हृदयाघातका लक्षण र बच्ने उपाय

नसर्ने रोगहरूमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु हुनेरोग हो, हृदयाघात। मुटुले शरीरमा रक्तसञ्चार गराउने पम्पको काम गर्छ। मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त ऊर्जाले मुटुलाई यो काममा सहयोग पुर्याउँछ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु अत्यावश्यक हुन्छ।
जब यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो (कोलेस्टेरोल) जमेर साँघुरो हुन्छ तब मुटुमा रगतको प्रवाहमा अवरोध पुग्छ। याेसँगै मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन अपुग हुन्छ।
यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ। यस्ताे अवस्थामा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति बन्द हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन्छ। यो क्रम लम्बिदै गए मांसपेशी मर्छ र काम गर्न छाड्छ। यो अवस्था हृदयाघात हाे।
लक्षण
छातीको बिच भागमा दुख्नु,
गह्रौँ चिजले थिचेजस्तो हुनु,
छाती कसिएजस्तो महसुस हुनु,
छातीको दुखाइ बायाँ हाततिर सर्नु,
पेटको बीचमा अत्यधिक दुखाइ हुनु,
चिटचिट पसिना आउनु,
वाकवाकी लाग्नु तथा बान्ता हुनु,
डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु,
मधुमेहका रोगी तथा वृद्धवृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु,
र, वृद्धवृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु।
बच्ने तरिका
धूमपान र मद्यपान पूर्णरूपमा बन्द गर्ने,
कोलेस्टेरोल नियन्त्रण गर्ने,
रक्तचाप नियन्त्रणमा राख्ने,
मधुमेहको उचित उपचार गर्ने,
तौल नियन्त्रणमा राख्ने,
फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने
मानसिक तनाव र रिस कम गर्ने,
प्रदूषणबाट बच्ने,
दैनिक कम्तीमा आधा घण्टा हिँडडुल गर्ने,
र, चिकित्सकको सल्लाह अनुसार मात्र एस्पिरिन र कोलेस्टेरोलको औषधि प्रयोग गर्ने।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights