किन हुन्छ जलबिन्दु?

जलबिन्दु आँखासम्बन्धी रोग हो। यो ४० वर्षभन्दा बढी उमेरका मानिसमा बढी देखिने गर्छ। समयमै उपचार नगराएको अवस्थामा जलबिन्दुको कारण दृष्टिबिहिन समेत हुनसक्छ। मधुमेह वा उच्च रक्तचापका बिरामी पनि यसको जोखिममा हुन्छन्। कतिपयलाई वंशानुगत कारणले पनि जलबिन्दुको समस्या हुनेगर्छ।
आँखामा भएको जलबिन्दु बारे जानकारी कहिलेकाँही नहुनसक्छ। इस्तो जलबिन्दु एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ। त्यसैले समय समयमा आँखाको परीक्षण गर्नुपर्छ। आँखामा देखिने स–साना समस्याको पनि बेलैमा उपचार गर्नुपर्छ। किनभने आाखा निकै संवेदनशील अंग हो।
जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ र आँखाको नानीमा पानी जस्तो तरल पदार्थ देखा पर्न थाल्छ।
क्हिलेकाँही आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुनसक्छ। यस्तो अवस्थामा आँखामा पे्रसर बढ्छ। यसले विस्तारै दृष्टिक्षमतालाई क्षति पुर्याउँदै लैजान्छ।
आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निमार्ण गर्ने रेसाहरुलाई बिस्तारै बिगार्दै लैजान्छ। जथाभावी औषधले पनि आँखामा जलबिन्दुको समस्या हुनसक्छ।
बच्ने तरिका
सुरुवाती समयमै जलबिन्दुको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ तर ढिला थाहा भएमा आँखाको शल्यक्रिया गरेर मात्र यसलाई निर्मूल गर्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights