यौन इच्छा नहुनु रोग होइन

यौनको विषयमा सकारात्मक विचार आउनु राम्रो कुरा हो। सकारात्मक भनेको एकअर्कामा सहमति र स्वस्थकर यौनसम्पर्क।
यौन सम्पर्क राख्ने सोच मानिस अनुसार फरक हुन्छ जस्तै कोही यसलाई तनावमुक्त बनाउने कार्य भन्छन् भने कोही आनन्द दिने कार्य। यस्ता कारणहरु मानिस अनुसार फरक फरक हुन्छ। यी कारणका लागि यौनजन्य कार्य नै गर्नुपर्छ भन्ने हुँदैन। तनावमुक्त र आनन्दप्राप्तिका लागि अन्य धेरै कार्य गर्न सकिन्छ।
यदि यौन इच्छा नै छैन भने यो कार्य गर्नु नै पर्छ भन्ने हुँदैन वा केही बिग्रिन्छ भन्ने पनि होइन। मुख्यतः यौनमा कम वा इच्छा नै नहुनु आफ्नो चाहना हो र यसलाई कदर गर्नुपर्छ।
सामान्यतयः हाम्रो समाजमा यौन चाहना नराख्ने व्यक्तिलाई हेर्ने नजर फरक हुन्छ। यो समस्या वैवाहिक सम्बन्धमा वा सामान्य सम्बन्धमा रहेकामा अझ बढी हुन्छ। अहिले ‘मेनस्ट्रिम मिडिया’ले यौनकार्यको बारेमा नकारात्मक कुराहरु फैलाउने कार्य पनि गरिरहेका हुन्छन्। जस्तै, यौनकार्यमा सक्रिय नहुनेमा पछि बाँझोपन आउने, यौन अंग काम नलाग्ने आदि।
‘एडोल्सेन्ट साइकोलोजी रिसर्च’का अनुसार यौन इच्छा उमेर हुँदै गएपछि आफैँ आउने कुरा हो तर सबैमा यो हुन जरुरी पनि छैन। कसैलाई प्रतिफल मन नपरेको पनि हुन्छ भने कसैमा अहिलेको समय सही छैन भन्ने लागेकाे पनि हुनसक्छ। कसैमा यौन इच्छा आउँदै नआउन पनि सक्छ भने कसैले यो उनीहरूको लागि हाइन भन्न ठानेको पनि हुनसक्छ।
कसैलाई यौनको इच्छा छैन भन्दा केही समस्या छ भन्ने गरेको पनि पाइन्छ। तर यौन इच्छा नहुँदैमा, व्यक्तिमा खराबी छ भन्ने चाँहि हुँदैन। रिसर्चका अनुसार यौन इच्छा हुने र नहुनेको सोच फरक हुन्छ भन्ने हुँदैन।
यौनकार्य स्वास्थ्यको दृष्टिकोणले धेरै फाइदा छ भनेर थाहा भए पनि कसैको जिन्दगीमा यौन छैन भने ऊ खुशी हुन सक्दैन भन्ने हुँदैन भने यौन सम्पर्क नगरे पनि त्यसबाट हुने फाइदा अरु कार्यबाट लिन सकिन्छ।
यौन इच्छा नहुनुको फाइदा
नयाँ कुरा गर्न मन लाग्नु।
ध्यान भङ्ग नहुनु र यौनअंग बाहेका अरु शारीरिक कुरामा पनि ध्यानाकर्षण हुनुु।
आफूमा ध्यान पूर्ण जानु र तनावमुक्त हुन अरु कुरा दिमागमा आउनु।
यौन सम्पर्क नभए पनि निन्द्रा राम्रो आउनु र आफ्नो स्याहारमा ध्यान जानु।
कामबाट वञ्चित हुन मन नलाग्नु।
अन्य कार्यहरूद्वारा तनावमुक्त हुनु।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights