Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महिनावारी सुक्ने समयमा यस्ता समस्या देखिन सक्छन

महिनावारी सुक्ने समयमा यस्ता समस्या देखिन सक्छन

महिलाको मासिक चक्र अर्थात महिनावारी जब स्थायी रूपमा रोकिन्छ त्यस पछि सन्तान उत्पादन गर्न असमर्थ रहन्छन । यस्तो अवस्थालाइ रजनोवृद्धि भन्ने गरिन्छ । सामान्यतया करिब ४५ दखि ५० वर्षको उमेरमा महिनावारी सुक्ने हुन्छ ।
महिनावारी सुक्ने बेलामा मासिकचक्रमा केहि परिवर्तनहरु आउँछन्। समयमा महिनावारी नहुने वा समय नपुग्दै महिनावारी हुने लगायतका विभिन्न समस्या देखिने गर्छ । महिनावारीमा क्रमिक रुपमा वा कतिपय अवस्थामा अकस्मात पनि रोकावट आउन सक्ने हुन्छ । यसरी मासिकचक्र निरन्तर रुपमा करिब १ वर्ष भन्दा बढि रोकियो भने त्यसलाई रजनोवृद्धि अर्थात मेनोपज भन्ने गरिन्छ।
यसलाई महिलाहरुको जीवनमा परिवर्तन भनेर समेत बझ्ने गरिन्छ। निरन्तर १ वर्ष सम्म रजस्वला रोकिएमा मात्र मेनोपज भएको मानिन्छ। कतिपय अवस्थामा ७, ८ महिना सम्म रोकिएर फेरि महिनावारी हुन जाने हुन्छ। यस्तो समस्या आउँदा चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ। रजनोवृद्धि पश्चात महिलामा विभिन्न प्रकारका शारीरिक एवंम मानसिक दुवै प्रकारका परिवर्तनहरु देखिन थाल्छन ।
महिनावारी सुक्ने बेलामा देखिने समस्या
यो महिलाको जीवनको यस्तो परिवर्तनीय समय हो र महिनावारी सुक्ने बेलामा हर्मोनमा समेत कमी आउन थाल्छ जसले गर्दा हड्डी खिइने र मासु पनि घट्दै जाने लगायत विविध किसिमका शारीरिक समस्याहरु निम्तिन सक्छन । यसका साथै निम्न समस्याहरु निम्तिन सक्छन।
शारीरिक शिथिलता आउने
बढी रिस उठ्ने
राती निद्रा नपर्ने
चिडचिडाहट हुने
सानो काम गर्दा पनि थकान महशुस हुने
बढी झर्किने
शरीरमा शक्ति कम हुने
बढी गर्मी महशुस हुने
तनाव हुने
शारीरिक सम्पर्कमा रुचि नहुने
महिनावारी सुक्नु भनेको महिला एउटा अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्नु हो त्यसैले पनि यो बेला हर्मोनको गडबढी हुने गर्छ । र यस्ता लक्षणहरु देखिने गर्छन । तर यस्ता लक्षणहरुलाई सामान्य रुपमा हेरेर स्विकार गर्नुपर्छ । कतिपय महिलाहरु आफूलाई निकै हिन भावनाले हेर्ने गर्छन । तर यसलाई बेलैमा बुझ्न जरुरी हुन्छ । यसरी प्रजननक्रियाको अन्त्य हुँदा विभिन्न प्रजनन अंग समेत हर्मोनले असर गर्ने गर्छ । प्रजनन शक्ति हराउने हुँदा महिलालाई खिन्न महशुस हुने गर्छ । तर यो नियमित चक्र हो भनेर बुझ्न जरुरी छ ।
महिनावारी सुक्ने बेलामा डिम्बग्रन्थी र गर्भाशय दुवैमा छय् हुँदै जाने हुन्छ। गर्भाशयमा घातक तथा प्राणघातक दुवै प्रकारका छयिकरण देखिदै जान सक्ने हुन्छ।
महिलाहरुमा मासिकचक्रमा आउने गडबडीका कारण डिम्बासय र स्तन क्यान्सर हुन सक्ने सम्भावना बढेर जान्छ । महिलाहरुमा महिनावारी रोकिएपछि मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस दीर्घरोग लाग्ने सम्भावना पनि बढेर जान्छ । समसामयिक समस्याको पहिचान र दीर्घकालीन जटिलताहरुलाई मध्यनजर गर्दै एक जोखिमको प्रमुख, कारण केहो जान्न जरुरी हुन्छ ।
कहिलेकाहीं सामान्य तवर भन्दा कम उमेरमै रजनोवृति आउन सक्ने हुन्छ। जसमध्ये धुमपान पनि प्रमुख कारक मान्ने गरिन्छ।

कसरी सावधानी अपनाउने
यो प्राकृतिक प्रकृया भएकाले यसलाइ ठुलो समस्याको रुपमा लिन हुँदैन । महिलाहरुले मेनोपज हुँदा आउने विभिन्न खालका समस्याहरुलाई बुझ्न र स्विकार्न जरुरी हुन्छ। तसर्थ यो हुनु भन्दा पहिला देखि नै शारीरिक व्यायाम गर्ने, शारीरिक रुपमा आफूलाई व्यस्त राख्ने , खानपानमा ध्यानदिने, पोषणयक्त खानेकुरा जस्तै दुध, माछा मासु पनिर, हरिया सागसब्जी फलफूल खाने गर्दा मानसिक तथा शारीरिक रुपमा पनि मेनोपजका लागि तयार हुन सकिन्छ। कतिपय अवस्थामा घरपरिवारको पनि सहायता आवश्यक पर्न जान्छ। जसले मेनोपजभएका महिलालाई हौशला प्रदान गर्छ। प्रोटिनयुक्त आहारले महिलाको महिनावारीसंग जोडिने जोखिमलाई कम गर्न मद्धत गर्छ ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या