Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी हटाउनुस् फलफूल र तरकारीबाट कीटनाशक 

यसरी हटाउनुस् फलफूल र तरकारीबाट कीटनाशक 

तपार्इँ हामीलार्इ थाहै छ, पौष्टिक आहारको पंक्तिमा सबैभन्दा अगाडि फलफूल र  सागसब्जीको नाम आउँछ। हरियो सागसब्जी र फलफूलविना पौष्टिक तत्त्वको आहार अपूर्ण मानिन्छ  तर, यस्ता खानेकुरा अहिले विषयुक्त बनिरहेका छन्। हामी फलफूलकाे माध्यमबाट पोषण होइन, विष सेवन गरिरहेका छौँ।

खेतमा उब्जाउ हुने यस्ता सागसब्जीलाई किराबाट जोगाउन बजारमा पाइने अनेक प्रकारका कीटनाशक औषधिको प्रयोग हुन्छ, तर यसरी किटनाशक औषधी प्रयोग गरे पनि त्यसमा हाम्रो नाङ्गो आँखाले नदेखिने किटाणुहरू रहेकै हुन्छन्।

यसमा पनि कैयौँ यस्ता तरकारी तथा फलफूल छन् जसलाई हामीले पखाले पनि त्यसको सतहमा नदेखिने किटाणुका अंश रहिरहेको हुन्छ । जसका कारण विभिन्न किसिमका रोग लाग्ने खतरा रहन्छ। अमेरिकाको एक गैरसरकारी संगठन ‘इन्वायर्नमेटल वर्किग ग्रुप’ले १२ थरीका फलफूललाई खराबको सूचीमा राखेकाे छ, जस्तै– स्याउ, नासपाती, अंगुर, गोलभेँडा, हरियो खुर्सानी, आलु र पालक आदि ।

शोधकर्ताहरूको भनाइअनुसार विश्वमा खानाको खपत र कीटनाशकको प्रयोग एकैथरीको हुँदैन। कुनै देशमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ भने कुनै देशमा यसको प्रयोग अधिक मात्रामा हुन्छ। अमेरिका र युरोपका खाद्य पदार्थमा कीटनाशकको प्रयोग कम मात्रामा प्रयोग गरिएको पाइन्छ। यसलाई शोधकर्ताहरू खतरा मान्दैनन्।

शोधकर्ताका अनुसार एक साथ फरक फरक कीटनाशक औषधिको प्रयोगको मिश्रणबाट प्रजनन क्षमतामा कमी अाउँछ साथै वीर्यको विकास र बच्चाको दिमागमा पनि प्रभावित पार्छ। यस्ता किटनाशक औषधिको अधिक  प्रयोगले  मानव शरीरको हार्मोनमा पनि समस्या उत्पन्न हुन्छ।

कीटनाशक मानिसकाे शरीरमा पुग्दा हुने बेफाइदा थुप्रै छन्। केही सावधानी अपनाउन सके तरकारी र फलफूलमा प्रयाेग भएकाे कीटनाशककाे असरबाट जाेगिन सकिन्छ।

यसरी हटाउनुस् फलफूल र तरकारीबाट कीटनाशक 

– अर्ग्यानिक फलफूल तथा सागसब्जीको प्रयोग नै किटनाशकबाट बच्ने राम्रराे उपाय हो, तर यो महँगो हुन्छ। बजारमा सजिलै उपलब्ध पनि हुँदैन। अर्ग्यानिक नै हाे भनेर सजिलै थाहा पनि पाइँदैन।

– फलफूल अथवा सागसब्जी सफा पानीमा ३\४ पटक राम्ररी धुनाले पनि कीटनाशककाे प्रभाव कम हुन्छ तर,  पूर्णरूपमा नहट्न सक्छ।

– फलफूल जस्तै– स्याउ, नासपाती तासेर खानाले पनि कीटनाशकको खतरामा कमी आउँछ। अंगुरजस्ता फलफूल राम्ररी पानीमा पखालेर मात्र खानुपर्छ।