यसरी हुन्छ मिर्गाैलामा पत्थरी

पिसाबमा पाइने विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मूत्र प्रणालीमा बन्ने पत्थरी हो। प्रायः पिसाबमा भएको पानीको मात्राले नै विकार पदार्थलाई पखालेर शरीरबाट बाहिर फाल्छ।
पिसाबमा पानीको मात्रा कम भएको वेला ती खनिज पदार्थ एक अर्कासँग टाँसिदा ढुंगा बन्ने प्रक्रिया सुरु हुन्छ।
नेसनल किड्नी फाउन्डेसनका अनुसार प्रत्येक १० जनामध्ये एकमा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ। महिलाभन्दा पुरुषमा दुईगुणा बढीले यो समस्या देखा पर्छ।
पुरुषमा प्रायः ३० वर्षको उमेरपछि देखा पर्छ। तर यो जुनसुकै उमेरमा पनि हुन सक्छ।
लक्षण
प्रायः सानो पत्थरीले कुनै प्रकारको लक्षण नदिन सक्छ र त्यो पिसाब गर्दा यत्तिकै बगेर जाने गर्छ। मध्यम तथा ठूलो आका/ पत्थरीले दुःख दिन्छ ।
पेट दुख्नु (कोखा वा तल्लो पेट), पिसाबमा रगत जानु, वाकवाकी लाग्नु, वान्ता हुनु, कामज्वरो आउनु आदि पत्थरीका प्रमुख लक्षण हुन्।
यी हुन् मिर्गाैलामा पत्थरीका प्रमुख कारण
पानी कम पिउनु
पिसाबमा पानीको मात्रा अत्यधिक भएको वेला पत्थरी बनाउने खनिज पदार्थ त्यसमा घोलिएर सजिलै पखालिन्छन्। सामान्यतया पिसाबको रंग हल्का पहेलो हुनुपर्छ । कडा पहेलो रंगको पिसाब आउनु भनेको आवश्यकताभन्दा कम पानी पिइएको हाे।
त्यसैले एक वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा दिनहुँ तीन लिटर पानी पिउन आवश्यक छ।
अग्जालेटयुक्त खानेकुराको अत्यधिक सेवन
गर्दा पनि याे समस्या देखिन्छ। पालुंगो साग, सलगम, चकलेट, काजु, बदाम, चिया, आँटा, ऐँसेलु, अंगुर, आलु आदिमा अत्यधिक अग्जालेट पाइन्छ।
मासु, भिटामिन ‘सी’, नुनिलो खानेकुरा धेरै खानु
वयस्क मानिसलाई दैनिक आहारमा बढीमा २३ सय मिली ग्राम नुन हुनुपर्छ। यो एक चम्चा बराबर हो। सेकुवा, प्याकिङ गरिएका खानेकुरा, आलु चिप्स, क्यान जुस, चाउचाउ र विभिन्न किसिमका अचारमा अत्यधिक मात्रामा नुन पाइन्छ । त्यसैले, यस्ता खानेकुरा सकभर कम खानुपर्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights