यी नराम्रा बानी : जसले राेगी बनाउँछ, आयु छोट्याउँछ

स्वस्थ रहौँ, दीर्घजीवी बनौँ भन्ने चाहना नहुने को होलान्? सबैलाई स्वस्थ भएर वर्षौँवर्ष बाँच्ने मन हुन्छ। तर जानी नजानी गरेका गल्तीले हामीलाई रोगी बनाइदिन्छ र चाँडै मृत्युको मुखमा धकेलिदिन्छ।
जीवनयापनका क्रममा हामी त्यस्ता थुप्रै गल्ती दोहोर्याउँछौ, जसले हामीलाई समयअघि नै रोगी, जीर्ण, बुढो बनाउँछ । हामी समयभन्दा अगाडि नै थला पर्छाैँ। मृत्युवरण गर्न पुग्छौँ।
कुरा सामान्य हुन्, तर त्यही सामान्य कुराले हामीलाई समयभन्दा छिटो बुढो बनाउँछ।
बेलुकी ढिलाे सुत्नु र बिहान अबेर उठ्नु
अचेल शहरी जीवनशैलीमा राति अबेरसम्म बस्ने र बिहान अबेरसम्म सुत्ने चलन आइसकेको छ। यो एकदमै अस्वस्थ्यकर बानी हो । बिहान सूर्योदय हुने बेलासम्म सुत्नु स्वास्थ्य जीवनशैली होइन। बिहान सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि अति फाइदाजक छ। बिहान घाम उदाउनुअघि नै उठ्नु, व्यायाम गर्नु, नुहाइधुवाइ गर्नु स्वस्थ जीवनका सूत्र हुन्। यतिबेला वायुमण्डलमा चल्ने वायुलाई प्राणवायु भनिन्छ । फोक्सोले यो वायुग्रहण गर्छ। याे शरीरका लागि अत्यन्त फाइदाजनक हुन्छ ।
चिन्ताग्रस्त रहनु
चिन्ता मानविय स्वभाव हो। संसारमा चिन्ता नहुने मानिस को होलान्? तर चिन्ताले चितामा पुर्याउँछ भन्ने नेपाली उखानै छ। चिन्ता हुन्छ, तर त्यसलई व्यवस्थापन गर्नुपर्छ। चिन्ता कुनै पनि समस्याको समधान होइन। जतिसुकै चिन्ता लिए पनि समस्या टर्ने होइन। त्यसैले चिन्ता लिनुको अर्थ छैन। चिन्ताले शरीरलाई रोगी र जिर्ण बनाउँछ। जीवनमा उमंग, उत्साह, उर्जा हराउँछ। त्यसैले चिन्ता व्यवस्थापन गर्नुपर्छ।
बिहान यौनसम्पर्क
स्वास्थ्य जीवनशैली अपनाउने हो भने बिहानको सुरुवात शौचक्रिया, व्यायाम, योग र प्राणायाम आदिबाट गर्नुपर्छ। बिहान यौनसम्पर्कले दिनभरको काम प्रभावित बनाइदिन्छ। बिहान सम्भोग गर्दा राख्दा शरीरको प्रतिरोधात्मक क्षमता पनि घट्छ। त्यसैले बिहान यौन सम्पर्क गर्नु हानिकारक हो। त्यसैले हाम्रा धर्मशास्त्रले पनि बिहान, दिउँसो वा साँझको समयमा यौनकार्यलाई निषेध गरेका छन्।
राति दही र मासु सेवन
राति दही र मासु सेवन स्वास्थ्यका लागि राम्राे मानिँदैन। खागसरी राति हामी शारीरिक रूपले निष्क्रिय हुन्छौँ। यस्तो अवस्थामा दही सेवन गर्दा त्यो पाचन प्रणालीको लागि बोझिलाे हुन्छ। यही अनेकाैँ रोगकाे कारण बन्छ। त्यसैले आयुर्वेदले राति वा सुत्नुअघि दहीको सेवन नगर्नु भनेकाे छ।
यस्तै रातको समयमा मासु सेवन गर्नु पनि शरीरलाई बोझ थोपर्नु हो। राति मासु सेवन गर्दा त्यो रोगको कारण बन्छ अर्थात् राति मासु सेवन गर्नु भनेको शरीरमा रोगलाई निम्तो दिनु हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights