के हो ग्यास्ट्रिक ? कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन : पेटका विभिन्न रोगहरूमध्ये ‘ग्यास्ट्रिक’ पनि एक हो। ‘हाइड्रोक्लोरिक एसिड’ले हामीले खाएको खानेकुरालाई पचाउँछ। तर जब हाम्रो आमाशयमा चाहिने भन्दा बढी हाइड्रोक्लोरिक एसिड जम्मा हुन्छ, त्यसपछि ग्यास्ट्रिक हुन्छ।
के हो ग्यास्ट्रिक ?
पेटरोग हाम्रो पाचन प्रणालीअन्तर्गत पर्छ। पाचन प्रणाली मुखबाट सुरु हुन्छ त्यसपछि निल्ने नली हुन्छ र आमाशयमा सानो र ठूलो नली भएर सकिन्छ। पाचन प्रणालीमा कलेजो, फियो र प्याञ्क्रियाज जस्ता ग्ल्याण्ड पनि हुन्छ। हाइड्रोक्लोरिक एसिड आमाशयमा धेरै भएपछि धेरै किसिमको असर हुन्छ र त्यसमध्येको एक किसिमको असर ग्यास्ट्रिक हो।
कस्ता व्यक्तिलाई हुन्छ ?
आमाशयमा खाना पचाउने एसिड हुन्छ। यसमा समस्या र सामान्य पाचन प्रक्रियामा समस्या देखिँदा ग्यास्ट्रिक हुन्छ। ‘हेलिकोब्याक्टर पाइलोरी’, एक किसिमको किरा हो जुन ग्यास्ट्रिक हुनुको मुख्य कारण हो। समयमा नखाने, चिल्लो पिरो बढी खाने, रक्सी खाने, चुरोट बढी खाने व्यक्तिलाई ग्यास्ट्रिक हुन्छ।
आमाशयमा खाना पचाउने एसिड हुन्छ। यसमा समस्या र सामान्य पाचन प्रक्रियामा समस्या देखिँदा ग्यास्ट्रिक हुन्छ। ‘हेलिकोब्याक्टर पाइलोरी’, एक किसिमको किरा हो जुन ग्यास्ट्रिक हुनुको मुख्य कारण हो। समयमा नखाने, चिल्लो पिरो बढी खाने, रक्सी खाने, चुरोट बढी खाने व्यक्तिलाई ग्यास्ट्रिक हुन्छ।
ग्यास्ट्रिकको लक्षण
साधारण पेट दुख्नेदेखि लिएर ठूलो लक्षणसम्म पनि हुन्छ मुख र दिसाबाट रगत आउने हुन्छ। नाइटोभन्दा माथिल्लो भाग दुख्ने, वाकवाकी आउने, खाना रुचि कम हुने, मुखमा अमिलो पानी आउने र डकार आउनेजस्ता समस्या देखिन्छन्। दिसा, बान्तामा रगत आउने, कालो दिसा आउनेजस्ता समस्या पनि ग्यास्ट्रिकको लक्षण हो।
बच्न के गर्ने ?
चुरोट, रक्सी नखाने, समयमा खानपान गर्ने, काम, आराम गर्ने समय व्यवस्थित गरे ग्यास्ट्रिक धेरै मात्रामा कम हुन्छ। अमिलो, पिरो, पोलेको, तारेको खानेकुरा नखाँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ।
के खाने, के नखाने
पहिलो त जिब्रोको लागि नभएर शरीरका लागि खानुपर्छ। कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्सहरू मिलाएर खानुपर्छ। पोलेको, तारेको, भुटेको खानेकुरा नखाने बानी बसाल्नुपर्छ। नियमित रूपमा र सादा खानेकुरा मात्र खाने गर्नुपर्छ। फलफूल, सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ।
उपचार
ग्यास्ट्रिक कुन चरणमा छ, यसको अवस्था हेरेर उपचार गरिन्छ। सुरुको चरणमा छ वा अल्सर नै भइसकेको यकिन गर्नुपर्छ। साधारण अवस्थाको ग्यास्ट्रिक खानपानमा ध्यान दिएर र जीवनशैली बदलेर निको पार्न सकिन्छ। ग्यास्ट्रिक कम गर्न ‘प्यान्टोप्राजोल’, ‘ओमेप्राजोल’, ‘रानिटेरिन’ जस्ता औषधि खान सकिन्छ तर, ग्यास्ट्रिक भएको यकिन भएपछि मात्र।
ग्यास्ट्रिक हो या होइन भनेर यकिन गर्नको लागि रगत, पिसाब, दिसा जाँच्ने, पेटको भिडियो एक्स–रे गर्नुपर्छ।, अल्सर अथवा क्यान्सर भएको छ वा छैन भनेर बुझ्न ‘इन्डोस्कोपी’ गरेपछि कस्तो औषधी खाने भनेर चिकित्सकसँग सल्लाह लिन सकिन्छ।
वरिष्ठ पेटरोग विशेषज्ञ डा भुपेन्द्र बस्नेतसँग कुराकानीमा आधारित :
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights