खानपान र जीवनशैली सुधार्नुस्, मुटुराेगबाट बच्नुस्

काठमाडौं : सराेकारवालाले मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापरबाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको बताएका छन्। जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने उनीहरूकाे भनाइ छ।
कुश्मामा भएकाे एक कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले जीवनशैलीलाई साधारण बनाउन सके मुटुरोग लाग्ने सम्भावना कम हुने जानकारी दिए। धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइड्रेडजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ।
मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्नेमा बताए। त्यसैगरी, फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा. भट्टराईले वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक संकेत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए। डा. भट्टराईले आवश्यक जनशक्तिको अभाव र सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको भन्दै मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार र शल्यक्रिया नेपालमै हुने बताए।
सेभ द हार्टका संस्थापकसमेत रहेका डा. भट्टराईले विभिन्न जिल्लामा दर्जनौँ स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न र अनाथ नागरिकको मुटुरोग परीक्षण र उपचार गर्दै आएको जानकारी दिए। उनले नेपालमा सबै किसिमको मुटुको शल्यक्रिया सम्भव भएको भन्दै भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्माजात मुटुरोगीको प्वाल टाल्ने शल्यक्रिया, मुटुको नली फुटेको सर्जरी हुने बताए।
कृत्रिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाइस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको डा. भट्टराईकाे भनाइ छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights