अव्यवस्थित जीवनशैलीका कारण बढ्दैछन् यी रोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो अव्यवस्थित जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, थाइराइड, मिर्गौला रोग जस्ता रोग दिनप्रतिदिन बढ्दो रूपमा छन्। मधुमेह विश्वकै टाउको दुखाइ बनेको छ। भारतलाई त ‘क्यापिटल सिटी अफ डाइबेटिज’ भनिन्छ। त्यो अवस्था चाँडै हाम्रोमा नआउला भन्न सकिँदैन।
पहिलेपहिले विश्वमा क्यान्सरबाट धेरै मानिस ज्यान गुमाउँथे। अहिले मधुमेहबाट डराउनुपर्ने अवस्था छ। किनभने यो रोगका कारण हुने जटिलता मृत्यु त्यही अनुपातमा बढेको छ। मधुमेह बढ्नुमा ठ्याक्कै एउटा मात्र कारण हुँदैन। विशेषतः लामो समयसम्म रहिरहने तनावले मानिसहरूमा मधुमेह बढिरहेको छ। यति मात्र होइन, जताततै भागदौड र प्रतिस्पर्धा छ। तर, पर्याप्त शारीरिक गतिविधि छैन। ‘अफिस वर्क’का कारण शरीरलाई आवश्यक व्यायाम पुग्दैन। त्यसमाथि खानपानको ‘सेड्युल’ पनि हुँदैन।
कतिपयको बिहानैदेखि ‘ड्युटी’ हुन्छ। बाध्य भएर बाहिरको खाना खानुपर्छ। बाहिरको खाना घरमा बनाएजस्तो स्वस्थकर हुँदैन। रेस्टुँराको बढी चिल्लो र मसलायुक्तमात्र होइन कतिपय स्थानमा त अखाद्य वस्तु पनि मिसाइएका हुन्छन्। यस्ता भोजनले पनि मधुमेह र मोटोपनलाई बढावा दिइरहेको छ। जंक फुडले रोगलाई बढाउन मद्दत गरेको छ। लामो समयसम्म बाहिरको खाना खाँदा मोटोपन बढ्नेलगायत अनेक समस्या उत्पन्न हुन्छ।
विविध कारणले शरीरमा ‘स्ट्रेस हर्मोन’ उत्पन्न हुन्छ। यो हर्मोनले इन्सुलिनलाई काम गर्न दिँदैन। इन्सुलिनको काम कोषिकामा रगत पुर्याउनु हो। ग्लुकोजलाई शक्तिमा बदल्ने काम इन्सुलिनले गर्छ। तर यो हर्मोनले काम गर्न दिँदैन। अर्थात् इन्सुलिनविरुद्ध काम गर्छ। यसले मधुमेह उत्पन्न गराउँछ। अव्यवस्थित जीवनशैली त छँदैछ, ।
मधुमेहका कारण उच्च रक्तचाप, मुटरोग, आँखामा समस्या, मिर्गौला रोग पनि बढिरहेको छ । किनकी मधुमेह धेरै रोगको कारक मानिन्छ ।
त्यसैले मधुमेह मात्र होइन शारीरिक र मानसिक दुःख निम्त्याउने जटिल रोग बढ्न नदिन नियमित शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, तनावमुक्त रहने गर्नुपर्छ। यदि रोग लागिहाले नियन्त्रणका उपाय अपनाउनुपर्छ। त्यसका लागि आफ्नो चिकित्सकको सल्लाह लिनुपर्छ। विशेषज्ञको सल्लाह बमोजिम औषधि सेवन गर्ने हो भने मधुमेह सही घेरामा राख्न सकिन्छ । र अन्य रोगहरु लाग्नबाट पनि बच्न सकिन्छ ।
यी रोगहरुबाट बच्न जीवनशैली परिवर्तन जरुरी भइसकेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights