धूमपान बढी गरिने पाँच देश

बीबीसी
धूमपानले मानिसलाई समय नै नभई मृत्युको मुखमा धकेल्छ भन्ने थाहा नपाउने मानिस अब विश्वमै कमै मात्र होलान् । धूमपान गर्ने व्यक्ति मात्र नभई वरपर बस्ने समेत प्रभावित हुन्छन् । धूमपानले टीबी, क्यान्सरजस्ता रोग लाग्छन् । विश्व स्वास्थ्य संघको प्रावधानअनुसार सुर्तीजन्य पदार्थमा रोगको चेतावनीयुक्त सूचना हुनुपर्छ । याे नियमलार्इ विश्रवका धेरै देशले अपनाएका छन् । यो देखेर पनि मानिसहरू धूमपान गरिहेका हुन्छन् । धेरै मानिस धूमपान गर्ने पाँच देश—
किरिबास
टापु देश किरिबासमा धूमपानको दर विश्वकै उच्च छ। त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एकतिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन् । प्रशान्त क्षेत्रमा पर्ने उक्त टापुको जनसंख्या एक लाख तीन हजार छ ।
सुर्तीविरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले त्यही सुर्तीजन्य पदार्थहरूमा मानिसहरूले सहजै पहुँच कायम गरेका छन् ।
मोन्टिनिग्रो
पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ । त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या छ लाख ३३ हजार छ । त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ खिल्ली चुरोट पिउँछन् ।
ग्रीस
ग्रीस तेस्रो बढी धूमपान हुने देश हो। त्यहाँ देशका आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूमपान गर्छन् । सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धूमपान निषेध गरिए पनि मानिसहरू जहाँ पनि चुरोट पिइरहेका भेटिन्छन् ।
ग्रीसमा चुरोटको तस्करी हुने गर्छ। एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टरनेसनले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजस्व गुमाउने अनुमान गरेको छ । स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएको भए पनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायातमा धूमपान गर्छन् ।
पूर्वी टिमोर
पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो । त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन्, जुन विश्वकै उच्च हो। तर धूमपान गर्ने महिलाकाे संख्या ६ प्रतिशत मात्रै छ।
दक्षिण पूर्वी एशियाको विपन्न देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ । सबै चुरोटका बट्टामा धूमपान घातक हुने लेखिएका भएपनि धूमपान गर्नेहरूलाई त्यसले छुँदैन। किनभने त्यहाँ देशको जनसंख्याको आधाभन्दा बढी निरक्षर रहेका छन्।
रुस
रुस पाँचौ धेरै धूमपान गरिने देश हो। त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन् । रुसमा कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूमपान गर्नु कानुनविपरीत हो। केही पसलहरूमा एक बट्टा चुरोट एक डलरभन्दा कममा किन्न सकिन्छ।
रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights