अनुहारको चाउरीपना हटाउन सबैभन्दा प्रभावकारी विधि हो बोटक्स : डा धर्मेन्द्र कर्ण
'बोटक्स गरेको तीनदेखि सात दिनमै चाउरीपना हट्न थाल्छ'

हेल्थ टिभी अनलाइन : हाम्रो उमेर बढेसँगै शरीरमा थुप्रै परिवर्तन एवम संकेतहरु देखिन थाल्छन्। कपाल फुल्न थाल्नु, आँखा धमिलो देख्दै जानु तथा अनुहारमा चाउरीपन देखिन थाल्नु यसका संकेत हुन्। यो प्राकृतिक नियम पनि हो । सबैको जीवनमा यो समय आउँछ नै । तर केही व्यक्तिहरुमा भने उमेर अगावै पनि अनुहारमा चाउरी वा रिंकल देखिन थाल्छ । यसमा कतिपयको पातलो र बढी संवेदनशील छाला भएमा यो समस्या छिटो देखिन सक्छ । यी दुबै समस्या आउनै नदिनका लागि वा अलि ढिलो गर्नका लागि सुरुदेखि नै छालाको हेरचार र विशेष सावधानी अपनाउन सकिन्छ । तर यसलाई सम्पूर्ण रुपमा रोक्न भने सकिंदैन । त्यसका लागि भने विज्ञानले विभिन्न प्रविधिहरुको विकास गरेको छ । त्यस्तै प्रविधिमध्ये चाउरी तुरुन्त हटाउन अत्यन्त प्रभावकारी विधि हो ‘बोटक्स’ ।
बोटक्स चाउरीपना हटाउनका लागि धेरै समयअघि देखि विश्वभर नै चलनचल्तीमा रहेको प्रभावकारी कस्मेटिक उपचार पद्धति हो। यो इन्जेक्सनको माध्यमबाट छालामा लगाइने गरिन्छ । तर इन्जेक्सन नै भए पनि निडल अत्यन्त सानो हुने भएकाले यो लगाउने बेलामा दुखाई भने हुँदैन्। नेपालमा पनि पछिल्लो समय बोटक्स लगाउनेको संख्यामा वृद्धि भएको छ । सौेन्दर्यसँग जोडिने भएकाले पनि विशेषगरी यो महिलाहरुले बढी प्रयोग गर्छन्। यद्यपि इन्टरटेन्टमेन्ट इन्डस्ट्रीमा काम गर्ने पुरुषहरूले पनि बोटक्स लगाउने गरेको पाइन्छ। उपचार गरेको तीन दिन सात दिनमै चाउरीपना हट्ने हुँदा यो विधि धेरैको रोजाइमा परेको छ। बोटक्स लगाएको तीन दिनदेखि एक सातामा यसले काम गर्छ र सुई दिइएको भागमा बिस्तारै चाउरीपना हट्दै जान्छ। तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बोटक्स नै हो। नेपालमा पनि धेरै जसो घरमा कसैको विवाह व्रतबन्ध वा अन्य कुनै कार्यक्रम भएका बेला बोटक्स गर्ने प्रचलन बढ्दो छ । त्यसैले विवाहको सिजनमा बोटक्सका लागि पालो नै कुर्नुपर्ने अवस्था आउँछ । यसका लागि न त धेरै समय नै लाग्छ, न त कुनै झन्झट । १० देखि १५ मिनेटमै बोटक्सको सम्पूर्ण उपचार सकिन्छ। चाउरीपना पनि तुरुन्त हट्न थाल्छ।
बोटक्स चाउरीपना हटाउनका लागि धेरै सयमअघि देखि विश्वभर नै चलनचल्तीमा रहेको प्रभावकारी कस्मेटिक उपचार पद्धति हो। यो इन्जेक्सनको माध्यमबाट छालामा लगाइने गरिन्छ । तर इन्जेक्सन नै भए पनि निडल अत्यन्त सानो हुने भएकाले यो लगाउने बेलामा दुखाई भने हुँदैन्। नेपालमा पनि पछिल्लो समय बोटक्स लगाउनेको संख्यामा वृद्धि भएको छ । सौेन्दर्यसँग जोडिने भएकाले पनि विशेषगरी यो महिलाहरुले बढी प्रयोग गर्छन्। यद्यपि इन्टरटेन्टमेन्ट इन्डस्ट्रीमा काम गर्ने पुरुषहरूले पनि बोटक्स लगाउने गरेको पाइन्छ। उपचार गरेको तीन दिनदेखि सात दिनमै चाउरीपना हट्ने हुँदा यो विधि धेरैको रोजाइमा परेको छ।
बोटक्स एक किसिमको केमिकल हो। यसले शरीरमा मांसपेशी र नशाबीच चलायमान हुने कामको सम्बन्धलाई छुट्याइदिन्छ, जसले गर्दा मसल खुम्चिन र तन्किन बन्द हुन्छ। त्यसैले बोटक्स लगाएको भागमा छाला खुम्चिन पाउँदैन। कुन भागमा बोटक्स लगाउने हो त्यसको सही पोइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ। खासगरी अनुहारमा बोटक्स गरिन्छ। निधारमा देखिने मसिना फाइन लाइनदेखि चिउँडो, आँखा वरिपरी बोटक्स गरिन्छ। नाकको वरिपरी, घाँटीमा पनि बोटक्स गरिन्छ। कति चाउरीपना छ, कुन कुन अंगको चाउरीपना हटाउने हो, त्यसअनुसार यसको उपचार खर्च निर्धारण गर्छ।
लगाएको तीन देखि ६ महिनासम्म यसको असर रहिरहन्छ। त्यसपछि भने पहिलेकै जस्तो अवस्थामा आउँछ भने कतिपयको अलि कम पनि हुन्छ । तर बोटक्सको काम सकेपछि यसले रिंकल अझ बढी हुने भन्ने चाहिं हुँदैन । हुन त अनुहारमा आएको चाउरीपना हटाउन पिलिङ ‘लेजर’ हाइड्रोफेसियल लगायतका अन्य उपचार विधि पनि छन्, जसले अनुहारको चाउरीपना हटाउनेदेखि चमक ल्याउनेसम्मका काम गर्छन्। यो लामो समयसम्म गर्न पर्छ । त्यसैले धेरैले झन्झट मान्ने गर्छन्।
बोटक्सको कुनै पनि साइड इफेक्ट नभएका कारण पनि जोकोही चाउरीपना हटाउन यसलाई नै रोज्ने गर्छन्। यसलाई लगाउन १० देखि १५ मिनेट जति लाग्छ । जुन अफिसको ब्रेक टाइममा पनि गर्न सकिन्छ । त्यसका लागि छुट्टै आराम गर्नुपर्ने त्यस्तो केही हुँदैन । बोटक्स गरेको ३ \४ घण्टा निहुरिएर काम नगर्न सल्लाह दिन्छौं भने एक सातासम्म फेसियल नगर्न । यसबाहेक अन्य कुनै सावधानीको समेत जरुरी पर्दैन । १८ वर्ष पुगेका र अनुहारमा चाउरी देखिन थालेका जोकोहीले यो बोटक्स गर्न मिल्छ । तर सामान्यता ३५ काटेपछिकाले बढी मात्रामा लगाउने गर्छन । ३५ काटेपछि नै सामान्यतया रिंकल देखिन थाल्ने हुनाले पनि यो उमेर समूहका धेरै आउँछन् भने ६० देखि ८० वर्षका महिलाहरु पनि आउने गर्छन्। उनीहरुलाई विशेष गरेर छोराछोरीहरुले लिएर आउने गर्छन्। यसको असर ६ महिनासम्म रहने भएकाले वर्षको २ पटक मात्र लगाएर आफनो पूरै रिंकल हटाउन सकिन्छ ।
बोटक्स प्रभावकारी विधि त हो तर यो दक्ष र विशेष तालिमप्राप्त चिकित्सकसँग मात्रै लगाउनुपर्छ । विज्ञापनको भरमा बोटक्स लगाउन जानु राम्रो होइन । बोटक्स लगाउँदा आफनो डाक्टरकोबारेमा राम्ररी बुझेर मात्र लगाउनुपर्छ । बोटक्स सेवा बानेश्वरस्थित ‘क्युटिस केयर’ मा नियमित हुँदै आएको छ । क्युटिस केयर
प्रस्तुती : कल्पना आचार्य
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights