स्वस्थ जीवन बिताउन शाकाहार

शाकाहारी जीवन स्वास्थ्यका लागि लाभदायी छ भन्ने जानेर नै पछिल्लो समयमा धेरै मानिस शाकाहारी बन्न थालेका छन्। शाकाहार जीवनको एउटा आधार मान्ने चलन पनि बढ्दै गएको छ। शाकाहारी हुनुका यी हुन् फाइदा–
स्वास्थ्य
शाकाहारी खानामा रोगसँग लड्ने शक्ति हुन्छ। तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता आवश्यक तत्त्व पाइन्छन्। साथै, प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, क्यालोरीजस्ता शरीरका लागि अत्यावश्यक तत्त्व पनि शाकाहारी खानेकुरामा पाइन्छ। शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटुरोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ। महिलामा स्तन क्यान्सर हुँदैन।
पर्यावरण
मासु उत्पादनका लागि करिब पाँचदेखि पाँच हजार लिटरसम्म पानी खपत भइरहेको हुन्छ। अझ यसैकारण सहरी क्षेत्रमा पानीको अभाव बढिरहेको छ, जहाँ मासुको खपत पनि बढी हुन्छ। यसरी माछामासुको अत्यधिक प्रयोगले अप्रत्यक्ष रूपमा पर्यावरणमा असर पुर्याइरहेको छ। धेरै मानिस शाकाहारी बन्ने हो भने केही मात्रामा वातावरण प्रदूषण हुनबाट बचाउन सकिन्छ।
मौसम परिवर्तन
पछिल्लो समय ग्लोबल वार्मिङ तीव्र गतिमा बढिरहेको छ। यसको मुख्य कारण मानिसको जीवनशैली हो। ओजन तहलाई असर पार्ने ‘क्लोरोफ्लोरो’ कार्बनको स्रोत दूध र मासुका लागि पालिएका पशुपक्षीलाई मानिएको छ। मासु उत्पादनका क्रममा उत्पादित ग्यास मौसम परिवर्तनको कारण बनिरहेका छन्। मासुजन्य उत्पादन मात्रै रोकिएमा करिब आधा प्रतिशत खतरनाक ग्यास उत्पादन घट्न सक्ने बताइन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights