यस्ता छन् बदामका अनेक फाइदा

हेल्थ टिभी अनलाइन : बदाम अर्थात् आलमण्ड सानो भए पनि यो फल असाध्यै बहुगुणकारी छ। बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ। यसले रोगसँग लड्ने षमता बढाउन मद्दत गर्छ ।
यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ। छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्त्वहरूले मस्तिष्क ताजा राख्न समेत मद्दत गर्छ।
अघिल्लो दिन रातभर भिजाएको बदाम बिहान नियमित रूपमा खुवाउँदा साना नानीहरूको दिमाग तेज हुन्छ। यो प्रयोग वयस्क व्यक्तिमा पनि गर्दा त्यतिकै फाइदा पुराउँछ ।
बदामले मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ। विभिन्न अध्ययनहरुका अनुसार सातामा पाँच दिन बदाम खानेहरूलाई नखानेको तुलनामा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ। बदाममा भएका भिटामिन ईले ‘एन्टी अक्सिडेन्टल’को रूपमा काम गर्छ। यसले मुटुका अन्य रोगहरू हटाउन पनि मद्दत गर्छ ।
बदाममा भएका तत्त्वले मधुमेहजस्ता रोगलाई नियन्त्रण गर्न पनि फाइदा पुर्याउँछ। नियमित रूपले बदाम सेवन गर्नाले मधुमेहसँग लड्नसक्ने क्षमता वृद्धि हुन्छ।
बदाममा हुने अधिक मात्राको पोटासियमले शरीरको रक्तसञ्चार सहज पार्न र प्रत्येक अंगमा अक्सिजन पुर्याउन मद्दत गर्छ। यसले हरेक अंगलाई सामान्य रूपले काम गर्न सहयोग पुर्याउँछ।
बदाममा क्याल्सियमको मात्रा अधिक हुन्छ। क्याल्सियम हड्डीका लागि महत्त्वपूर्ण तत्त्व हो। यसको सेवनबाट ओस्टियोपोरोसिस रोग लाग्ने खतरा पनि कम हुन्छ। बदाम सेवनले दाँतलाई समेत फाइदा गर्छ।
बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ। यसले पाचन प्रक्रिया चुस्त राख्नुका साथै कोलोन क्यान्सर हुने खतराबाट धेरै हदसम्म जोगाउँछ।
बदाममा अन्य धेरै प्रकारका सुक्ष्म पौष्टिक तत्व हुन्छन्,जसले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन् र रोगसँग लड्न सक्ने शक्ति पैदा गर्छन । त्यसैले सकेसम्म नियमित ४ \५ दाना बदाम खान आवश्यक छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights