शिरोधारा : तनावबाट छुटकारा पाउने उत्तम माध्यम

हेल्थ टिभी अनलाइन : शिरोधारा एउटा यस्तो उपचार पद्धति हो जसले मानिसको सुन्दरता बढाउन मात्र होइन शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्छ। शिरोधारा संस्कृत शब्द शिरस् र धाराबाट बनेको हो। शिरस् भनेको टाउको र धारा भनेको केही तरल वस्तु बगाउनु हो। यसरी शिरमा तेलको धारा खसाल्नुलाई शिरोधारा भनिन्छ। यसमा औषधियुक्त तेलको माध्यमबाट मसाज गरिन्छ ।
शिरोधारा जडीबुटी मिश्रित तेलका माध्यमबाट मसाज गर्ने एक तरिका हो। यसका लागि विशेष किसिमको तेल प्रयोग गरिन्छ । शिरोधारामा तेलको सट्टा दूध या मही पनि प्रयोग गर्न सकिन्छ । यसमा जडिबुटीहरु हालेर विशेष तेल बनाइन्छ । ठूलो एउटा भाँडामा तेल राखिन्छ जसको बिच भागमा प्वाल हुन्छ। त्यही प्वालबाट निस्कने तेललाई व्यक्तिको निधारको बिच भागमा पारिन्छ । यो तेल मनतातो हुनुपर्छ। निधार र टाउकोमा यस्तो तेल लगभग ४५ मिनेट सम्म खसालिन्छ।
शिरोधाराबाट के लाभ हुन्छ ?
अहिलेको भागदौडको जीवनमा मानिसमा धेरै नै तनाव रहिरहन्छ। यस्तै तनावबाट छुट्कारा पाउन शिरोधारा अति उत्तम माध्यम हो । यो एक किसिमको मेडिटेसन पनि हो। यसले तेल भित्रसम्म गएर कपाल र नर्भ सिस्टमलाई सहज बनाउँछ। शिरोधाराले सुख्खा कपाललाई चमकदार र मजबुत बनाउन पनि मद्दत गर्छ। यसले डिप्रेसनको समस्या पनि कम गर्छ ।
शिरोधाराको बेला टाउकोमा झर्ने तेल को धाराबाट एक निश्चित मात्रामा कम्पन निस्कन्छ जसले शरीरका विभिन्न अंगहरु लाई क्रियाशील बनाइदिन्छ। शिरोधारा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। मानसिक तनाव, टाउको दुख्ने, माइग्रेन र निद्रा नलाग्ने जस्ता समस्यामा शिरोधारा उपयोगी मानिन्छ।
कपाल झर्नबाट रोक्छ।
तनाव कम गर्न मद्दत गर्छ।
माइग्रेन समस्या कम गर्छ।
उच्च रक्तचाप कम गर्न मद्दत गर्छ।
निद्रा नलाग्ने समस्या कम गर्छ।
शरीरमा स्फूर्ति पैदा गर्छ।
शिरोधारा हेर्दा जति सरल देखिन्छ, त्यति हुँदैन। यसका लागि विशेषज्ञबाट नै शिरोधारा मसाज गराउनुपर्छ। किनकी कहिलेकाही गलत ढंगबाट गरिएको मसाजले नर्भ सिस्टमलाई असर गर्न सक्छ। सही स्थान र विशेषज्ञ बाट शिरोधारा मसाजले शरीरलाई फाइदै फाइदा गर्छ ।
प्राकृतिक चिकित्सक डा प्रार्थी गुरुवाचार्यसँग कुराकानीमा आधारित :
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights