अनिन्द्राको असर : उच्च रक्तचापदेखि मधुमेहसम्म

हेल्थ टिभी अनलाइन : अनिन्द्रा आफैँमा शारीरिक समस्या हो। यसले शारीरिक तथा मानसिक समस्या पनि ल्याउँछ। यी हुन् अनिन्द्राका असर–
मानसिक समस्या
अनिन्द्राले मानसिक समस्या निम्त्याउँछ। निरन्तरको अनिन्द्राका कारण स्मरण शक्तिसमेत कमजोर हुन्छ। अनिन्द्राको समस्याले चिडचिडाहट, बढी रिस उठ्ने जस्ता समस्या पनि निम्तिन्छ जसले जीवनशैली र दैनन्दिनमै अवरोध निम्तिन्छ। अनिन्द्राको समस्याले कुनै पनि काममा जाँगर नलाग्ने, जतिबेला पनि ‘झप्के निन्द्रा’ लागिरहने, भोक लाग्ने समस्या पनि आउँछ।
मधुमेह
अनिन्द्राले विभिन्न हानिकारक हर्मोन उत्पादन गर्छ। शरीरमा चिनीको मात्रा वृद्धि गर्छ। त्यसैकारण यस्तो समस्या भएका मानिस मधुमेहको उच्च जोखिममा हुन्छन्।
उच्च रक्तचाप
अनिन्द्राले रक्तचापलाई पनि अयिन्त्रित बनाउँछ। यसले उच्च रक्तचापको समस्या पनि निम्त्याउँछ। अनिन्द्राले मुटुरोगको जोखिम पनि बढ्छ।
पेटको समस्या
अनिन्द्राले पेटमा विभिन्न खालका समस्या निम्त्याउँछ। अनिन्द्राको समस्याले पाचन प्रक्रियालाई समेत सुस्त बनाउँछ। यसले अपच र पेटसम्बन्धी अन्य विभिन्न समस्या ल्याउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights