शरीरमा सेतो रक्तकोशिका बढाउने खानेकुरा

हाम्रो शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन्, सेतो रक्तकोशिका, रातो रक्तकोशिका र प्लेटलेट्स । यीमध्ये शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र बाह्य संक्रमणबाट शरीरको रक्षा गर्न सेतो रक्तकोशिका आवश्यक पर्छ।
जब शरीरमा सेतो रक्तकोशिकाको मात्रा कमी हुन्छ, तब शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ, शरीरमा रोगले संक्रमण गर्न थाल्छ।
सेतो रक्तकोशिका शरीरमा लगातार बन्ने र नष्ट हुने भइरहन्छ। स्वस्थ व्यक्तिमा प्रतिघन मिलिलिटर रगतमा पाँच हजारदेखि ११ हजारसम्म सेतो रक्तकोशिका हुने बताइन्छ। स्वस्थ्यवर्धक खानेकुरा तथा नियमित औषधीको सेवनले यो कोशिकाको स्तरलाई बढाउन सकिन्छ ।
शरीरमा सेतो रक्तकोषिकाको काउन्टमा कमी भएमा व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुन सक्छ। यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने गर्छ र एड्स, क्यान्सर र हेपाटाइटिसजस्ता रोग लाग्ने सम्भावना हुन्छ।
भिटामिन ए, सी र ईले सेतो रक्तकोषिकालाई सही तरीकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरूको संख्या बढाउन समेत मद्दत गर्छ। त्यसका लागि बदाम,गोलभेडा, गाजर, खुर्सानी, जैतुनको तेल र सुन्तला आदि सेवन गर्नुपर्छ।
लसुनमा रहेको एन्टि अक्सिडेन्ट, एन्टि ब्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टि भाइरलले गुण सेतो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ।
हरियो सागसब्जीमा फलाम तत्त्वका साथै भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ। यसमा शक्तिशाली एन्टीअक्सिडेन्टस् तत्त्व हुन्छ जसले सेतो रक्तकोशिकाको संख्या बढाउँछ।
जिंकयुक्त आहारको सेवनले सेतो रक्तकोशिकाको संख्या बढाउन मद्दत गर्छ। नियमित दही सेवन गरे पनि सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights