Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्पोर्टस् इन्जुरी के हो ? कसरी कम गर्न सकिन्छ ? यस्ता छन् डा सन्दीप भण्डारीका सल्लाह

स्पोर्टस् इन्जुरी के हो ? कसरी कम गर्न सकिन्छ ? यस्ता छन् डा सन्दीप भण्डारीका सल्लाह

हेल्थ टिभी अनलाइन \काठमाडौं : जति धेरै खेलकुद त्यति नै धेरै स्पोर्टस् इन्जुरी । जहाँ जहाँ खेलकुदको विकास भएको हुन्छ त्योसँगै खेलसँगै जोडिएर आउने विशेष गरी शरीरलाई चलाएर खेल्न पर्ने खेलमा स्पोर्टस् इन्जुरी अर्थात खेल खेल्दा लाग्ने चोटपटक पनि बढी हुने गर्छ । यसरी कुनै पनि खेल चाहे त्यो व्यावसायिक रुपमा खेलिने खेल होस् वा रुचिका लागि खेलिने खेल होस यसक्रममा लाग्ने चोटपटकलाई स्पोर्टस् इन्जुरी भनिन्छ । जहाँ जहाँ खेलको विकास भएको छ त्यहाँ स्पोर्टस् इन्जुरीबाट हुने जोखिम कम गर्न स्पोर्टस् मेडिसिनको पनि विकास भएको देखिन्छ ।

नेपालमा पनि स्पोर्टस् मेडिसिनकोबारेमा आजभोलि चर्चा हुन थालेको छ । जसका कारण खेलमा स्पोर्टस् डाक्टर तथा फिजियोथेरापिस्ट राख्ने चलन पनि बढेको छ । यो राम्रो पक्ष हो । स्पोर्टस् इन्जुरीमध्ये सबैभन्दा इन्जुरी हुने भनेकै घुुँडामा हो । त्यसपछि सोल्जर अर्थात काँध र एन्कलमा हुने गर्छ । दौडेर खेल्न पर्ने खेलमा विश्वभर नै बढी चोटपटक लाग्ने भनेकै खेलाडीको घुँडामा नै हो । त्यसैले धेरै खेलाडी घुँडाकै चोटपटक लिएर अस्पताल आउने गरेको पाइन्छ ।

खेलाडीलाई व्यवस्थापकले राम्ररी तयार पारेर मात्र मैदानमा पठाउन जरुरी हुन्छ । अर्को कुरा खेलाडी आफैले पनि खेल्नु अघि ‘वाम अप’ गर्ने, खेलको दौरानमै ‘ स्ट्रेचिङ’ गर्ने, आफूलाई प्रोटेक्टिभ बनाएर खेल्ने , डाइटमा ध्यान दिने गर्नुपर्छ । यसैगरी खेल सकिसकेपछि पनि ‘कुल डाउन’ एक्सरसाइजहरु गर्न जरुरी हुन्छ ।

यो त भयो कुनै पनि खेल खेल्दाखेरी लाग्ने चोटपटकको कुरा तर यसबाट कसरी बच्न सकिन्छ वा जोखिम कम कसरी गर्न सकिन्छ त भन्ने पनि बुझ्न जरुरी हुन्छ । कुनै पनि खेल चाहे त्यो प्रोफेसनल खेल होस् वा आफनो रुचिका लागि खेलिने खेल होस्, सो खेल्ने क्रममा सुरुमा यसका लागि तयार हुनुपर्छ । तयार हुने भनेको खेल्नका लागि मात्र हैन्। एउटा खेल खेल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । चोटपटक लाग्नुमा धेरै कारणहरु हुनसक्छन्। खेलखेल्नुभन्दा पहिले आफूले लगाउने लुगा ठिक छ की छैन्, जुत्ता आफुूलाई मिलेको छ की छैन् ? कुन खेल खेलिरहेको हो त्यस अनुसारका खेल्ने सामग्री ठिक छ छैनन्। सबै हेर्नुपर्ने हुन्छ । नेपालमा कतिपय अवस्थामा खेलाडीहरुले आफनो साइजभन्दा ठूलो वा सानो जुत्ता लगाएर पनि खेल खेलिरहेको देखिन्छ । त्यो उनीहरुको बाध्यता होला तर यसले गर्दा खेलाडीलाई कम्फर्टेबल फिल हुँदैन र त्यो अवस्थामा चोटपटक लाग्ने सम्भावना पनि बढी हुन्छ । यसैगरी क्रिकेट खेलिरहेको हो भने हेल्मेट ठिक छ की छैन्, घुँडालाई जोगाउन कस्तो प्रोटेक्टिभ मटेरियल लगाइएको छ भन्ने कुरा पनि याद गर्नुपर्छ ।

व्यावसायिक खेल प्रतियोगिताहरुमा खेलाडी देशलाई प्रतिनिधित्व गर्दै खेलिरहेको हुन्छन् त्यसबेला खेलाडीले आफनो दिलो ज्यान लगाएर खेलिरहेका हुन्छन्। खेल्ने बेला आफ्नो ज्यान भन्दा पनि देशलाई जिताउन पर्छ भन्ने सुरमा हुन्छन् खेलाडी । त्यसैले उनीहरुलाई व्यवस्थापकले राम्ररी तयार पारेर मात्र मैदानमा पठाउन जरुरी हुन्छ । अर्को कुरा खेलाडी आफैले पनि खेल्नु अघि ‘वाम अप’ गर्ने, खेलको दौरानमै ‘ स्ट्रेचिङ’ गर्ने, आफूलाई प्रोटेक्टिभ बनाएर खेल्ने , डाइटमा ध्यान दिने गर्नुपर्छ । यसैगरी खेल सकिसकेपछि पनि ‘कुल डाउन’ एक्सरसाइजहरु गर्न जरुरी हुन्छ ।

यसैगरी ध्यान दिंदादिंदै चोटपटक लागिहालेमा खेलाडीको तुरुन्त उचित उपचार हुन जरुरी हुन्छ । कुन प्रकारको चोट हो भन्ने कुरा पत्ता लगाउन गर्न सिटी स्क्यान, एमआरआई गर्नुपरेमा तुरुन्त गरेर कुन प्रकारको चोट हो सानो वा ठूलो ? उपचारमा गइहाल्न पर्छ । उनीहरु व्यावसायिक रुपमै खेलाडी भएकाले उपचारमा ढिलाई गर्दा उनीहरुको अर्को ठूलो खेल छुट्न सक्छ । त्यसैले यस्तो बेला अलि अलि दुखेको छ हो भनेर यत्तिकै छोड्न मिल्दैन । के गर्ने भन्ने कुरा तुरुन्त निदान गरिहाल्नुपर्छ । एक जना खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय एउटा गेमका लागि वर्षौदेखि तयारी गरेको हुन्छ । त्यसैले हामीले यस्ता कुरामा ढिलाई गरिंदिंदा उनीहरुको गेम छुट्न सक्ने मात्र हैन करिअरमै धक्का पुग्न जान्छ ।

मैले मेरै ओपीडीमा कयौं यस्ता खेलाडी हेरेको छु जसको समस्या तुरुन्त उपचार गरिदिएको भए यति धेरै समस्या हुन्नथ्यो । तर कयौं खेलाडी उपचारमा ढिला आएको पाइन्छ । नेपालमा अधिकांश खेलाडीहरुको इमिडियट उपचारबाहेक राम्रोसँग निदान भए जस्तो लाग्दैन। उनीहरुको चोटपटक लाग्दा बित्तिकै एमआरआई, सिटी स्क्यान गरिहाल्ने व्यवस्था गरिनु पर्छ । ताकी समस्या भएमा तुरुन्त शल्यक्रिया वा अन्य उपचार हुन सकोस् र समस्या नभए उनीहरु तुरुन्त खेलमा फर्किन सकुन। किन की उनीहरुको काम नै खेल खेल्ने हो । त्यही काम निदान र उपचार नभएका कारण रोकिन हुन्न । यस्तो सिस्टम हुन जरुरी छ । यसले खेलाडीलाई मात्र हैन्। देशकै लागि फाइदाजनक हुन्छ । यसबारेमा सम्बन्धित निकायले धयान दिन जरुरी छ । आज घुँडामा अलि अलि दुखेको मात्र छ भनेर बस्दा भोलि त्यो ठूलो समस्या भएर खेलाडीले खेल नै खेल्न नसक्ने हुनसक्छ त्यसैले यस्ता कुरामा लापरवाही गर्न हुँदैन्।

अहिले त धेरै खेलहरुमा फिजियोथेरापिस्ट, स्पोर्टस् डाक्टर राख्ने प्रचलन नि बढ्दो छ । यसले खेल खेल्दा हुने चोटपटकका कारण हुने जोखिमलाई पक्कै कम गर्न सहयोग पुर्याउँछ । यसैगरी म कायर्रत ह्रयाम्स अस्पतालमा पनि स्पोर्टस् मेडिसिनको डेडिकेटेट टिम नै छ । यो टिमले उनीहरुको समस्या पत्ता लगाई विलम्ब नगरी शल्यक्रिया लगायतका सेवा दिइरहेका छौं । अहिले नेपालमा सबै खालका स्पोर्टस् रिलेटेट इन्जुरीको उपचार गर्न सम्भव भइसकेको छ । जुन हामीले दिइरहेका पनि छाैं ।

नेपालमा पनि खेलकुदमा विकास भइरहेको छ योसँगै अब स्पोर्टस् इन्जुरी पनि बढ्ने अनुमान लगाउन सकिन्छ । त्यसैले खेल भएपछि यस रिलेटेट इन्जुरी हुनसक्छ यसलाई रोक्न त सकिन्न तर यसबाट हुने क्षतिलाई भने अवस्य कम गर्न सकिन्छ भनेर यसमा लगानी र ध्यान बढाउन आवश्यक देखिन्छ ।

ह्याम्स अस्पतालमा कार्यरत अर्थोपेडिक्स, स्पोर्टस् एण्ड जोइन्ट रिप्लेसमेन्ट सर्जन डा सन्दीप भण्डारीसँग कुराकानीमा आधारित :