पत्थरीको शल्यक्रिया गर्ने भन्दै मानसिक रोगीको मिर्गौला निकालियो

पत्थरीको शल्यक्रिया गर्ने भन्दै मानसिक रोगीको मिर्गौला निकालियो

 

काठमाडौं— मानसिक रोगी एक युवकको मिर्गौला झिकेर आफूमा प्रत्यारोपण गराउन लगाउने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका १ स्थायी घर भई हाल भक्तपुमा बस्ने ५१ वर्षीय थर्क बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्तमानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलान्चोक टुकुचा गाबिस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका २ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाई छ । मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणित लगायतको कागजपत्र पेस गर्नुपर्नेमा मिर्गौला चोरी, निकासी, गर्ने गिरोहले नक्कली कागजपत्र पेस गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ ।
रासस