यी खानेकुरासँग खाए दूध विषसरह

गाई–भैँसीको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो। बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी हुन्छ तर कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ।
दही
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन। सँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। तर, दूध र दही एक घण्टाकाे फरकमा खान हुन्छ ।
मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखा पर्छ। मासको दाल खाएपछि करिब दुई घण्टापछि दूध पिउन सकिन्छ ।
माछामासु
दूध पिएलगत्तै माछामासु खाँदा स्वास्थ्यमा हानि पुग्छ। माछामासु र दूधमा पाइने तत्त्वहरूले विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो मानिँदैन।
अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग कहिल्यै दूध खानु हुँदैन। यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना हुन्छ।
नुन
नुन वा नुनिला वस्तुमा दूध मिसाएर खानु हुँदैन। यी दुई चिज एकैसाथ लिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights