असार १५ मा किन खाने दही चिउरा?

असार १५ अर्थात् दही चिउरा खाने दिन। कृषिप्रधान देश नेपालमा अहिले धान रोपाइँको चटारो छ। यही चटारोबीच यो दिन दही चिउरा खाएर रमाइलो गर्ने परम्परा छ।
असारमा वर्षाका कारण खेतबारी वनजंगलमा प्रशस्त पोसिला र औषधिजन्य घाँसपात खाएर गाईभैँसीले प्रशस्त दूध दिने हुनाले यसबाट बनाइएको दही पनि स्वास्थ्यवर्धक हुन्छ।
असार महिनामा गर्मी अधिक हुने भएका कारण दही सेवन गर्नु राम्रो मानिन्छ। दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पनि पाइन्छ। दहीमा पाइने ल्याक्टोब्यासिलस ब्याक्टेरिया मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ।
दहीले हड्डीको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत र नङलाई पनि बलियो बनाउँछ।
पेटसम्बन्धी समस्या भएकाका लागि दही अत्यन्त उपयोगी मानिन्छ। भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरे फाइदा पुग्छ।
दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेटसम्बन्धी रोगबाट छुटकारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्छ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्छ।
निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खाँदा फाइदा पुग्छ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउँछ।
साथै चिउरा काब्रोहाइड्रेडको प्रमुख स्रोत हो। गर्मीयाममा पसिनाले शरीरबाट पानीको मात्रा कम हुन पुग्छ। र यी दुवै मिसाएर खाँदा यसलाई परिपूर्ति गर्न समेत दहीचिउरा खानु उपयुक्त मानिन्छ।
दहीचिउरा स्वादिष्ट बनाउन गुलियो बनाउन केरासमेत मिसाउने चलन छ। दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्छ। साथै यसले पाचन प्रक्रियामा सहयोग पुर्याउनुका साथै पखाला लाग्नबाट समेत बचाउँछ।
चिउरामा काब्रोहाइड्रेड र आइरनको मात्रा बढी हुने भएकाले यसले काम गर्नका लागि शक्ति प्रदान गर्छ। यो पकाउन नपर्ने भएकाले समयको बचत समेत हुन्छ। धान रोप्ने चटारो हुने असार महिनामा थोरै समयमा स्वादिष्ट एवं पोसिलो खानाको रूपमा दही चिउरा खाने चलन चलेको बुझिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights