Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पानी मात्र खाएर गरिने उपचार विधि : उपवास चिकित्सा

क्यान्सरसम्मकाे उपचार, तर गर्नुहुँदैन अाफूखुशी अभ्यास

पानी मात्र खाएर गरिने उपचार विधि : उपवास चिकित्सा

सामान्यतया उपचार भन्नेवित्तिकै हामी औषधि, सुई र शल्यक्रिया मात्र बुझ्छौँ। तर संसारमा यस्ता उपचारका विधि छन् जसमा न खाने औषधि प्रयोग गरिन्छ न त सुई वा शल्यक्रिया नै। यस्ता धेरै किसिमका औषधिविहीन उपचारका विधि छन्, जसलाई समग्र रूपमा प्राकृतिक चिकित्सा भनिन्छ।

प्राकृतिक चिकित्साका विभिन्न विधिहरूमध्ये एक महत्त्वपूर्ण र प्रभावकारी उपचार विधि उपवास चिकित्सा हो। जसमा पानीबाहेक केही नखुवाई उपचार विरामीको उपचार गरिन्छ। उपवास भन्नाले स्वेच्छाले पानी बाहेक केही पनि नखाएर निश्चित उदेश्यका साथ निश्चित अवधिका लागि बस्नुलाई जनाउँछ। धार्मिक तथा आध्यात्मिक उदेश्यका लागि मानिसले उपवासको अभ्यास सदिऔंदेखि गरिआएको पाइन्छ। हरेक धर्ममा यसको उल्लेख र अभ्यास भएको पाइन्छ।

आजको युगमा पनि उपवासको उत्तिकै माग छ र यो चिकित्सा विज्ञानको प्रभावकारी उपचार विधिको रूपामा विकास भइरहेको छ। उपवाससम्बन्धी विभिन्न प्रयोग, अनुसन्धानले प्रमाणित गरिसकेका छन्, उपवास शरीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वास्थ रहन सबैभन्दा सस्तो, सजिलो र प्रभावकारी विधि हो। यो लेखमा उपवासका केही उपचारात्मक र वैज्ञानिक पक्षका बारेमा जानकारी गराइन्छ।

शारीरिक र मानसिक विश्राम

हाम्रो आन्तरिक अंगहरू विशेषगरी पाचन प्रणालीले निरन्तर काम गरिरहेको हुन्छ। हामी सुत्दा अन्य अंगहरूले त केही मात्रामा विश्राम पाइरहेका हुन्छन् तर हामी पेटभरि खाएर सुत्छौँ र पाचन प्रणालीले रातभर पनि काम गर्न बाध्य हुन्छ। त्यसैले पाचन प्रणाली लगायत अन्य आन्तरिक अंगहरूलाई विश्राम दिन पनि उपवास अत्यन्त आवश्यक छ।

उपवासको समयमा शरीरको क्रियात्मक विश्राम मात्र नभएर मानसिक रूपमा पनि विश्राम गर्नुपर्ने भएकोले पूर्ण रूपमा शारीरिक र मानसिक विश्रामका लागि उपवास अत्यन्त आवश्यक छ। यसबाट पाचन प्रणालीसँग सम्बन्धित रोगहरू ग्यास्ट्राइटिस, अम्लपित्त, अल्सर, कब्जियत, पाइल्स, कोलाइटिस, इसिटेबल बबल सिन्ड्राेम सजिलै उपचार गर्न सकिन्छ।

उपवास आवश्यकता अनुसार एक दिनदेखि महिनौँ दिनसम्म पनि गर्न सकिन्छ। मैले सबैभन्दा लामो ४३ दिनको उपवास एक बिरामीलाई गराएको छु। सामान्यतया १०\१५ दिनको उपवास उपचारका लागि गरिन्छ तर लामो उपवास गर्दा विशेष ध्यान दिनुपर्छ।

शरीरको आन्तरिक सफाइ

बाह्य रूपमा प्रवेश गरेर होस् वा आन्तरिक रूपमा उत्पादन भएर शरीरमा विभिन्न किसिमका हानिकारक पदार्थ जम्मा भइरहेको हुन्छ। यी टक्सिकहरूको मुख्य स्रोत खाना हो। यी हानिकारक पदार्थहरूका कारण नै नसर्ने खालका प्राणघातक रोग लाग्ने गर्छन्। त्यसैले शरीरको आन्तरिक वातावरण सफा राख्नका लागि र शरीर पूर्ण रूपमा शुद्धिकरण गर्नका लागि उपवास अत्यन्त प्रभावकारी मानिन्छ।

सकिन्छ भने ६ महिनामा सकिदैन भने वर्षमा एक पल्ट लामो उपवास गर्न आवश्यक छ।

तौल कम गर्न

मोटोपनका कारण विभिन्न रोग लाग्न सक्छ भन्ने तथ्य त सबैलाई थाहा छ। आधुनिक निकृष्ट र अप्राकृतिक जीवनशैलीका कारण मोटोपन मुख्य समस्याका रूपमा देखिइरहेको छ। यसको नियन्त्रणका लागि विभिन्न विधिमध्ये उपवास एक सुरक्षित र प्रभावकारी विधि हो। विशेषगरी मोटोपनका कारण केही समस्या आएको छ भने, जस्तै– घुँडा खिइएको छ भने व्यायामको माध्यमबाट तौल घटाउन गाह्रो हुन्छ। त्यसैले मोटो अवस्थामा तौल घटाउन उपवास नै उपयुक्त विधि हो।

रोग प्रतिरक्षा क्षमतामा वृद्धि

उपवासको समयमा शरीरको आन्तरिक समस्या पूर्ण रूपमा मानसिक र शरीरिक विश्राम हुने हुने भएकाले रोग प्रतिरक्षा क्षमतामा वृद्धि हुन्छ। नियमित रूपमा उपबास वस्नाले शरीरको शद्धिकरण हुन्छ। शरीरमा भएको विकारको उपचार हुन्छ। शरीरभर रक्तसञ्चार सुधार हुन्छ। समग्र रूपमा सधैँ स्वास्थ, सुन्दर र आर्कषक देखिनका लागि यसले मद्दत गर्छ।

मानसिक शान्ति र आध्यात्मिक उन्नतिका लागि

उपवासको शरीरिक फाइदा मात्र नभएर भौतिक र अध्यात्मिक फाइदा पनि धेरै छन्। लामो उपवास पछि मन शान्त हुन्छ। शरीर स्वस्थ र दिमाग तीक्ष्ण हुन्छ जसले आध्यात्मिक अभ्यासका लागि सहयोग गर्छ।

क्यान्सर रोगमा उपवास

जापनी डाक्टरले सन् २०१६ मा गरेको अनुुसन्धानले क्यान्सरको उपचारमा एउटा क्रन्तिकारी सोच विकास गरेको छ। यसलाई अटोफेजी भनिन्छ। यो सिद्धान्त अनुसार जब हामी उपवास गर्छौँ तब शरीरले प्री क्यान्सर सेललाई नै मेटोवोलिज्म गरेर शक्तिमा परिवर्तन गर्दछ।

उनका अनुसार कम्तिमा वर्षमा २० दिन उपवास गरेमा शरीरका सम्पूर्ण क्यान्सर कोषलाई हटाउन सकिन्छ। उनले यो सिद्धान्तका लागि नोबेल पुरस्कार प्राप्त गरेको थिए। यो तथ्यबाट प्रमाणित हुन्छ कि उपवास बाट सम्पूर्ण नसर्ने खालका रोग र क्यान्सर समस्याबाट बच्न सकिन्छ।

कति दिनसम्म गर्ने उपवास?

उपवास आवश्यकता अनुसार एक दिनदेखि महिनौँ दिनसम्म पनि गर्न सकिन्छ। मैले सबैभन्दा लामो ४३ दिनको उपवास एक बिरामीलाई गराएको छु। सामान्यतया १०\१५ दिनको उपवास उपचारका लागि गरिन्छ तर लामो उपवास गर्दा विशेष ध्यान दिनुपर्छ।

सावधान!

व्यक्तिको स्वास्थ रक्षा र रोगीको उपचारका लागि उपवास अत्यन्त प्रभावकारी उपचार विधि हो तर यसको निश्चित नियम र विधि छ। १\२ दिनको उपवासबाहेक लामो वा उपचारात्मक उपवासका लागि प्राकृतिक चिकित्सकको निगरानीमा प्राकृतिक चिकित्सालयमा आवासीय रूपमा गर्नुपर्छ। यसको अभ्यास आफुखुशी गर्नुहुँदैन।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या