‘क्यान्सर बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखिनुपर्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : यतिबेला कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेको छ । जसका कारण सबैको ध्यान कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रित भएको छ । एकातिर कोरोनाको त्रास त छँदैछ अर्कातिर पहिल्यैदेखि भइरहेका क्यान्सर, मुटु, मिर्गौला जस्ता दीर्घरोगका बिरामीहरु अझ उच्च मारमा परेका छन्। कतिपय बिरामीलाई तत्कालै उपचार चाहिने भए पनि कोरोना संक्रमणको डरका कारण र महामारी नियन्त्रण गर्न गरिएको बन्दका कारण अस्पतालसम्म समयमै जान सकिरहेका छैनन्। जसका कारण रोगको जटिलता बढ्दै गइरहेको छ ।
नेपालमा पनि कोरोनाको दोस्रो वेभ आएपछि वैशाख १६ गतेदेखि लकडाउन गरिएको छ । यो बेला क्यान्सरका बिरामीले के गर्ने के नगर्ने ? आफूलाई कसरी स्वस्थ र सुरक्षित राख्ने ? साथै कोरोना विरुद्धको खोप लिने की नलिने जस्ता विषयमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठसँग गरिएको कुराकानी :
अर्को कुरा क्यान्सरका बिरामीमा रोगसँग लड्ने क्षमता कम हुने कुरा सबैलाई विधितै छ । विभिन्न अध्ययनहरुले पनि क्यान्सरका बिरामीमा कोरोना संक्रमण भएमा जटिलता र मृत्युदर बढी हुन्छ भनेर देखाइसकेका छन्। त्यसैले यस्ता बिरामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ । सरकारले पनि क्यान्सरका बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिन जरुरी छ ।
यति बेला नेपालमा कोरोनाको दोस्रो वेभका कारण देशभर लकडाउन गरिएको छ । जसका कारण धेरै जना क्यान्सरका बिरामी अस्पतालसम्म आउन पनि सकेका छैन्। जसका कारण कोरोना महामारी शुरु भएपछि आउने क्यान्सरका बिरामी र त्यसभन्दा अघि आउने बिरामीमा धेरै नै फरक देखिन थालेको छ । अहिले अस्पताल आउने भनेको अत्यन्त अप्ठेरो भएपछि र सहनै नसक्ने भएपछि मात्र आउने धेरै छन्। जसका कारण लास्ट वा एडभान्स स्टेजमा आउने क्यान्सरका बिरामी बढेका छन्। यसले धेरै वर्ष लगाएर गरेको मिहिनेत खेर जाने देखिएको छ । जनचेतना भए पनि संक्रमणको डरका कारण बिरामी आउन छोड्नु विडम्वना हो । हामीले अस्पताल खोले पनि बिरामी आउन सकिरहेका छैनन्। क्यान्सर यस्तो रोग हो जुन केही दिन मात्र पनि उपचारमा ढिलाई हुँदा यसको परिणाममा फरक पर्न जान्छ र जटिलता बढ्न सक्छ । त्यसैले पनि क्यान्सरका बिरामीले डराएर घरमै बस्ने भन्दा पनि चिकित्सकको सल्लाह अनुसार जनस्वास्थ्यका मापदण्ड पालान गर्दै उपचारमा जान जरुरी हुन्छ । कोरोनासँग डराएर बस्दा क्यान्सरले जटिलता निम्त्याउने मात्र हैन् ज्यानै जानसक्छ भन्ने कुरा पनि बिर्सन हुँदैन्।
अर्को कुरा क्यान्सरका बिरामीमा रोगसँग लड्ने क्षमता कम हुने कुरा सबैलाई विधितै छ । विभिन्न अध्ययनहरुले पनि क्यान्सरका बिरामीमा कोरोना संक्रमण भएमा जटिलता र मृत्युदर बढी हुन्छ भनेर देखाइसकेका छन्। त्यसैले यस्ता बिरामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ । सरकारले पनि क्यान्सरका बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिन जरुरी छ । यसरी प्राथमिकतामा राख्दा क्यान्सरको उपचार गराइरहेकालाई पहिलो र निको भएकालाई दोस्रो प्राथमिकतामा राख्न सकिन्छ ।
अहिले धेरै क्यान्सरका बिरामीले कोरोना विरुद्धको खोप लिने की नलिने भन्ने विषयमा कन्फ्युज भएको देखिन्छ । क्यान्सरका बिरामीले आफूलाई जटिलता हुनबाट जोगिन खोप लगाउनु पर्छ । यसमा द्धिविधामा पर्न पर्दैन । तर खोप लगाउनुअघि एकपटक आफनो उपचार गरिरहेको चिकित्सकको परामर्श भने लिन आवश्यक हुन्छ । क्यान्सरका केही अवस्थाबाहेक सबै क्यान्सरका बिरामीले खोप लिन मिल्छ यसले हानी गर्दैन । बोन म्यारो टन्सप्लान्ट गरेको ३ देखि ६ महिनासम्म यो खोप नलिन सुझाव दिइन्छ । त्यसैगरी केमोथेरापी दिएका बेला ह्वाइट ब्लड सेल कम भएको छ भने त्यस अवस्थाका बिरामीलाई पनि केही दिन खोप नलिन सल्लाह दिइन्छ । अन्यथा सबै अवस्थामा कोरोना विरुद्धको खोप लिन मिल्छ तर चिकित्सकको सल्लाह लिएर मात्र । सरकारले क्यान्सर लगायतका दीर्घ रोगीलाई खोपको प्राथमिकतमा राखेको भए पनि उमेर तोकेकाले समस्या भएको र सबै क्यान्सर रोगीले खोप लिन पाएका छैनन्। क्यान्सरका बिरामीमा खोप लिन उमेर तोकिन हुँदैन्।
पहिला नै मधुमेह भएका, उच्च रक्तचाप, मिर्गौला रोग भएका क्यान्सरका बिरामीमा झनै कोरोनाको जोखिम बढी हुन्छ । यस्ता व्यक्तिहरुले सकेसम्म आफूलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, चिकिस्तकसग नियमित सम्पर्कमा रहने र सल्लाह लिने गर्न जरुरी हुन्छ । कोरोना महामारी भए पनि आफनो रोगको जटिलतालाई हेरेर स्वास्थ्य मापदण्ड पालना गर्दै उपचारमा जाँदा पछि हुने जटिलताबाट बच्न सकिन्छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै