शहरकाे व्यस्त जीवनशैली : यसरी बचाैँ शारीरिक र मानसिक समस्याबाट

शहरी क्षेत्रको जीवनशैली व्यस्त छ। व्यस्त जीवनशैलीबीच मानिसले आफ्नो स्वास्थ्यको ख्याल राख्न पाइरहेको हुँदैन। खानपान प्रकृति छैन। व्यायाम छैन। त्यसैले निप्रतिदिन मानिसहरूमा दम, मधुमेह, रक्तचाप, क्यान्सर र मानसिक समस्या बढेको छ। यति मात्र होइन मुटु र मिर्गौलाका रोगी पनि थपिएका छन्।
वातावरण प्रदूषणको मुख्य कारण हो– धुलो, धुवाँ र फोहर। फोहोर व्यवस्थापन नहुँदा अधिकांश पानीका स्रोत पनि दूषित हुन पुगेका छन्। उद्योगधन्दा र गाडीबाट निस्किने धुवाँधुलोको व्यवस्थापन छैन। सडकबाट निस्कने धुलो र धुवाँले फोक्सोमा असर गर्छ। श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोग लाग्छ। धुलोका कारण छालासम्बन्धी समस्याले सताउँछ।
शहरवासीले खाने प्रायः खाद्यान्नमा मिसावट हुन्छ। तरकारी, फलफूल र सागपात ताजा राख्न विषादी हालिएको हुन्छ। यसले मुटुमा समस्या ल्याउन सक्छ। ‘देख्दा आकर्षक र खाउँखाउँ लाग्ने फास्टफुड वा स्ट्रिट फुड स्वस्थकर हुँदैन’, मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला भन्छन्, ‘यिनमा प्रयोग भएका नुन र चिनीको अत्यधिक मात्राले दीर्घरोगको सम्भावना बढाउँछ।’
शहरका अधिकांश मानिस कार्यालयमा वा दौडधुपमा व्यस्त रहने हुन्छन्। कामको चापले तनाव व्यवस्थापनको समय हुँदैन । तनावले शारीरिक त छँदैछ, मानसिक स्वास्थ्य समस्यासमेत उत्पन्न हुन्छ । काम र दौडधुपका कारण मानिसहरूमा झर्किने, रिसाउनेजस्ता समस्या उत्पन्न हुन्छन्। अन्य जटिल मानसिक समस्या पनि हुन्छ ।
आधुनिक देखिने नाममा अचेल शहरका केटाकेटीहरू स्कुल तहदेखि नै धूमपान मद्यपानमा लागेका भेटिन्छन्। धूमपान गर्नेलाई भन्दा वरिपरिकालाई बढी असर गर्छ। धूमपानले दम, मुख, घाँटी र फोक्सोको क्यान्सर हुन सक्छ। रक्सीका कारण शारीरिक र मानसिक दुवै समस्या हुन्छ ।
डा. काेइरालाका अनुसार नियमित व्यायामले धेरै रोगबाट बचाउँछ। धूमपान मद्यपानजस्ता कुलतबाट टाढै रहनुपर्छ। अनिवार्य रूपमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । कुनै समस्या देखिए चिकित्सकको सल्लाह लिनुपर्छ।
तनावको व्यवस्थापन गरिहाल्नु पर्छ ।
खानपानमा ध्यान दिने, कुलतमा नफस्ने र नियमित व्यायाम गर्ने कार्यले शारीरिक रूपमा स्वस्थ राख्छ। परिवारलाई समय दिने, घुमघाममा निस्किने, मनोरञ्जन गर्ने जस्ता कार्यले पनि मानिसलाई मानसिक समस्या हुनबाट जोगाउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights