जाडोमा आगो ताप्नुहुन्छ ? अपनाउनुस् यस्तो सावधानी

हेल्थ टिभी अनलाइन : जाडोको समयमा आगोले पोल्ने वा शरीर नै जल्ने घटना अत्यधिक हुन्छ। यसबाट बच्न र प्राथमिक उपचारका लागि ध्यान दिनुपर्ने कुराहरू–
न्यानो रहन बाक्ला लुगा लगाउने र ओढ्ने गर्नुस्। जाडोमा आगो ताप्नै परे नजिक नबस्नुस्। आगो ताप्ने क्रममा खुकुलो लुगा नलगाउनुस्। बच्चा नबोक्नुस्। आगो बाल्दा मट्टितेल, पेट्रोल आदि नखन्याउनुस्।
फोहोर र प्लाष्टिक कागज आदि पदार्थलाई उचित तरिकाले विसर्जन गर्नुस्। यी वस्तु पोल्दा वा डढाउँदा प्रदूषण हुने मात्र नभई पोल्न पनि सक्छ। आगो, तातोपानी र अन्य तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्नुस्।
भुईँभन्दा अग्लो तहमा खाना पकाउने गर्नुस्। खाना पकाउँदा बच्चा नबोक्नुस्। कपाल र कपडा सपक्क बाँध्नुस्। छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउनुस्।
काम सकिएपछि आगो तुरुन्तै निभाउनुस्। ग्यास चुलो, पाइप र सिलिण्डरको नियमित जाँच गर्ने अनि काम सकिए पछि रेगुलेटर बन्द गर्न कहिल्यै नभुल्नुस्।
ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गरिहाल्नुस्। ग्यास लिक हुँदा सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा विस्फोट हुनसक्ने हुँदा यसो नगर्नुस्।
हावा राम्ररी आवतजावत नहुने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्नुस्। हिटर निभाएर मात्र सुत्ने गर्नुहोस्।
आगोले पोलिहाले
आत्तएिर दौडिनु हुँदैन। यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस्। अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।
आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नुस्। त्यस पछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुनुस्।
घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुस्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights