Health TV Online
Health TV Online

मधुमेहले निम्त्याउँछ यस्ता समस्या

मधुमेहले निम्त्याउँछ यस्ता समस्या

के हो मधुमेह?
मधुमेह अर्थात् डायबिटिजलाई चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई डायबिटिज भनिन्छ।

रगतमा चिनीको मात्रा बढी भएपछि अधिक पिसाब लाग्ने, धेरै तिर्खा तथा भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। जसका कारण कडा खालका जटिलताहरू जस्तै मुटु तथा रक्तनलीका रोगहरू, स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने हुन्छ।

यो विशेषगरी हाम्रै खानपानका कारण निम्तिने हुने भएकाले रोकथामका लागि सजग हुन जरुरी छ। तर कतिपय अवस्थामा वशांणुगत कारणले पनि लाग्न जान्छ जसलाई रोक्न सकिँदैन। दैनिक खानपानमा सतर्कता अपनाउन सके यसलाई सामान्य रूपमा न्युनीकरण गर्न सकिन्छ।

बच्न के गर्ने?

मधुमेह हुन नदिन तथा यसको उपचारका लागि स्वास्थकर भोजन सेवन गर्ने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरूबाट टाढै रहने गर्नुपर्छ। मधुमेहका बिरामीले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ। इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्। मोटोपन भएका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहीँ लाभदायक हुने गरेको छ। गर्भावस्थामा समेत मधुमेह देखिने गरेको छ। तर गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जान्छ।

मधुमेह हुन नदिन तथा यसको उपचारका लागि स्वास्थ्यकर भोजन सेवन गर्ने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरूबाट टाढै रहने गर्नुपर्छ। मधुमेहका बिरामीले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ।

लक्षणहरू

मधुमेहका रोगीहरूमा तौल घट्ने, धेरै पटक पिसाब लाग्ने, धेरै तिर्खा तथा भोक लाग्ने लगायत विभिन्न किसिमका लक्षण देखिन्छन्। यसका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छ। यसका साथै थकाइ लाग्ने, आँखा धमिलो देख्ने, टाउको दुख्ने, काटेका घाउहरू ढिलो निको हुने र छाला चिलाउने हुन्छ। यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भए आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन्छ।

यो रोग लागेका मानिसहरूमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिन्छ। धेरैजसो अवस्थाहरू मन्द खालका हुने हुनाले यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा लिइँदैन। मन्द खालका अवस्थाहरूमा आत्तिने, अप्ठेरो महसुस हुने, धेरै पसिना आउने, शरीर काँप्ने तथा खाना बढी रुच्ने हुन्छ। गम्भीर मधुमेह लागेका मानिसहरूमा अलमल हुने, व्यवहार परिवर्तन हुने, मुर्च्छा पर्ने, बेहोस हुने तथा कहिलेकाहीँ स्थायी रूपमा मस्तिष्कमा क्षति हुने जस्ता समस्या देखिने मात्र हाेइन बिरामीकाे मृत्यु नै हुन सक्छ।

मधुमेहबाट कसरी बच्ने?

मन्द खालको मधुमेह लागेका बेलामा रगतमा चिनीको अभाव भएमा धेरै गुलिया खानेकुरा खाएर वा चिनीको मात्रा बढी भएका पेयपदार्थ पिएर घरमै उपचार गर्न सकिन्छ। गम्भीर खालको अवस्थामा बिरामी बेहोश हुनसक्ने हुनाले नसाबाट ग्लुकोज दिएर वा ग्लुकागन हर्मोनको सुई लगाएर उपचार गर्नु पर्छ।

मधुमेहका केही रोगीहरूमा पटकपटक ‘डाइबिटिक केटोएसिडोसिस’ देखापर्न सक्छ। डाइबिटिक केटोएसिडोसिस भन्नाले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूमा गडबडी आएर वाकवाक लाग्ने, पेट दुख्ने, वान्ता हुने, सास फेर्दा एसिटोनको गन्ध आउने, गहिरो सास फेर्ने तथा गम्भीर अवस्थाहरूमा रोगीहरू अर्धचेत हुने गर्छन्।

‘हाइपरओस्मोलर नन्केटोटिक स्टेट’ मधुमेहका रोगीहरूमा बिरलै देखा पर्ने अवस्था हो। प्रायजसो दोस्रो प्रकारको मधुमेहमा देखिने यो अवस्था जलवियोजनका कारणले हुने गर्दछ।

सबै प्रकारका मधुमेहले लामो अवधिका जटिलता हुने जोखिम बढाउने हुन्छ। यस्ता जटिलताहरू धेरै वर्षपछि विकसित हुन्छ। तर रोग लागेर पनि समयमै रोग पहिचान हुन नसकेका रोगीहरूमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्न सक्छ। मधुमेहको मुख्य तथा पछिसम्म रहने जटिलता रक्तनलीहरूको क्षतिसँग सम्बन्धित हुन्छ। मधुमेहले मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिमलाई दुईगुणा बढाउँछ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा