मुटुरोगदेखि क्यान्सर रोगीसम्मलाई उपयोगी जैतुनको तेल

जैतुन (ओलिभ) दुई रङमा पाइन्छ, कालो र हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रूपमा प्रयोगमा आउनुका साथै लाभदायी हुन्छ।
जैतुनको तेल युरोपेली मुलुकमा बढी प्रयोग हुन्छ। उनीहरूले खाना पकाउन यसको प्रयोग गर्छन्। खासगरी इटालीमाजैतुनको तेल भान्सामा अनिवार्यमानिएको छ।
यसको तेलले क्यान्सरका बिरामीलाई क्यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगमा अचुक औषधि मानिन्छ। यो तेलको नियमित सेवनले मस्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज राख्छ।
यसका साथै मसाज गरेमा शरीरका हड्डीहरु मजबुत बनाउँछ। यसका साथै उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुर्याउँछ। शरीरमा भएको बोसो र मोटोपन घटाउन, कपाल चम्किलो र मुलायम बनाउन जैतुनको तेलले भरपूर सहयोग गर्छ।
यसको तेल लगाएर मसाज गरेमा मर्किएको अंग निको हुन्छ। यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ। यस्तै यौनशक्ति कमजोर भएका मानिसहरुका लागि जैतुनको तेलमा पकाएका परिकारहरु उपयोगी मानिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights