यस्ता बानीले बनाउँछ हड्डीलाई कमजोर

हेल्थ टिभी अनलाइन \काठमाडौं : हड्डीलाई बलियो राख्नका निम्ति भरपूर मात्रामा क्यालसियम र भिटामिन डी को आवश्यकता पर्दछ। आजभोलिको भागदौडपूर्ण जीवनशैलीले गर्दा मानिसहरुलाई आफ्नो खानपानमा ख्याल राख्ने समय नै नभएको अवस्था पाउन सकिन्छ । त्यही समय नभएकै कारणले गर्दा जुन चीज सहजै बजारमा उपलब्ध हुन्छ त्यही नै खान रुचाउँने गर्दछन् । बजारमा पाइने रेडीमेड, फास्टफुडको सेवन अधिक मात्रामा गरेको पाइन्छ। तर यस्तो खानाको सेवनले स्वास्थ्यमा कस्तो खालको प्रभाव पारिरहेको हुन्छ भन्ने विषयमा प्राय मानिस अज्ञात हुन्छन्। तर यस्ता अस्वस्थ खानपान र जीवनशैलीले हाम्रो हड्डिलाई नकरात्मक असर पुर्याइरहेको हुन्छा के कुराहरूले पार्दछ त हड्डिमा असर?
१. सोडियम युक्त खानेकुरा: बढी मात्रामा नूनको प्रयोग गर्नाले हड्डीलाई कमजोर बनाउँदै जान्छा हामीले सेवन गर्ने प्रत्येक २,३०० मिलीग्राम सोडियमले ४० मिलीग्राम क्यालसियमलाई नष्ट पार्दछ। बढी मात्रामा नुनको सेवन गर्ने व्यक्तिमा ओस्टियोपोरोसिस देखिने सम्भावना बढी हुन्छ, अर्थात हड्डी कमजोर हुने अवस्था जसमा हड्डि भाच्चिएर जान पनि सक्छ।
२. गुलियो सेवन: मिठाई भन्ने बित्तिक्कै मन नपर्ने व्यक्ति सायदै होलान्। तर, धेरै मात्रामा गुलियो सेवन गर्नाले पनि हड्डिलाई कमजोर बनाउँन सक्छा यसले रगतमा ग्लुकोजको मात्रालाई बढाएर हड्डिको फरमेसनमा बाधा पुर्याउँदछ ।
३. क्याफिनको सेवन: बढी मात्रामा क्याफिनको सेवन गर्नाले हड्डीको डेंसिटीलाई कम गराउँदछ। जति नै बढी यसको सेवन गरिन्छ, त्यति नै क्यालसियम नष्ट भएर जान्छ। त्यसैले अधिक मात्रामा यसको सेवन गर्नाले जटिलता निम्त्याउन सक्छ।
४. मदिरा सेवन: मदिरापानले शरीरमा क्यालसियम अवरोधकको रुपमा काम गर्दछ। साथ साथै यसले हड्डीको डेन्सिटी पनि कम गराउँदछ।
५. सोडाजन्य पदार्थको सेवन: बढी मात्रामा सोडा पिउनाले पनि हड्डीलाई कमजोर बनाउँदै जान्छ। यसको सेवन अत्याधिक मात्रामा गरियो भने यसले हड्डीको घनत्वलाई घटाएर ओस्टियोप्रोसिसलाई बढावा दिन्छ। यसको सेवनले हड्डीलाई गलाउँदै लिएर जान्छ।
एजेन्सीबाट :
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै