्कुलको खाना पौष्टिक नरहेको थाहा भए घरबाटै खाना वा खाजाका व्यवस्था गर्न सकिन्छ।
जग बलियो भए मात्र घर बलियो हुन्छ भनेझैं बालबालिकामा पोषण तत्त्व पुर्याउन सके मात्र उनीहरू निरोगी हुन्छन्। व्यक्ति स्वस्थ भए पारिवार, समाज र राष्ट्रलार्इ नै फाइदा पुग्छ। तसर्थ कलिलो उमेरमा नै पोषणको मात्रामा ध्यान दिनुपर्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै