स्वस्थ रहन चाहनुहुन्छ भने नखानुस् यस्ता वस्तु

स्वस्थ रहन कसलाई रहर नहोला। तर खानपानको ढंग नमिल्दा मानिस अस्वस्थ बन्न पुग्छ। केही यस्ता पदार्थ छन् जो खाँदै नखानु राम्रो, खाए पनि थोरै मात्रामा लिनु राम्रो हुन्छ–
चिनी
सेता विषहरूमध्ये एक हो चिनी। यसकै कारण शरीरमा इन्सुलिन रेजिस्टेन्टको समस्या भई बाँझोपनाको समस्या निम्तिन्छ। चिनीकै सेवनले अनुहारको चाउरीपना निम्तिनुका साथै छाला खुम्चिन थाल्छ।
नुन
नुन आवश्यक छ, तर सीमित मात्रामा। किनकी नुनले खानाको स्वाद जति बढाउँछ, यसले शरीरलाई त्यति नै धेरै हानि गर्छ। त्यतिमात्र हैन, अत्याधिक मात्रामा नुनको सेवनले व्लड प्रेशर उच्च हुनुका साथै स्ट्रोकको जोखिम निम्तिन्छ।
कृत्रिम गुलियो
कृत्रिम गुलियोको सम्बन्ध क्यान्सरसित हुन्छ। यसको सेवनले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो धेरै लाग्छ। यसकै कारण टाइप– २ मधुमेह, कार्डियोभास्कुल रोग निम्तिन्छ। यस्ता गुलियो प्रायः ल्याबमा तयार पारिन्छ, जाे मानव स्वास्थ्यका लागि ज्यादै प्रतिकुल मानिन्छ।
मैदा
मैदाबाट बनेको परिकार कसलाई मन नपर्ला, तर याे मानव स्वास्थ्यका लागि हानिकारक छ। यसमा फाइबर हुँदैन।किनकी शरीरले मैदालाई ग्लुकोजमा परिणत गर्छ। ग्लूकोजलाई शरीरले सजिलै फ्याटको रूपमा संग्रह गर्छ।
प्रोसेस्ड फुड
यसमा प्रयोग गरिने नाइट्रेट खानलाई स्वादिलो त बनाउँछ। तर यो शरीरमा पुगेपछि क्यान्सर पैदा गर्ने रसायनको रूपमा विकसित हुन्छ। त्यसैले नाइट्रेट प्रयोग गरिएको प्रोसेस्ड मासु नखानुस्। यसमा सोडियमको प्रयोग पनि उच्च हुन्छ।
क्यानको खाना
क्यानमा राखिएको खानेकुरामा विपिए ९प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए० को मात्रा धेरै हुन्छ, जसले हर्मोनलाई असन्तुलित बनाउनुका साथै क्यान्सर, बाझोपना, वजन बढ्ने समस्या लगायतका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँछ।
मदिरा
मदिरालाई क्यालोरीको भारी पनि भनिन्छ। यसले शरीरमा इन्सुलिनको स्तर समेत बढाउँछ, जसले विभिन्न रोगको समस्या निम्त्याउँछ।
क्याफिन
कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ। क्याफिनको सेवनले अनिद्राको समस्या निम्तिन्छ। यसको अत्यधिक सेवनले बुढ्यौलीपना निम्तिन्छ। त्यतिमात्र हाेइन, मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्बाेहाइड्रेटको समस्या निम्तिन्छ र शरीरको तौल बढ्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights