नलगाउनुस् अग्ला हिल भएका जुत्ता, यस्तो छ कारण

शहरी महिला अग्ला हिलयुक्त जुत्ता–चप्पल लगाउन मन पराउँछन्। हिलयुक्त जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई ‘फेसनेबल’ देखाउन खोज्छन्। कम उचाइ भएका युवतीहरू आफूलाई अग्लो देखाउन यस्ता जुत्ता–चप्पल लगाउँछन्।
फेसनेवल देखाउन र आत्मसन्तुष्टिका लागि प्रयोग गरिएका यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा भने गम्भीर खालका समस्या निम्त्याउन सक्छ। अग्ला हिलयुक्त जुत्ताले तत्कालीन रूपमा दुर्घटनाको खतरा बढाउँछ भने दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका समस्या सिर्जना हुन्छ।
हिल लगाउँदा शरीरको सन्तुलन मिल्दैन। अग्ला हिल लगाएर बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ। नमिलेको, ओह्रालो बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो हुने समस्या हुन्छ। यस्तो अवस्थामा लडेर ठूला चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने खतरा हुन्छ।
लामो समयसम्म अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ। यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन्। यसका कारण खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने समस्यासमेत हुन्छ।
पैताला दुख्ने समस्या समेत आउँछ। यस्तै पैतालाको मांसपेशी तन्किएर दीर्घकालीन रूपमा नसासम्बन्धी रोगको सम्भावना समेत बढ्छ।
अग्लो हिल लगाउँदा कालान्तरमा घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ। घुँडामा अतिरिक्त दबाब परेर अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन्। त्यस्तै कम्मरको नसामा समस्या देखिनुका साथै साइटिका नामक रोग लाग्ने सम्भावना हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights