महिनावारीमा यसरी गर्नुस् सरसफाइ, खानुस् यस्ता खानेकुरा

महिनावारी (रजस्वला) लाई विशेष रूपमा किन पनि हेर्नुपर्छ भने यसपछि मात्र महिलालाई आफू जस्तै अर्का व्यक्ति जन्माउन सक्ने क्षमता प्राप्त हुन्छ। महिनावारीलाई यसैको संकेतका रूपमा लिन सकिन्छ । महिनावारी नभएसम्म प्रजनन क्षमता प्राप्त हुँदैन।
सामान्यतया स्वस्थ छ र खानपान राम्रो छ भने ११\१२ वर्षको उमेरमै महिनावारी शुरु हुन्छ। तर कसैकसैको शरीरको बनोटअनुसार त्यसअघि नै वा १३\१४ वर्षमा पनि शुरु हुनसक्छ।
महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो। शरीरमा भएको रगत महिना महिनामा योनिद्वारबाट बाहिर जान्छ। कतिपयलाई शरीरमा विकारका रूपमा रहेको रगत बाहिर जाने भन्ने भ्रम छ। यो बिल्कुलै गलत हो।
महिनावारीका क्रममा शरीरमा आवश्यक रगत नै बाहिर जाने हो। त्यसैले यो समयमा महिलाहरू बढी कमजोर हुन्छन्। त्यसैकारण यो वेला उनीहरूलाई बढी हेरचाह आवश्यक हुन्छ।
महिनावारीका बेला सरसफाइमा भने निकै ध्यान दिनुपर्छ। ‘प्राइभेट अंग’हरुमा छिटो संक्रमण हुने सम्भावना बढी हुने हुँदा पनि अझ बढी ध्यान दिनुपर्छ। यो वेलामा बिहान बेलुका नुहाउने गर्नुपर्छ। सेनेटेरी प्याड तथा मलमल कपडाको प्रयोग गर्नु पर्छ। सेनेटरी प्याड प्रयोग सकेसम्म तीन\तीन घण्टामा फेर्नुपर्छ। कपडा प्रयोग गर्दा पनि आवश्यकता अनुसार फेरेर कपडालाई राम्रोसँग घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ।
यसका साथै अरु समय भन्दा बढी पोषिलो खानेकुरा खानुपर्छ। दूध, दही, माछा मासु र झोलिलो खानेकुरा खानुपर्छ। यस्तै पर्याप्त आराम गर्नुपर्छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिना बस्न्यातसँगको कुराकानीमा आधारित
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights