के हो उच्च रक्तचाप? कसरी बच्ने?

हाम्राे शरीरका विभिन्न भागमा रगत पुर्याउने क्रममा मुटुले नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ त्यो नै रक्तचाप हो।
रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ। रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनलीमा लामो समयसम्म दबाब पर्छ। यसले गर्दा मुटुमा नकारात्मक असर पर्नुका साथै अन्य विभिन्न समस्यासमेत निम्तिन्छन्।
अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण र स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्छ।
खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ। पौष्टिक आहार कम खाने मानिसमा पनि उच्च रक्तचापको जोखिम बढ्छ। धूमपान र मद्यपान गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना धेरै हुन्छ।
मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ। अनिन्द्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबडी र लामो समयसम्म औषधि सेवनले पनि रक्तचाप निम्त्याउँछ। वंशाणुुगत गुणका कारणसमेत रक्तचाप बढ्छ।
यसरी बच्नुस्
उच्च रक्तचापका लक्षण सामान्य रूपमा देखिँदैन। हेलचेक्रर्याइँ गर्दा ज्यानै जाने खतरा हुन्छ। त्यसैले नियमित रगत परीक्षण गराइराख्नुपर्छ।
स्वस्थ जीवनशैली अपनाउनुपर्छ। खानपानमा संयम, नियमित व्यायाम गर्नुपर्छ। धूमपान तथा मद्यपानबाट टाढै रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ ।
मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ।
आवश्यक परे चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights