‘स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले अनुसन्धानमा लगानी बढाउन जरुरी छ’

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहिबारदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं सम्मेलन गर्दैछ। कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलनका सम्बन्धमा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :
परिषद्ले विगत सात वर्षदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ । यसको मुख्य उद्देश्य के हो ? कसका लागि हो यो सम्मेलन ?
हो, हामीले विगत ७ वर्षदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुलाई एक थलोमा जम्मा पारेर यो सम्मेलन गर्दै आएका छौं । यसको मुख्य उद्देस्य भनेको स्वास्थ्य अनुसान्धानमा रुचि राख्ने र चासो दिने सबै अनुसन्धानकर्ताहरुलाई एक थलोमा भेला पारेर गुणस्तरीय र विश्वसनीय अनुसन्धानमा अभिप्रेरित गर्नु नै हो । यो अनुसन्धानमा रुचि राख्ने र अनुसन्धान गर्न चाहनेका लागि ठूलो अवसर पनि हो । नयाँ पुस्तालाई अनुसन्धान कार्यमा लाग्न प्रेरणा मिलोस् र स्वास्थ्यमा अनुसन्धानको विकास र विस्तार होस् भनेर नै हामीले सम्मेलनको शुरुवात गरेका हौं । यसपटकको हाम्रो उद्देश्य पनि त्यही नै हो कि स्वास्थ्यका क्षेत्रमा अनुसन्धान मात्र हैन् गुणस्तरीय अनुसन्धान हुनपर्छ भन्ने हो । यसले देश विदेशमा कस्ता खालका अनुसन्धान भएका छन् र हामी कहाँ छौं भन्ने पनि बु्झ्न सहयोग पुराउँछ ।
सरकारले अझै यसमा प्राथमिकता दिन जरुरी छ भने यसका लागि स्वास्थ्य अनुसन्धानमा लगानी पनि बढाउनुपर्छ । कतिपय नीतिगत कुराहरु अझै पनि अनुसन्धानका लागि अड्चन बनेर आउँछन्। त्यसैले कुनै पनि क्षेत्रको विकासको लागि त्यसको अनुसन्धान हुन जरुरी हुन्छ र त्यसका लागि लगानी पनि । परिषद्ले अहिले अनुसन्धानमा व्यापक काम गरिरहेको छ । पछिल्लो समय युवापुस्तामा स्वास्थ्य अनुसन्धानप्रति रुची पनि बढ्दै गएको छ। यो निकै खुसीको कुरा हो। यसलाई गुणस्तरीय र वैज्ञानिक बनाउनुपर्छ भन्नेमा पनि हामीले जोड दिइरहेका छौं । परिषद् आफै अनुसन्धान गर्ने र गर्न लगाउने संस्था भएकाले पनि हामी यसको गुणस्तरमा कमी आउन हुँदैन भन्ने कुरामा ख्याल गरिरहेका छौं ।
कोरोना महामारीको बेला छ कसरी गर्दै हुनुहुन्छ सम्मेलन ?
कोरोना महामारीका कारण हामीले दुईपटकसम्म सम्मेलनको समय तोकेर पनि सार्नु परेको थियो । तर हामीले प्रत्येक वर्ष गर्दै आएको सम्मेलन छुटाउन हुँदैन भनेर भर्चुअल रुपमा गर्ने निर्णय गरेका हौं । यसपटकको हाम्रो सम्मेलन पूर्ण रुपमा भर्चुअल हुनेछ । हाम्रा सम्पूर्ण सहभागीदेखि प्रस्तुतकर्तासम्म भर्चुअल रुपमा जोडिएर आफना कुराहरु राख्नुहुनेछ । त्यसका लागि हामीले उच्चस्तरीय प्रविधिको व्यवस्था गरेका छौं । ‘आइटी’ को टिम नै खटिएको छ त्यसका लागि । देश विदेशका स्वास्थ्य वैज्ञानिकहरुलाई पनि त्यही अनुसार नै तयार हुन आग्रह गरिएको छ । समयको माग अनुसार हामीले यो कार्यक्रमलाई अनलाइन नै गर्दैछौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको यसपटकको सम्मेलनमा हामीले गत वर्ष भन्दा ५ गुणा मानिस सहभागी हुने अपेक्षा गरेका छौं । गत वर्षको कुरा गर्ने हो भने १ लाख सहभागी भर्चुअल रुपमा जोडिनु भएको थियो । यसपटक हामीले कुनै न कुनै प्लटेफर्मबाट ५ लाख मानिसले हाम्रो कार्यक्रममा सहभागिता जनाउँछन् भने अपेक्षा राखेका छौं । हेरौं के हुन्छ ! प्रविधिको प्रयोग गरेर धेरै भन्दा धेरैसँग पुग्नका लागि हामी प्रयासरत छौं ।
नेपालमा स्वास्थ्य अनुसन्धानको अवस्थालाई कसरी हेर्नुभएको छ ?
केही वर्षयताको कुरा गर्ने हो भने नेपालमा स्वास्थ्य अनुसन्धान महत्वपूर्ण रहेछ भन्ने कुरा बुझेको पाइन्छ । तर समग्रको कुरा गर्दा अझै पनि जति हुनुपर्ने हो त्यो लेबलमा भने हुन सकिरहेको छैन्। तुलनात्मक रुपमा अहिलेको पुस्तामा रिसर्च गर्ने कल्चर चाहिं बसेको पाइन्छ । ८ \१० वर्ष अगाडीसम्म खासै प्राथमिकतामा नपरेको यो क्षेत्र अहिले भने अघि आइरहेको छ । तर पनि सरकारले अझै यसमा प्राथमिकता दिन जरुरी छ भने यसका लागि स्वास्थ्य अनुसन्धानमा लगानी पनि बढाउनुपर्छ । कतिपय नीतिगत कुराहरु अझै पनि अनुसन्धानका लागि अड्चन बनेर आउँछन्। त्यसैले कुनै पनि क्षेत्रको विकासको लागि त्यसको अनुसन्धान हुन जरुरी हुन्छ र त्यसका लागि लगानी पनि । परिषद्ले अहिले अनुसन्धानमा व्यापक काम गरिरहेको छ । पछिल्लो समय युवापुस्तामा स्वास्थ्य अनुसन्धानप्रति रुची पनि बढ्दै गएको छ। यो निकै खुसीको कुरा हो। यसलाई गुणस्तरीय र वैज्ञानिक बनाउनुपर्छ भन्नेमा पनि हामीले जोड दिइरहेका छौं । परिषद् आफै अनुसन्धान गर्ने र गर्न लगाउने संस्था भएकाले पनि हामी यसको गुणस्तरमा कमी आउन हुँदैन भन्ने कुरामा ख्याल गरिरहेका छौं ।
कोरोना महामारीकै बेला हामीले परिषद् मार्फत ३० वर्षमा जतिलाई तालिम दिएको छ त्यो भन्दा बढीलाई तालिममा सहभागी गराएका छौं । यो सानो कुरा हैन् । हुनत भर्चुअल रुपमा कार्यक्रम गर्न परेर पनि होला यो सम्भव भएको । मैले भन्न खोजेको कोरोना महामारीका बेला पनि हामी निरन्तर काममै छौं । कोभिड १९ एउटा चुनौती मात्र हैन् हाम्रा लागि अवसर पनि हो स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि । पछिल्लो समय युवा वैज्ञानिकहरुको अनुसन्धानमा जुन आकर्षण बढेको देखिन्छ त्यसमा हाम्रो पनि कहीं न कहीं भूमिका छ भन्ने लाग्छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको यसपटकको सम्मेलनमा हामीले गत वर्ष भन्दा ५ गुणा मानिस सहभागी हुने अपेक्षा गरेका छौं । गत वर्षको कुरा गर्ने हो भने १ लाख सहभागी भर्चुअल रुपमा जोडिनु भएको थियो । यसपटक हामीले कुनै न कुनै प्लटेफर्मबाट ५ लाख मानिसले हाम्रो कार्यक्रममा सहभागिता जनाउँछन् भने अपेक्षा राखेका छौं । हेरौं के हुन्छ ! प्रविधिको प्रयोग गरेर धेरै भन्दा धेरैसँग पुग्नका लागि हामी प्रयासरत छौं ।
परिषद्ले कोभिडसँग सम्बन्धित अनुसन्धान पनि गरिरहेको छ ?
हामीले कोभिड आएसँगै योसँग जोडिएका विविध विषयलाई लिएर आफै अनुसन्धान गर्ने र गर्नका लागि अनुमति दिने काम गरिरहेका छौं । यो एक वर्षमा कोभिडसँग सम्बन्धित ३५ वटा अनुसन्धान भएका छन्। यीमध्ये १५ वटाको अनसन्धान सकिएको छ । यसैगरी १७ वटा अनुसन्धान सकिने क्रममा छन् भने ३ वटा अप्रुभल पाएर काम गर्ने क्रममा छन्। यसको मतलब हामीले कोभिडको विभिन्न विषयमा अनुसन्धालाई जारी राखेका छौं । यो बेला देशको र सबैको चासो पनि हो । खोपको प्रभावकारितादेखि रेम्डिसिभिरसम्मको अनुसन्धान परिषद्ले गरेको छ । योवीचमा एक दिन पनि अफिस बन्द नगरेर काम गरिरहेका छौं । तालिमहरु चलाइरहेका छौं । अचम्म त काम गछौं भनेर वैज्ञानिकहरु पनि आइरहेका छन्। यो निकै खुशीको कुरा पनि हो हाम्रा लागि ।
सम्मेलनमा कस्ता कस्ता विषयमा प्रस्तुतीकरण हुँदैछ ?
अहिले विश्व नै कोरोना महामारीको चपेटामा परेको हुँदा यसपटक धेरै अनुसन्धानका विषय कोभिडसँग सम्बन्धित छन्। यो स्वभाविक पनि हो । चासो र आवश्यकता पनि त्यसमै बढी छ । हाम्रो दुई दिनको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्याका विभिन्न १० विधामा प्रस्तुति हुनेछ । त्यसअन्तर्गत कोभिड र अनुन्धान, नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण, मातृ स्वास्थ्य, स्वास्थ्य नीति, संक्रामक रोग लगायतका विषय छन्।
सम्मेलनमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानबारे ५० वटा अनुसन्धानका मौखिक प्रस्तुति तथा २० पोस्टर प्रस्तुति गर्नेछन्। यसैगरी २० जना आमन्त्रित विज्ञबाट स्वास्थ्य अनुसन्धानबारे विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ।
यसपटकको सम्मेलनमा कुन कुन विधाका लागि अवार्ड राखिएको छ ?
हामीले गत वर्षहरु जस्तै यसवर्ष पनि अवार्ड कार्यक्रम राखेका छौं । यसले काममा लागिरहन र राम्रो गर्नका लागि प्रेरणा मिल्छ भन्ने विश्वास हो । विभिन्न विधामा अवार्ड दिइनेछ । बेस्ट पेपर अवार्ड, बेस्ट पोस्टर अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, योङ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्ड लगायतका १० वडा विधाका अवार्ड प्रदान गरिने भएको छ । यो सम्मेलनको दोस्रो दिन प्रदान गरिनेछ ।
अबको परिषद्को योजना के छ रु कसरी अगाडी बढ्छ ?
परिषद्को काम नै अनुसन्धान गर्ने र गर्न उत्प्रेरित गर्ने हो । त्यसमा त हाम्रो काम निरन्तर रहन्छ नै । अब भनेको स्वास्थ्यमा अनुसन्धान मात्र हैन् वैज्ञानिक र गुणस्तीय अनुसन्धानमा जोड दिने बेला हो । यसैगरी विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विश्वविद्यालय तथा एकेडेमिक संस्थासँग समन्वय गरी अनुसन्धानमा एकडेमिक कोर्षहरु सुरु गर्ने योजना छ । यसका लागि पहलहरु पनि भइरहेका छन्। अर्को कुरा नेपालमा स साना मात्र हैन् ठूला ठूला र उच्चस्तरीय अनुसन्धानहरु गर्नका लागि नीति योजनामा राखेर पहल गर्न सुरुवात पनि गर्नुपर्नेछ । साथै अनुसन्धानको दायरा फराकिलो बनाउँदै लाने त्यसका लागि सातै प्रदेशमा यसको शाखा बिस्तार गर्ने काम पनि भइरहेको छ । सम्भवत एक वर्षभित्र सबै प्रदेशमा शाखा विस्तार भइसक्ने छन्।
नेपालले अब क्लिनिकल रिसर्चमा जोड दिने हो । त्यसका लागि बल्ल बाटो खुलेको छ, धेरै नै नीतिगत अड्चनहरु थिए । हामी कोभिड महामारी आएदेखि नै नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल हुन पाउनुपर्छ भनेर लागिरहेका थियौं । आशा गरौं नेपालमा छिट्टै नै कोभिड भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि सुरुवात हुनेछ । यसले अनुसन्धानमा ठूलो फड्को मार्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै