शरीरमा भिटामिन ए कमी हुँदा यस्ता समस्या

भिटामिन एको कमी भएमा बालबालिकाको पूर्ण शारीरिक तथा मानसिक विकासमा बाधा आउँछ।
भिटामिन ए कमी भएमा बच्चाको मांसपेसी र हड्डी कमजोर हुने हुन्छ। त्यस्तै, बच्चाको कपाल, फोक्सो, कोष वृद्धि आदिमा समस्या निम्तिन्छ।
भिटामिन एको कमीका कारण बालबालिकामा रतन्धोको समस्या हुने गरेको छ। एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच लाख बालबालिका रतन्धोबाट पीडित हुने गरेको तथ्यांक छ।
भिटामिन एको कमीले बच्चासँगै आमाको स्वास्थ्यसमेत गम्भीर असर पार्छ। त्यस्तै, रतन्धो, कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमीजस्ता समस्या आउँछन्।
छाला, श्वासप्रश्वास र प्रजनन स्वास्थ्यमा हुने विभिन्न समस्या देखापर्छन्। त्यस्तै, बालस्वास्थ्यसम्बन्धी रोग, दादुरा, झाडापखाला लागिरहने, कुपोषण तथा छालाको रोग लाग्न सक्छ।
भिटामिन एका स्रोत
भिटामिन ए दुई प्रकारका हुन्छन्। भिटामिन ए बिटा क्यारोटिन र प्रिफर्मड भिटामिन। बिटा क्यारोटिन भिटामिन ए अन्तर्गत अल्फाक्यारोटिन र बिटा क्रिप्टो स्याथिन पर्छन्।
बिटा क्यारोटिन बिरुवाबाट पाइने भिटामिन हो । त्यस्तै, प्रिफर्मड भिटामिनभित्र रेटिनोल, रेटिनल, रेटिनोइक एसिड र रेटिनियल एस्टर पर्छन्। यो मासु र मासुजन्य खाद्यपदार्थमा पाइन्छ।
पालुंगो, रायो र ब्रोकाउलीलगायत हरिया सागसब्जी, गाँजर, फर्सी, गोलभेँडासँगै पहेँलो जातका फलफूलका साथै, माछा, अण्डाको पहेँलो भाग, घिउ आदि भिटामिन एका स्रोत हुन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights